थप ७ जनामा कोरोना संक्रमण, कुल संख्या १०९ पुग्यो

काठमाडौं, २७ वैशाख। स्वास्थ्य मन्त्रालयले शनिबार थप सात जनामा कोरोना भाइरस संक्रमण देखिएको जनाएको छ । यो आंकडासंगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा एक जना नयाँ संक्रमित फेला परेका हुन् । हालसम्म नेपालमा संक्रमण देखिएका मध्य ३० जना निको भएर घर फर्फिसकेका छन् ।