उत्तरपुस्तिका जल्दा बिद्यार्थी समस्या

घोराही, २५ असोज । जेनजी आन्दोलनका क्रममा गएको असोज २४ गते दाङमा पाँच वटा क्याम्पसका एक सय ४३ जना विद्यार्थीको उत्तरपुस्तिका जलेपछि विद्यार्थी समस्यामा परेका छन् ।

घोराही उपमहानगरपालिका–१० नारायणपुरस्थीत सिद्धरत्ननाथ क्याम्पसमा रहेको परीक्षा केन्द्रबाट भदौ २३ गते व्यवस्थापन शंकायअन्तर्गत दोस्रो वर्षमा अध्ययनरत एक सय ४३ जना विद्यार्थीले अग्रेजी बिषयको आंसिक तथा मौका परीक्षाको जाँच दिएका थिए ।

परिक्षा सकेर इलाका प्रहरी कार्यालय नारायणपुरमा राखेको उत्तर पुस्तिका जेनजी आन्दोलनका क्रममा भदौ २४ गते इलाका प्रहरी कार्यालय नारायणपुर तोडफोड र आगजनी गर्दा जलेको सिद्धरत्ननाथ क्याम्पस नारायणपुरका क्याम्पस प्रमुख दिपक लामिछानेले जानकारी दिएका छन् । उनका अनुसार जाँच दिइसकेको उत्तर पुस्तिका जलेपछि विद्यार्थी समस्यामा परेका हुन ।

क्याम्पस प्रमुख लामिछानेका अनुसार सिद्धरत्ननाथ क्याम्पस परिक्षा केन्द्र रहेका घोराहीका मार्क कलेज, दिपशिखा क्याम्पस, दाङभ्याली कलेज, पद्योदय क्याम्पस र सिद्धरत्ननाथ क्याम्पसमा अध्ययनरत एक सय ४३ जना विद्यार्थीले दिएको परीक्षाको उत्तर पुस्तीका प्रहरी चौकीमा राखिएको थियो ।