लक्ष्मण बस्नेत
दाङ, २३ कात्तिक । दोस्रो गोरखा कप ईन्टर स्कुल छात्र÷ छात्रा फुटबल प्रतियोगिता २०८२ को उपाधी छात्रा तर्फ गोरखा तुलसीपुर र छात्रतर्फ गोरखा घोराहीले जितेको छ ।
गोरखा ग्रुप प्रालीको आयोजना तथा गोरखा सेकेन्डरी स्कुल तुलसीपुरको ब्यबस्थापनमा संचालित प्रतियोगिताको छात्रातर्फ आइतवार सम्पन्न फाइनल खेलमा गोरखा इन्टरनेशनल पब्लिक स्कुल घोराही लाई २–० गोलले पराजित गर्दै गोरखा सेकेन्डरी स्कुल तुलसीपुरले उपाधी जितेको हो ।
उपाधीसंगै उसले दोस्रो गोरखा कप उचालेको छ । फाइनलमा पराजित गोरखा घोराही उपबिजेतामा सिमित रहदै कप मेडल, प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो । त्यस्तै छात्रतर्फको सम्पन्न फाईनल खेलमा गोरखा मोडल स्कुल लमहीलाई २–१ गोलले पाखा लगाउदै गोरखा ईन्टरनेशनल पब्लिक स्कुल घोराहीले उपाधी जितेको हो ।
उपाधीसंगै उसले गोरखा कप उचाल्न सफल भयो । उता फाईनलमा हार ब्यहोरेको गोरखा लमही उपबिजेतामा सिमित रहदै कप, मेडल मेडल प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो । प्रतियोगिताको ब्यक्तिगत बिधा छात्रातर्फ वेष्ट प्लेयर खेलाडी गोरखा घोराहीकी मोनिका बुढा, वेष्ट गोल किप्पर गोरखा तुलसीपुरका अनिशा थापा र हाई स्कोरर गोरखा तुलसीपुरकै गरिमा केसी भए । त्यस्तै छात्रतर्फ वेष्ट प्लेयर खेलाडी गोरखा लमहीका प्रलाद अधिकारी,वेष्ट गोल किप्पर गोरखा घोराहीका हेमन्त वली र हाई स्कोरर गोरखा घोराहीका रमेश खत्री भए । उत्कृष्ट सबैलाई ट्रफी प्रदान गरिएको थियो ।

‘सबल शरिर,अनुशासन र सशक्त बिचार, खेलकुद गोरखा ग्रुपको पहिचान र आधार’ भन्ने मुल नाराका साथ भएको प्रतियोगिताको पुरस्कार वितरण तथा समापन समारोह गोरखा ग्रुपका अध्यक्ष बिष्णुप्रसाद घर्तीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा न ६ का अध्यक्ष दुजमान भण्डारीको प्रमुख आतिथ्य एवं दाङ जिल्ला फुटबल संघका महासचिव लक्ष्मण बस्नेत र लुम्बिनी प्रदेश तेक्वान्दो संघका अध्यक्ष बिमल रिजालको विशिष्ट आतिथ्यमामा भएको थियो ।
कार्यक्रमका गोरखा ग्रुपका उपाध्यक्ष बालकृष्ण रोकामगर,एकेडेमीक डाईरेक्टर दुर्गाबहादुर केसी, गोरखा माबि तुलसीपुर संचालक समितिका उपाध्यक्ष डोरबहादुर जिसी, गोरखा मावि घोराहीका प्रिन्सीपल मानसिह रोका, गोरखा सेकेन्डरी स्कुल तुलसीपुरका प्रिन्सीपल बिजयमान जिएम, गोरखा तुलसीपुरका क्याम्पस प्रमुख पूर्णप्रकाश डाँगी, गोरखा आवासीय तुलसीपुरका प्रिन्सीपल रबिन खड्कालगायतले बिजेता बिद्यालय तथा खेलाडीलाई कप, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रमको संचालन गोरखा मावि तुलसीपुरका शिक्षक सुधान्सु गुप्ताले गरेका थिए ।
दुई दिनसम्म संचालन भएको प्रतियोगितामा गोरखा ग्रुपका गोरखा सेकेन्डरी स्कुल तुलसीपुर,गोरखा ईन्टरनेशनल पब्लिक स्कुल घोराही,गोरखा मोडल स्कुल लमही र गोरखा आईडल स्कुल लालमटियाका छात्रतर्फ चार र छात्रातर्फ तीन टिमको सहभागीता रहेको थियो ।