कलियुगको धर्म, भ्रष्टाचार र अनियमितता

गुरुप्रसाद शर्मा

गीता वेदको सार भनेर भनेको अमूल्य धर्म ग्रन्थ र मानवीय जीवनको सार तत्व र भविष्य वक्ता पनि रहेछ । त्यसैले होला विश्वका सबै भाषामा गीता प्रकाशित भएको छ । गीता पुस्तक नै जीवन दर्शन भएकाले पाचात्य देशले शैक्षिक क्षेत्रको पाठ्य पुस्तक पनि बनाएको छ ।

गीतामा उल्लेख भएको कलियुगको धर्म भनेको भ्रष्टाचार अनियमिता, अमर्यादित नै हुनेछ भनेर जो भनेको थियो त्यो सत्य सावित भइरहेको छ । यतिबेला गृहस्थाश्रम, शिक्षा, समाज सेवा, धर्म राजनीति जता हेरे पनि जसरी हरे पनि भ्रष्टाचार अनियमितता, अमर्यादितको सत्य तथा रुप नै देख्न र सुन्न पाइन्छ । यही सब देखेर सुनेर विचलित हुन गएको मेरो मनले धर्मको विचलित रुप विषय बस्तु बन्न गएको छ ।

अयन चलनदे गर्दा हाम्रा प्रतोत्सवादी चाड पर्व मनाउने दिन ठ्याक्कै २४ दिनको बराबर सरिसकेको छ । शास्त्रीय मर्यादा आत्माशीय गृहस्थिति अनुसार आषाढ ७ गते लामो दिन र पौष ७ गतेलाई छोटो दिन भनेर मानिन्छ । जबकि योे लामो दिन साउने संक्रान्ति र छोटो दिन माघे संक्रान्ति हुनुपर्छ ।

यतिबेला पात्रोमा उल्लेख भएको उत्तरायण र दक्षिणायन सूर्य त्यो बेला नहुने भएकाले त्यो अवधिमा हामीले गर्ने देव पितृ कार्य र नित्य नैमित्य धार्मिक कार्य र प्रतादि कार्यले कुनैप्रति फल दिन सक्दैन । तैपनि हामीले त्यही पात्रोलाई ब्रहम वाक्य मानेर अनुशरण गर्नु कस्तो विडम्बना हो ।

हामीले मनाउने नयाँ वर्ष असमयको भएकाले हामीले मनाउने चाड पर्वहरुका समय पनि गलत समयमा सम्पन्न हुने भएकाले तीनले कुनै प्रतिफल दिन सक्दैनन् । हाम्रा चाड पर्व, संस्कार र संस्कृतिमा रहेको वैज्ञानिकता, जीवन उत्सर्गको उपयोगिताको मूल्य मान्यता प्रतिको अभद्रताको अनुभूति संस्कृतका विद्धान विज्ञहरुले चाड पर्व समय सुधार गर्न नितान्त आवश्यक भएको छ भनेर पटक–पटक छलफल र बैठक मात्र गरेका थिए तर त्यसले स्पूर्त भप लिन सकेको थिएन ।

२०१० सालमा नेपालका पंचाङ्ग निर्णयक समितिहरु समय पर्व राष्ट्रिय सुधार समितिको संयुक्त रुपमा बृहत मेला गरियो र पर्व सुधारमा समय सापेक्ष सुधार गरी कार्यान्वयनको लागि नेपाल सरकार सामु पेस गरियो सरकारको उपयोगी भएकाले कार्यान्वयन गर्ने प्रति बहृता पनि देखायो तर त्यो फाइल दराजमा थन्कियो कार्यान्वयन भएन ।

त्यसपछि पञ्चाङ्ग निर्णायक समिन बोकेर पुरानो प्रवृति र प्रकृतिलाई अगा लेर हामीलाई प्रतिफल प्राप्त हुन नसके धार्मिक क्रियाकलाप र चाड पर्व मनाउन पठाउने कस्तो शठता हो । हाम्रो शास्त्र अनुसार हाम्रा देवी देवताहरु पितृहरु प्रकृति र स्वाभाविकताका अनुसार आ–आफ्नो तिथि पर्वमा देव कार्य पितृ कार्यमा आह्वानकर्ताको सामु आएका हुन्छन् तर उनीहरुलाई निराश भएर फर्कनु परेको हुन्छ ।

उनीहरुलाई मिति सकिएको निमन्त्रणामा आएको जस्तो हुन्छ । त्यसैले शून्य प्रतिफल हुन्छ । यस्तो सत्यतथ्य जान्दा जान्दै पनि हामीले गर्ने जन्मोत्सव पितृ, श्राद्ध, देवकार्य, अष्टमी, एकादशी दशैँ तिहार नयाँ वर्ष साउने सङ्क्रान्ति माघे संक्रान्ति भनेर गरिएको कुनै कार्यले प्रतिफल दिन सक्दैन । यो गर्नाले खर्च मात्र हो प्रतिफल दिन सक्दैन । यो गर्नाले खर्च मात्र हो प्रतिफल कुनै हुँदैन ।

पञ्चाङ्ग समितिले हामीलाई बनाएको मूर्खतामा लागिरहने कस्तो विडम्बना हो । संस्कृत विश्वविद्यालय र विद्धान विज्ञहरु, ज्योतिष शास्त्रका विज्ञहरु, पञ्चाङ्ग निर्णायक समितिहरु यस्तो धार्मिक अनियमितता अभद्रताको बारेमा केही नबोल्ने, केही नभन्ने लाटाले केरा हेरेर बसेझै बसिरहने गरेर जनमानसलाई उल्लु बनाउन खोजेको न आफ्नै उल्लु बने जस्तो अवस्था बन्न गएको छ ।

