Goraksha

National Daily

जनआक्रोशको प्रतिनिधित्व जेन–जी प्रदर्शन

भुवन पोख्रेल

नेपालको इतिहासमा एकै दिनमा यति ठुलो संख्यामा बलिदानी दिनु परेको कालो दिन भनेर जेन–जी पुस्ताको आन्दोलन गत भाद्रै २३ लाई सम्झने छन्, नेपाली जनताले । जेन–जी पुस्ताले शान्तिपूर्ण आन्दोलन गरिरहँदा सरकार र पुलिस प्रशासनले संयम अपनाएको भए त्यही कलिला जेन–जीको रातो रगतमा मुलुक डुब्नु पर्ने थिएन र भाद्र २४ को त्यो कहाली लाग्दो आगजनी, तोडफोड जस्ता जघन्य घटनाको क्षति देशले व्यहोर्नु पनि पर्दैनथ्यो ।

२३ गतेको अप्रिय घटना घटिसकेपछि पनि सरकारले आफ्ने नैतिक जिम्मेवारी लिनुको साटो सरकार झन–झन क्रुर र निरकुंश बनिरह्यो जसको परिणाम प्रमुख दलको शीर्ष नेताले मात्र होइन आम नागरिकले भोग्नु परेको छ । बर्बर दमनले जेन–जीको अभियान रोकिएन बरु भुसको आगोसरी काठमाडौँ उपत्यका प्रमुख प्रशासकीय भवनलगायत नेपालका सबै जिल्लामा आगोको मुस्लो बनेर दन्कियो । जेन–जी समूहको आन्दोलन २४ घण्टा मै विस्फोटक बन्यो ।

जेन–जीले जायज भाग राख्दै सडक प्रदर्शनमा उत्रिएको थियो । यसरी १५ वर्ष देखि २८ वर्ष समूहको युवा समूह आफ्नो अधिकार प्राप्तिका लागि भ्रष्टाचार निर्मूल गर्नका लागि र जनताले तिरेको कर जनता कै लागि सदुपयोग होस् भन्ने भाग राख्दै पहिलो पटक सडक आन्दोलनमा होमिएको थियो । नयाँ पुस्ताका जायज माग सरकारले पूरा गर्ने प्रतिबद्धता देखाउनुको साटो बर्बर दमन र बल प्रयोग गर्दा विद्यालय पोशाकमा आएका कयौँ बालकहरुे टाउको र छातिमा गोली खाएर जमिनमा पछारिएर साहदत प्राप्त गर्न विवश भए । प्रजातान्त्रिक मुलुकमा आन्दोलन गर्न, सडक प्रदर्शन गर्न, भेला भएका नागरिक माथि गोली हानी हत्या गरेको हृदयविदारक दृश्यले बाल अधिकार र मानव अधिकारको खिल्ली उडाएको देखियो ।

दर्जनौँ जेन–जी माथि गोली हानी हत्या गरियो, हजारौँको संख्यामा घाइते भए । सरकारको यस्तो निरकुंश र तानाशाहको बर्बरताको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा गम्भीर निन्दा गरियो । मानव अधिकारको खिल्ली उडाउँदै सरकारले नांगो नाँच नाचिरहँदा पनि नेपाली कांग्रेस पनि केपी ओली सरकारको बर्बरता र क्रुरताको भागिदार बनेर सरकारमा बसिरहँदा जनताको नजरबाट गिरेको छ । सरकारबाट नेपाली कांग्रेस तत्काल बाहिरिए निष्पक्षताको पक्षमा उभिई सत्यतथ्यको छानबिन गर्न सक्नुपर्दथ्यो । सरकारको तानाशाही चरित्रको कारण ती कलिला बालबालिकाको रगतमा होली खेल्न सकेको हो ।

नेपालको राजनीतिक परिदृश्यमा पुस्ता अन्तरको आवाज पटक–पटक नउठेका होइनन् तर नेतृत्व वर्गले ती आवाजलाई दबाइरहेको थियो । यस पटकको जेन–जी आन्दोलनले त्यही दवित आवाजलाई बुलन्द गर्दै विस्फोटन भएको छ । जेन–जी पुस्ताले अन्यायको विरोधमा भ्रष्टाचारको विरोधमा आवाज उठाउँदै छातिमा गोली थप्नु परे पनि पछि हटेन । भदौ २३ को क्रुर र अमानवीय घटना घटाइसकेपछि केपी ओली सरकारमा बस्ने कुनै नैतिक अधिकार थिएन तर सत्ता स्वादमा बहुलही बनेका केपी ओलीमा भाइबहिनीको रगतमा डुबुल्की खेल्ने तानाशाह प्रवृति मौलायो । जसको परिणाम भदौ २४ मा मुलुक आगोको लप्कामा जलिरह्यो यसरी देश र जनतालाई अग्निकुण्डमा धकेलेर मात्र उनले प्रधानमन्त्रीको कुर्सी त्यागे । सत्ताको स्वादमा चुलुम्ब डुबेका ओली जनताको जीउ र धनको सुरक्षाको त के कुरा आफ्नै जीउको रक्षा गर्न सेनाको सहारा लिँदै भागेर ज्यान जोगाए ।

