गोरक्ष समाचारदाता
तुलसीपुर, २ मङ्सिर । राप्ती शान्ति उद्यान व्यवस्थापन समिति र श्रीगणेश सामुदायिक वन उपभोक्ता समूहका नवनिर्वाचित पदाधिकारीको सपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । राप्ती शान्ति उद्यान र सामुदायिक वनको नयाँ नेतृत्व चयनका लागि शनिवार भएको निर्वाचनबाट निर्वाचित नयाँ पदाधिकारीलाई निर्वाचन समितिले सपथग्रहण तथा प्रमाणपत्र वितरण गरिएको हो ।
निर्वाचन संयोजक लेवेन्द्र केसीले पदाधिकारीलाई सपथ ग्रहण गराएका थिए । राप्ती शान्ति उद्यान कार्यसमिति अध्यक्षमा सुधीर केसी, कोषाध्यक्षमा बोधप्रसाद खनाल, सचिवमा माया रिजाल (निर्विरोध) निर्वाचित भएका छन् । यसैगरी खुल्ला सदस्यमा कमल भण्डारी, तिलकराम भण्डारी, भागीरथ भण्डारी, महिला सदस्यमा जलपादेवी दमाई, तेजु रावत, बोलकुमारी भण्डारी निर्वाचित भएका छन् । यसैगरी श्री गणेश सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा डिल्लीराज भण्डारी, उपाध्यक्षमा ईश्वरा महतरा (निर्विरोध), सचिवमा तुलसीराम भण्डारी, कोषाध्यक्षमा प्रतिभा भण्डारी, सहसचिवमा माधव गिरी निर्वाचित भएका छन् भने सदस्यहरू सबै निर्विरोध निर्वाचित भएका छन् ।
चार जना खुला सदस्यमा छविलाल पन्थी, सोमराज रिजाल, शोभाराम गोराथोकी, लेखराज भण्डारी, दुई जना महिला खुलामा पुष्पा श्रेष्ठ परियार, रमा भट्टराई, महिला जनजातिमा सुशीला राना र महिला दलित सदस्यमा सम्झना विक निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचित दुवै समितिका नयाँ पदाधिकारीलाई सोमवार सपथग्रहण गराउनुका साथै उनीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।