दाङ,२२ कात्तिक । साहित्यकार महेश्वर शर्मा ‘अविरल’ को दोस्रो कृति ‘कृष्ण र कंस संवाद’ खण्डकाव्यको लोकार्पण गरिएको छ ।
राप्ती साहित्य परिषद् दाङ शाखा अध्यक्ष यम रेग्मीको अध्यक्ष तथा बरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैयाको प्रमुख आतिथ्यता एवं राप्ती साहित्य परिषद केन्द्रका पूर्व अध्यक्ष पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यतामा शनिवार घोराहीमा भएको कार्यक्रममा खण्ड काव्य ‘कृष्ण र कंस संवाद’को लोकार्पण गरिएको हो ।
कार्यक्रममा बरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैया, राप्ती साहित्य परिषद केन्द्रका पूर्व अध्यक्ष पुरुषोत्तम खनाल, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष बिपुल पोख्रेल, राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष कमलमणि देवकोटालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमा साहित्यकार पद्मप्रसाद शर्माले पुस्तकको समिक्षा गरेका थिए ।
परिषदका जिल्ला उपाध्यक्ष सुरेशकुमार पाण्डेयको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमका सहभागीलाई परिवारकातर्फबाट टंक लम्सालले धन्यावाद ज्ञापन गरेका थिए । कार्यक्रमको सहजीकरण परिषदका सचिव घनश्याम केसीले गरेका थिए ।