नेपालको इतिहासमा जेन–जी पुस्ताको रगतमा होली खेलेर मस्त शासन चलाउने आँट र रहर गर्ने क्रुर प्रधानमन्त्री केपी ओलीलाई लाखौँ जेन–जी सडकमा उत्रिएर कठालो समातेर कुर्सीबाट धिसार्ने डरले भागेर ज्यान जोगाउने गैरजिम्मेवार भनेर लेखिने छ । आफ्ना कयौँ जेन–जी साथीहरुको बलिदानीले जेन–जीको आत्मा रोएको र रगत उम्लेको परिणाम मुलुकले भोगिसकेको छ । प्रधानमन्त्री केपी ओलीले जेन–जीहरुलाई डर, धम्कि र बल प्रयोग गरेर शासन गर्ने कायर मानसिकता विश्वले देखेको छ । प्रहरी दमन गरी नरसंहार गरेर सत्ता कब्जा गर्ने छुट कसैलाई छैन । अझै पनि यति ठुलो नरसंहार गरेर रगत लत्पतिएका हात लिएर पार्टी र सत्तामा बसिरहने हो भने इतिहासले धिकार्ने छ ।

नेतृत्व जेन–जी पुस्ताको चाहना अनुसार हस्तान्तरण नगर्ने हो भने त्यही वीर सहिदको आत्मा रोइरहने छ । पुस्ता हस्तान्तरण गरी राजनीतिबाट सन्यास नलिने हो भने यी शीर्ष नेतृत्वको कंलक पखालिने छैन । भदौ २३ को कालो दिनपछि मुलुक अभिभावकविहीन भयो, सरकार छैन भन्ने सबैलाई महसुस भयो । केपी बा भनेर जुन महिमा थियो त्यो अस्थित्व अधिकार खोज्ने सन्तानको गला निमोठ्ने क्रुर तानाशाहको रुपम ा रुपान्तरण भएको थियो । गोली प्रहार गरेर सन्तान भुटेर शान्ति प्राप्ति गर्ने जुन दुरुसाहस गरेका िथए त्यसको उनले घातक परिणाम भोग्नु प¥यो । उनको व्यक्तिगत क्षतिको मात्र होइन राज्यको सरकारी सम्पत्ति माथि भएको तोडफोड आगजनी, लुटपात जस्ता आतङ्कको साथै व्यक्तिका निजी सम्पत्ति, नेताहरुका घर सबै खरानीमा परिणत भए ।

यो परिस्थितिको सिर्जना गर्ने खेल पात्रको रुपमा सबैले केपी ओलीलाई चित्रित गरे । २४ गते राति १० बजे सेना सडकमा देखिए पछि मात्र नेपाली जनताले आफ्नो जीउ धनको रक्षा हुन्छ कि भन्ने आशा पलायो । सेनाले मुलुकमा अभिभावकीय भूमिका खेल्यो । मुलुकमा अब के हुने हो भनी सबै उदास थिए । कतै मुलुकमा सैनिक शासन त लाग्दैन भन्ने शंसय पनि व्याप्त थियो । कतै राजा ल्याउने गणतन्त्रको गला दबाउने खेल त रचिएन भन्ने प्रश्नहरु नउब्जिएका पनि होइनन् । राष्ट्रपति मौन भई सेना प्रमुखले देशबासीका नाममा सम्बोधन गर्दा सबैमा संंंख्या उब्जेको हो । सेनामा मुलुक र जनताको रक्षा गर्ने अभिभारा सुम्पेको थियो त्यो सार्वभौम नेपाल र स्वतन्त्र नेपाली जनताको पक्ष मै सेनाले कदम चालेको छ त्यसलाई प्रशसनीय ठान्नुपर्छ । नेतृत्व वर्गमा जस्तो सत्ताको स्वादमा लत्पतिदा मुलुक खरानीको थुप्रो बन्न बेर लाग्दैन भन्ने सबैले अनुभव गरेकै कुरा हो ।

