घोराही, ३ मंसिर । प्राथमिक विद्यालय क्वाडीको बृहत्तर विकासका लागि श्रीमद भागवत धनधान्याञ्चल सप्ताह ज्ञानमहायज्ञ संचालन हुने भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १७ क्वाडीले बुधवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त सप्ताह ज्ञान महायज्ञ संचालन गरिने जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ मूल आयोजक समितिका संयोजक रेमन्ता पुनको अध्यक्षतामा पत्रकार सम्मेलन सम्पन्न भएको थियो ।
पत्रकार सम्मेलन मार्फत विद्यालय व्यवस्थापन एवं महायज्ञ मूल आयोजक समितिले यही मंसिर ८ देखि १५ गतेसम्म सप्ताह ज्ञान महायज्ञ संचालन गर्न लागिएको जनाएको छ । पत्रकार सम्मेलन मार्फत विद्यालयको शैक्षिक तथा भौतिक क्षेत्रको बृहत्तर विकासका लागि धार्मिक महायज्ञ गर्न लागिएको स्पष्ट पारिएको थियो । सप्ताह ज्ञान महायज्ञ संचालनका लागि दाता पहिचानदेखि सामुुदाय स्तरमा बृहत छलफल समेत आयोजक समितिले गरिरहेको जनाएको छ । वि.स. २०३५ सालमा रात्री प्राथामिक विद्यालयको रुपमा स्थापना भएको प्राथामिक विद्यालय क्वाडी समग्र विकासका लागि उक्त काम थालनी गर्न लागिएको अध्यक्ष पुनले बताउनुुभयो ।
महायज्ञ सभ्यभव्य रुपमा सफल बनाउन समितिले विभिन्न सामाजिक अगुवा, शिक्षाप्रेमी , शिक्षाविद लगायतका व्यक्तिहरु सँगको सामुुहिक भेटघाट तथा छलफल गर्दै आईरहेको छ । महायज्ञ सफल बनाउन विभिन्न उपसमिति समेत गठन गरिएको छ । महायज्ञ मूल आयोजक समितिको संयोजकमा विदालय व्यवस्थापन समितिका अध्यक्ष रेवन्त पुन, महायज्ञ मूल आयोजक समितिको निर्देशकमा समाजसेवी श्रीधर शर्मा पौडेल रहेका छन् ।
त्यस्तै महायज्ञ संरक्षक सल्लाहकारहरुमा बुद्धिजीवी प्रागिक व्यक्ति गुरुप्रसाद शर्मा रेग्मी, घोराही उममहानगरपालिका वडा नं. १७ वडाध्यक्ष रामलौटन चौधरी, समाजसेवी नागरिक अगुुवा चन्द्रराज पन्त, धारापानी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारी, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविलाल महरा, पूर्व शिक्षक फूलमान चौधरी, पूर्व प्रधानध्यापक आशाराम चौधरी, पूर्व प्रधानध्यापक लक्ष्मण चौधरी, विद्यालयका संस्थापक अध्यक्ष कुलबहादुर चौधरी, समाजसेवी बुुझौना चौधरी, संस्थापक सदस्य पृथ्वीनारायण चौधरी, समाजसेवी लक्ष्मण चौधरी मनोनयन गरिएको छ । त्यस्तै बालाराम वलीको संयोजकत्वमा ६ सदस्यीय आर्थिक उपसमिति गठन गरिएको छ ।
आर्थिक उपसमितिको सदस्यहरुमा जीवबहादुर खत्री, रत्ना विश्वकर्मा, टंकी घर्ती , रामचन्द्र चौधरी, र अम्विका घर्ती रहनुुभएको विद्यालय प्रधानध्यापक तथा महायज्ञ मूल आयोजक समितिका सदस्य सचिव खड्क बहादुुर वलीले जानकारी दिनुुभयो । त्यस्तै दाता पहिचान समितिको श्रीधर महराको संयोजकत्वमा सात सदस्यीय, उपसमिति गठन गरिएको छ । दाता पहिचान उपसमितिको सदस्यहरुमा रामलौटन चौधरी, चन्द्रबहादुर पुन , सुनिल कुमार रेग्मी, दिलबहादुर वली, टंकप्रसाद पोखरेल, बिमल अधिकारी र रविलाल महरा रहनुुभएको छ ।
त्यस्तै किरण चौधरीको संयोजकत्वमा धानधान्याञ्चल उपसमिति, ढुण्डीराज शर्माको संयोजकत्वमा पुुजापाठ उपसमिति , लक्ष्मण चौधरी संयोजक र रामचन्द्र चौधरीको सहसंयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ । त्यस्तै भरत केसीको संयोजकत्वमा पाँच सदस्यीय सरसफाई उपसमिति, खिमबहादुुुर कुँवर संयोजकत्वमा युवा परिचालन, रमन चौधरीको संयोजकत्वमा आवास तथा खाना व्यवस्थापन, रामलौटन चौधरीको संयोजकत्वमा अनुुगमन ,देवबहादुर पुनको संयोजकत्वमा सुरक्षा परिचालन र बसन्ती पुनको संयोजकत्वमा अतिथि संत्कार उपसमिति गठन गरिएको छ ।