गुरुप्रसाद शर्मा रेग्मी
उमेरले पाँच दशक नाघेका राधा रमेशले दाम्पत्य जीवन बिताएको पनि तीन दशक नाघिसकेको थियो तर उनीहरुको दाम्पत्य जीवन औपचारिकतामा मात्र रहन गएको जस्तो देखिन्थ्यो देख्नेलाई उनीहरुको दाम्पत्य जीवन असहज भएको जस्तो लाग्दथ्यो । तर, त्यसको असर उनीहरुमा कोही देखिँदैन थियो ।
प्राध्यापक पेसामा लागेकी र मेरा कि मामाकी छोरी सरीता काम विशेषले त्यहाँ आएको बेला रमेशको घरमा दुई दिन बस्नु परेको थियो । सरीताले रमेशको घरमा बस्दा भाइबुहारीको दाम्पत्य जीवनको असहजता र अवास्तविक रुप देखेर आश्चर्य चकित भइरहकी थिइन् ।
रमेश श्रीमतीको नगीच आएर बस्न खोज्दा उठेर जाने, कुरा गर्न खोज्दा उटपटाङ जवाफ दिने, हसि ठट्टा गर्दा खोज्दा बोल्दै नबोल्ने, श्रीमान्ले कुरा गर्दा त्यसको विपरित कुरा गर्ने, या प्रतिकार गर्ने, श्रीमान्लाई आक्रोशित पार्ने, अनावश्यक रुपमा बाँझा बाँझ गर्ने गरेको देखेपछि सरीतालाई के लाग्यो भने राधिकालाई अवश्य पनि श्रीमान्ले मानसिक पीडा पु¥याएको हुनुपर्छ ।
त्यसैको प्रतिक्रिया हो उनीहरुको दाम्पत्य जीवनको असहजता । उनीहरुको व्यवहारलाई देख्ने जो कोहिले राधाको नै गल्ती हो भन्ने गर्दथे र रमेशलाई सल्लाह पनि दिने गर्दथे । कहिले आसपमा वाद विवाद गरेर एक अर्कालाई दोषी बनाउने या अपमानित पनि गर्दथे । जति राम्रो र उपयोगी कुरा गरे पनि श्रीमतीले प्रतिकार गर्ने बानी र स्वभावले गर्दा परिवारका सदस्यहरुलाई पनि बाचा हुँदैनथ्यो ।
सरीताले राधाको यस्तो अस्वाभाविक अवस्था किन भइरहेको छ भन्ने कुरा निकै चासो लिएर खोज नीति गर्न थालिन् । भाइबुहारीको दाम्पत्य जीवनमा आत्मियता र पवित्रताको प्रकाश पुञ्ज जागृत गराउन सरीताले एउटा अनौठो प्रयोग गर्न मात्र लागिनन् । त्यसलाई व्यवहारिक रुपमा उतारेर देखाइदिइन् ।
हुनत राधा रमेशको दाम्पत्य जीवन असहज र नाता प्रदर्शन आधार बन्नुमा अन्य मनोगत र बस्तुगत कुराहरु पनि हुन सक्छन् तर विवाहपछि एउटा परिवार छाडेर अर्को परिवारमा आएर बस्दा समायोजन हुन समय लाग्दछ । उ एउटा घर छाडेर अर्को घरमा आए पनि आफ्नो मानवीय स्वभावलाई कसैले त्याग्न सक्दैन ।
विवाहपछि पतिपत्नी परिवारजनसँग बस उठ गर्ने हासी ठट्टा गर्ने, सबैले परिवारको रुपमा स्वीकार्ने भेदभाव नगर्ने, हरेक कुरामा उसलाई पनि सहभागी बनाउने उसको स्वतन्त्रताको ख्याल गर्ने, सम्मान गर्ने जस्ता काम गरेर उसभित्रको आत्म समान जगाइदिनु पर्दछ । यसो न गरेर उसलाई दासी नसम्झेर जीवनसाथी सम्झने हो भने त्यो परिपाटीले दाम्पत्य जीवनले स्वर्गीय अनुभूति दिनसक्दछ ।