जेन–जी पुस्ताको माग ठुलो थिएन केपी ओली सरकारले सहमति, सहकार्य र सहअस्तित्वको नीति लिएर संवाद अन्तरक्रिया र छलफल अगाडि बढाएको भए यस्तो मानवीय दुर्घटनाको सामना गर्नु पर्ने थिएन । घरपरिवार, समाज र राष्ट्र थाम्ने खम्बा युवा जेन–जी आज सडक मै ढले तर उनीहरुका गगन चुम्ने सपनालाई साकार पार्नुपर्छ । जेन–जी डरले भाग्दैन, चौडा छाति लिएर बर्बरता र क्रुरताको विरुद्धमा सडक र सदन चारैतिरबाट खबरदारी गर्छ । अब सबै युवा अन्याय, अत्याचार, दमन, शोषण र भ्रष्टाचारको विरोधमा उत्रिसकेका छन् । युवा पुस्ता यति ठुलो वेदना र बलिदानी पछि समवेदना व्यक्त गरेर मौन बस्ने हो भने समाजको रुपान्तरणका खातिर जीवनउत्सर्ग गर्ने वीर सपुतको रगत र बलिदानीले सराप्ने छ ।

अहिले मुलुक संवदेनशील घडीमा उभिएको छ । प्रत्येक जीवन अमूल्य छ र अतुलनीय पनि छ । यति ठुलो मानवीय क्षति एकै दिन भनी पालको इतिहासमा नै भएको थिएन । मुलुकमा बढ्दो भ्रष्टाचार शासकीय असक्षमता र नागरिकले भुक्तानी गरेको करको जगमा राजनीतिक नेतृत्वको विलासी जीवनशैली सम्भव भएको बुझाइमा सिंगो समाज आक्रोशित छ । नेतृत्व वर्गले जन आक्रोशलाई बेलैमा बुझेर जनआकोक्षाको सम्बोधन गरेको भए मुलुक यस्तो चपेटा पर्ने थिएन । चुलिएको जनआक्रोशको प्रतिनिधित्व जेन–जी पुस्ताले गरेको हो ।

जनताको आवाज सुन्नै पर्ने संवैधानिक दायित्व बोकेको सरकार भने जनताको आवाज थुन्ने, गला रेट्ने वा जीवन छिन्ने बाटोतर्फ अग्रसर भइदियो । मताधिकारको दुरुपयोग गर्दै संसद भवन आसपासको क्षेत्रलाई र मैदान बनायो । जेन–जी पुस्ता बिना हात हतियार सडक आन्दोलनमा आएको थियो । सरकारले चरम दमन गर्दा अकल्पनीय मानवीय क्षति भएको छ यसको नयाँ सरकारले निष्पक्ष छानविन गरी दोषि माथि कडाभन्दा कडा कानुनी कारबाही गर्नुपर्छ ।

अहिले जेन–जीको चाहना अनुसार सुशीला कार्की नेतृत्वमा नयाँ सरकार गठन भएको छ । सिंहदरबार लगायतका मुलुकभरीका प्रशासनिक भवनहरु खरानी र धुवाको मुस्लोले कुरुप भएका छन् । मानवीय क्षतिको अगाडि भौतिक क्षतिको त कहिल्यै तुलना हुँदैन तर पनि त्यही संरचनाहरु पुर्ननिर्माण गर्नु पनि नयाँ सरकारको चुनौती हो । जेन–जीका माग अनुसार संसद विघटन भएको छ र अन्तरिम सरकार सुशीला कार्कीको नेतृत्वमा गठन भएको छ । करिब १० वर्ष अघि नेपालको पहिलो महिला प्रधानन्याधिशका रुपमा नियुक्ति भएकी सुशीला कार्की अहिलेको विषम परिस्थितिमा जेन–जी आन्दोलनको पक्षबाट प्रथम महिला प्रधानमन्त्रीको रुपमा उभिएकी छिन् । असामान्य ऐतिहासिक मोडमा राष्ट्र उभिरहँदा पनि जनतामा आशा र उत्साह देखिएको छ । जनताले लामो समयदेखि भोग्दै आएको वेथिति, भ्रष्टाचार र विदेशी हस्तक्षेप विरुद्ध एउटा नयाँ चेतनाको लहर जागेको छ ।

जेन–जी अर्थात् सन् १९९७ देखि २०१२ बिचमा जन्मेको नयाँ पुस्ता सामाजिक सञ्जाल बन्द गरिएको विरोधमा उठेको यो आन्दोलनले देशको राजनीतिक शक्ति सन्तुलनमा ठुलै झट्का दिएको छ । सुशीला कार्कीको नेतृत्व केवल संविधान सम्मत शासनको स्थापनाका लागि भात्र नभई भ्रष्टाचारको जरो उखेल्ने अभियानको थाली हो । यो महा अभियान हामी सबैको साथ, सहयोग र हौसलाको आवश्यकता पर्दछ । सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारलाई ६ महिनाभित्र निर्वाचन गराई नयाँ सरकारलाई जिम्मेवारी सुम्पने दायित्व छ । यस अवधिमा उनको भूमिकाले स.विधानको रक्षा, मौलिक अधिकारको संरक्षण र भ्रष्टाचारको अन्त्यतिर ठोस् काम गर्ने अपेक्षा गरिएको छ ।

