घोराही, २५ असोज । घोराहीमा १८ जनाले रक्तदान कार्यक्रम गरेका छन् । लायन्स क्लब अफ घोराही सिटीको आयोजनामा शनिवार रक्त सञ्चार केन्द्र घोराहीमा भएको कार्यक्रममा १८ जनाले रक्तदान गरेका हुन ।
लायन्स क्लव अफ घोराही सिटीका अध्यक्ष सनत गिरीको अध्यक्षता तथा क्लवका पूर्व अध्यक्ष मनोज बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कार्यक्रममा १८ जनाले रक्तदान गरेका हुन । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुढाथोकीले लायन्स क्लव अफ घोराही सिटीले स्थापना कालदेखि नै मानवीय सेवाका विभिन्न कार्य गर्दै आएको भन्दै रक्तदान कार्यक्रमको आयोजना गरेर महत्पूर्ण कार्य गरेको बताए । रक्तदान महादान भएको भन्दै उनले रक्तदान गर्नका लागि क्लवले अन्य नागरिकलाई समेत प्रोत्साहन गर्नुपर्ने बताए ।
मानवीय सेवाको कार्यसँगै अहिलेको जटिल परिस्थीतिमा हाम्रो सभ्यता र सस्कृतिको विकास र सकारात्मक सोचको विकासका लागि कार्यक्रम गर्नुपर्ने धारणा राखेका थिए । लायन्स क्लव अफ घोराही सिटीका अध्यक्ष सनत गिरीले मानिसको जीवन बचाउने कार्यका लागि रगत अत्यावश्यक भएकाले क्लबले रक्तदानको कार्यक्रम आयोजना गरेको बताए । जेनजी आन्दोलनसँगै चाडपर्वको समयमा रगतको कमी हुँदा विरामीलाई सहज रुपमा प्राप्त गर्न समस्या भइरहेको समयमा रक्त सञ्चार केन्द्रको सहकार्य रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।
रक्तदान कार्यक्रममा लायन्स क्लव अफ घोराही सिटीका पूर्व अध्यक्ष ओविन्द्र महरा, ललित श्रेष्ठलगायको सहभागीता रहेको थियो । लायन्स क्लब घोराही सिटीका सदस्य तथा कार्यक्रम संयोजक इन्द्रबहादुर रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण क्लवका द्धितीय उपाध्यक्ष रबिकिरण केसीले गरेका थिए ।