परिवार भित्रका सबैले उसलाई आत्मिय रुपमा स्वीकारे पनि श्रीमान्को गलत र असहज व्यवहारका कारण श्रीमान्बाट उपेशिव र कुण्ठित हुँदा परिवारबाट पनि उपेशिव र अपमानित हुनु पर्ने भएकाले यिनीहरुको पारिवारिक जीवन असहज भएको निष्कर्ष निकालेन र समाधानको पनि व्यवस्था गरिन् ।
राधा रमेशको दाम्पत्य जीवनको वास्तविकताको अनुभूति गरेपछि उनीहरुलाई एक साथ राखेर त्रास लिन थालिन् । तिमीहरु मेरा भाइबुहारी हौ तिम्रो घरमा दुई दिनको बसाईमा तिमीहरुको दाम्पत्य जीवनको असहजको नाता सम्बन्धलाई देख्दा मलाई ज्यादै दुःख लागेको छ ।
अरुको रिस एक अर्को माथि थोपर्ने र आफू सहज बन्ने जो काम आजसम्म ग¥यौँ । त्यसलाई बिर्सनु पर्छ । एकअर्काले एक अर्काको मान सम्मानलाई ध्यान दिने नगरेकाले राधाले तिमीबाट मान सम्मान नपाएकाले उसलाई परिवारबाट पनि मान सम्मान पाउन सकिन ।
राधालाई तिमिले र परिवारले तिम्रा बच्चा जन्माइदिने, घर जाम गरिदिने बिना तलवी सहायिका भएर बस्नु परेकाले यस्तो अवस्था हुन पुगेको हो । तिमी दुवैले आफ्नो सोच र व्यवहारमा सुधार ल्याउने हो भने अझै केही बिग्रेको छैन । तिमीहरु के भन्छौ भन्दा आफूले गरेको व्यवहारमा पश्चाताप गरेर आक्त आलोचना गरेर सरीतासँग माफि त्यागे ।
उनले दिएको आर्शिवादले उनीहरुको अनुहारमा प्रकाश पुञ्ज आलियताको देखिन थालो । यतिबेला प्राय धेरै परिवारहरुको अवस्था हेर्दा श्रीमान्श्रीमती बिचको नाता आत्मियताको नभएर देखाउनेमा मात्र सीमित रहेको देखिन्छ ।
एकले अर्को माथि गर्ने शंका उपशंका, एकले आफ्ना कमी कमजोरी एकअर्को माथि थोपरेर आफू पानीको ओभानो हुन खोज्ने, सानो तिनो कुरामा पनि निहुँ खोज्ने र झगडा गर्ने, आफ्नो परिवार प्रतिको आक्रोशलाई एकले अर्को माथि ध्याप्रे प्रवृति बढ्दै गएकाले पतिपत्नि प्रतिको सहजता तथा आत्मियतालाई वर्तमानको समय र परिस्थितिको प्रदुषणले ढाक्दै गएको छ ।
तिमी पतिपत्नि जुन प्रदुषणबाट ग्रस्त भएको छौ । त्यसले तिमीहरुको जीवन मात्र हैन तिम्रा सन्तानको जीवन पनि नारथीय हुनेछ । तिम्रो परिवारलाई स्वर्ग नरकले बनाउन चाहान्छौ । यो तिम्रै हातमा छ । सरीताको कुरा सुनेर दिदी हामीलाई हाम्रो कमी कमजोरीलाई ऐना हेरे झै देखाइ दिनुभयो । आज तपाईको अगाडि हाम्रो गृहस्थिलाई स्वर्ग बनाएर तपाईलाई देखाउने संकल्प गर्दछौँ ।