परिवर्तनको यात्रामा सधै चुनौती पनि हुने गर्दछन् । सुरुमा जेन–जी आन्दोलन शान्तिपूर्ण रुपमै थियो तर सरकारको बर्बर दमन पछि यो आन्द्योलनमा अराजकतत्वको घुषपैठ भयो । विभिन्न राष्ट्रिय सम्पक्ति निजी सम्पत्ति, कार्यालयहरुमा क्षति पु¥याए । त्यही घटनाले आन्दोलनको मर्मलाई घुमिल बनाउन खोजे तर यस्तो अराजकता जेन–जी आन्दोलनको उद्देश्य थिएन । बरु नेतृत्वहीनताको परिणाम थियो । युवा पुस्ताको शक्तिलाई मार्ग दर्शन गर्न, संगठन गर्न सही तथा इमानदार नेतृत्व आवश्यक छ ।

नेपाल अब परिवर्तनको यात्रामा उभिएको छ जहाँ युवाले दिशा देखाएको बाटोमा सबै हिड्यो भने नेपालले नयाँ युगमा प्रवेश गर्ने छ । जेन–जीको विरोध प्रदर्शन युवा पुस्ताको चाहना, जनताको बढ्दो चेतनास्तर र मुलुकमा विद्यमान भ्रष्टाचारप्रतिको असन्तुष्टि प्रतिबिम्ब हो । संविधानको मर्म र भावना बमोजिम सुशासन, समृद्धि र विकासको क्षेत्रमा कमी कमजोरी र त्यसबाट सिर्जित असन्तोष, अभाव र अपेक्षा पूरा नभएकाले पनि यो आन्दोलन जन्मिएको हो ।

युवा पुस्ताले उठाएका रोजगारीका अवसर, गुणस्तरीय जीवनस्तर, सरकारका काम कारबाहीमा पारदर्शीता, कानुनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकास जस्ता कुरालाई लोकतान्त्रिक प्रणालीमा आवद्ध गरी जनअपेक्षा बमोजिम काम गरेको भए आजको विषम परिस्थितको सिर्जना हुने नै थिएन । जेन–जी आन्दोलनले मुलुकका धेरै क्षेत्रमा सुधार गर्न मार्गदर्शन दिएको छ । जेन–जी पुस्ता आफू शासकीय प्रणालीमा सहभागी हुन चाहन्छ । विकसित देशका सफल शासकीय अभ्यासलाई आफ्नो मुलुकमा देख्न चाहन्छ । नीतिगत तहमा जेन–जीका विचार प्रतिविम्ब भएको हेर्न चाहन्छ ।

सुशीला कार्कीको अन्तरिम सरकार कुनै शासकीय आकांक्षा बोकेर, कुनै पदको लालचा लिएर बनेको नभई देश संकटमा रहेको बेला परिवर्तन हामी युवा पुस्ताको अनुरोध समेतका आधारमा चुप लागेर बस्न नसकी संक्रमणको व्यवस्थापन गर्दै नेपालको संविधान बमोजिम ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचनमार्फत् जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने गरी अन्तरिम सरकार गठन गरिएको हो । भ्रष्टाचार, कुशासन तथा वेथितिको अन्त्य हुने आशाको सञ्चार भएको छ तर यो यात्रा यति सजिलो छैन ।

६ महिना पछि हुने निर्वाचनमा जनताले कस्तो नेतृत्वको छनोट गर्दछन् त्यसमै मुलुकको भविष्य अडेको छ । व्याप्त भ्रष्टाचार नियन्त्रण गर्ने एकमात्र उपाय भनेको कठोर कानुनी व्यवस्था र त्यसको इमानदार कार्यान्वयन हो । त्यसो नहुँदासम्म हामीले देखेको सुशासन सम्भव छैन तर अहिलेसम्मको कानुन भ्रष्टाचार गर्नेहरु सामान्य धरौटीमा छुट्ने गरेको देखिन्छ ।

देशका कथित ठुला एवम् शक्तिशाली नेता । कर्मचारीका भ्रष्टाचार काण्डमा फाइल अख्तियार मै धन्किने र कारबाही प्रक्रिया अघि नबढ्ने भनेर अख्तियार माथि समेत पटक–पटक प्रश्न उठ्छ । जेन–जी आन्दोलन पछि मुलुकको राजनीति शुद्धिकरण होओस र भ्रष्ट नेतृत्वले चुनावमा टिकट नपाउनु र नेतृत्व पुस्ता हस्तान्तरण होस्, जेन–जीको चाहना अनुसारको नेतृत्वले जनमत प्राप्त गरी सत्ता सम्हालुन् ।