पर्व सुधारसम्बन्धी कुराकुराको वास्तविकता र यथार्थतालाई देख्दा, त्यसलाई मनन र चिन्तन गर्दा के कुरा स्पष्ट रुपमा देखा पर्व छ भने हामीले राजनीतिमा भ्रष्टाचार भयो, नीतिगत भएन, सुशासन जनहितका काम भएनन् भनेर टीका टिप्पणी सबै पक्षले कडा श्रपमा गरिरहेका हुन्छौँ । राजनीतिभन्दा बढी भ्रष्टाचार र अनियमितता भएको धर्मको मूल्य मान्यता घट्दै गएको दुरवास्थामा पनि किन कोही बोल्न नसक्ने ।

राजनीतिका नेताहरुलेराजनीतिलाई व्यवसाय बनाएर आफ्नो दुनो सोझ्याए झै धर्मका नेताहरु ठेकेदारहरु यसका झोले कार्यकर्ताहरुले पनि धर्मलाई व्यवसाय बनाएर सम्पन्नताको जोहो गर्ने धर्म बनेकाले देश आजको यो दुरावस्था हुन गएको हो । देशको वर्तमानको राजनीतिक अवस्था रव्यवस्थाले जनताको शान्ति सुशासन र सुरक्षा दिन नसके झै धर्मले पनि जनतालाई आध्यात्मिकताको मानसिक सन्तुलन नै बनाइदिन सकेको छ ।

न जनताले गर्ने तिथि पर्वका नित्य नैमित्य धार्मिक कार्यबाट प्राप्त हुने प्रतिफल नै प्राप्त हुने अवस्था छ । राजनीतिले सावन महिनामा वार्षिक योजना बनाउने र असार महिनामा कार्यान्वयन गर्न लगाउँदा विकासले प्रतिफलनपाए झै धार्मिक ठेकेदार र नेताहरु पनि राजनीतिका नेता जस्तै भएकाले धार्मिक दुर्गती हुन गएको हो ।

यस्तो अवस्था र व्यवस्थाले गर्दा देव कार्य, पितृ कार्य, पूजा पाठ, पुराण अन्य याज्ञिक शिद्ध हुँदा पनि धार्मिक नेताहरु मौन बस्नु भनेको व्यवसाय बनाएको शिद्ध हुन्छ कि हुँदैन । यसो हुनुको मुल कारण धर्ममा पनि तीनै राजनीति नेताका चेला चपेटार, चम्चा र झोले नै भएकाले धर्म यस्तो दुरावस्थामा पुग्न गएको हो ।

मानिसलाई आस्था र निष्टाको आध्यात्मिकता जगाएर सत्मार्गमा हिड्न सिकाउने पुराण द्रव्य पुराण बन्न गएको छ । धार्मिक कार्य, पितृ कार्यमा गलत विधि र प्रविधि, मूल्य मान्यता बनाएर जनतालाई विभ्रमित बनाएर आफ्नो स्वार्थ शिद्ध गर्ने प्रवृतिले नै धार्मिक दुरावस्था हुन गएको हो ।

पर्व सुधार गरेर मात्र धार्मिक सुधार हुन सक्दैन । यस धार्मिक कार्य गर्ने गराउने कार्यका विधि र विधानमा पनि सुधा गरेर एक रुपता प्रतिस्थापित गर्नुपर्दछ । एउटा पुरोहितको विधान विपरित बिहान सात बजेदेखि साझ सात बजेसम्म १० भन्दा बढी श्राद्ध गराउँदछ । त्यो पितृले पाउँछन् भनेर गर्ने हामी र गराउने पुरोहित दुवै पापका भागिदार हुन्छाँै ।

पितृले केही नपाए पनि पुरोहितको गोजी फुल्लिने मात्र हो । त्यस कारण पर्व समय सुधार र धार्मिक कार्यका विधि विधानमा हुनु पर्ने सत्यतथ्यको प्रतिबद्धता जागरण नभएसम्म यो फलदायी हुन सक्दैन । वर्तमान समयमा धर्म कर्मको विधानमा उपयोग गरिने मन्त्रहरु पनि रबर झै तानिने र खुम्चिने गर्दछन् पैसाको कारणले । धर्मलाई यस्तो रबर तनाइले आर्थिक मानसिक शारीरिक चोट मात्र दिने हो । सनातन धर्ममा आस्था र निष्टा राख्ने सबै नेपालीहरुले सम्बन्धित निकायहरुलाई दबाब दिनु आवश्यक भएको छ ।

सबै क्षेत्रहरुको यस्तो दुरावस्था हुनुको मुल कारणको खोजी गर्दा के देखिन्छ भने यो देशका नेता कार्यकर्ता, समाजसेवी, शिक्षक, धार्मिक व्यक्तित्वहरु सबैले आफूलाई विद्धान र विज्ञ मानेर सबै क्षेत्रहरुका आफ्नो विशिष्ठ भूमिका बनाउन खोज्ने प्रवृति र प्रकृतिले गर्दा सम्बन्धित विषयको विज्ञ र विद्धानलाई निरुत्साहित र निष्क्रीय बनाउने र आफू नै सक्रिय हुन खोज्ने प्रवृति नै दुरावस्थाको कारण हो ।

यस्तै प्रवृति र प्रकृतिले गर्दा धर्म र राजनीति शिक्षा समाज सेवामा विकृति र विसंगति बढ्न गएको हो । यस्तो प्रवृति नरोक्दासम्म सुधारको कुनै उपाय बन्न सक्दैन ।