अजय मिश्र
कपिलवस्तु,११ कात्तिक । सांस्कृतिक एकताको पर्व छठ पर्वको छुट्टै पहिचान छ । मैथिली अवधि, भोजपुरी र पहाडी समुदायलाई पर्वले जोडेको छ । केही बर्ष अघिसम्म पूर्वी तराईका केही जिल्लाहरूमा सीमित छठ पर्व अहिले समावेशी बन्दै गएको छ ।
अहिले तराईका जिल्लाहरूमा समेत विभिन्न जात जातिहरूले समेत मनाउन थाले पछि यो पर्व समावेशी र सांस्कृतिक पर्वकारुपमा विकसित हुँदै गएको हो । सिराहा सप्तरी, पर्सा लगायतका जिल्लाहरू मनाई गरिएको पर्व राजधानी, पहाडी जिल्ला लगायतका अन्य तराईका जिल्लाहरूमा समेत धूमधामसँग मनाउन थालिएपछि यो पर्व धार्मिक सदभावका रुपमा स्थापित हुँदै गएको हो ।
जिल्लाका विभिन्न स्थानका नदी, नहर, तलाउ र पोखरीमा जम्मा भएका श्रद्धालुहरूले सोमवार साँझ सूर्यलाई अघ्र्य दिएका थिए भने मंगलवार विहान अर्घ दिएर समापन गरेका छन् । कपिलवस्तुको तौलिहवा, बहादुरगंज, महाराजगंज, लगायत जिल्लाका विभिन्न स्थानका जलाशय सिँगारिएको थियो । छठ व्रत गर्ने महिला र पुरुषहरूले साँझ अस्ताउँदै गरेको सूर्य देवतालाई नदी नहर पोखरी वा पवित्र जलाशयमा उभिएर माटोले निर्मित भाडा वर्तन, कनसुप्ति, छिट्टा (बाँस ले निर्मित सामग्री) सहितका भाडा वर्तनमा राखिए केरा, स्याऊ, ठेकुवा, भूस्बा, खाजा, लड्डुसहितका फलफूल, सामग्रीहरू सूर्य देवतालाई चढाउने गर्दछन् ।
कृष्णनगर नगरपालिका–१ स्थित पोखरीमा पनि छठ पूजा धूमधामका साथ मनाइएको छ । उक्त स्थानमा एक हप्ता देखि निरन्तर पोखरी सरसफाइको काम चलिरहेको र त्यसको कृष्णानगर नगरपालिका नगर प्रमुख रजतप्रताप शाह लगायत छट्ठघाट व्यवस्थापन समितका पदाधिकारी धिरेन्द्र विक्रम सिंह, विनय शर्मा, अजय गोयल, रामेश्वर गुप्ता (टिल्लु चाचा) निरन्तर अवलोकन गरेका थिए । छठ घाट व्यवस्थापनका लागि वडा नं २ का वडाध्यक्ष कृष्णकुमार गुप्ताले वडाबाट पचास हजार सहयोग गरेको बताए । सरसफाइ गराउन लगायत अन्य व्यवस्थापनमा वडा सदस्य राहुल मोदनवालको समेत भुमिका अविस्मरणीय रहेको दियो।
उद्योग वाणिज्य संघ कृष्णानगरका अध्यक्ष रितेश शर्माले छठघाट व्यवस्थापनका लागि एक्काइस हजार नगद सहयोग तथा सरसफाइमा संलग्न कर्मचारी लाई खादामाला लगाई सम्मान गरि एक हजार एकसय बराबरको प्रोत्साहन स्वारूप पुरस्कार समेत दिएका थिए । कृष्णनगर नगरपालिका नगर प्रमुख रजतप्रताप शाह, , वडाध्यक्ष कृष्णकुमार गुप्ता, तुंगनाथ चौधरी, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदी,पूर्व सांसद अभिषेकप्रताप शाह, पूर्व मन्ंत्री विरेन्द्रकुमार कनोडिया, नगर उपप्रमुख आरतीदेवी चौधरीलगायतले श्रद्धालुहरूको सांस्कृतिक एकताको पर्व छठमा सामेल भई शुभकामना दिएका छन्। सुरक्षा व्यवस्था राम्रो बनाउन छट्ट घाटको अवलोकनदेखि पुजास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो।