गोरक्ष समाचारदाता
घोराही, २१ भदौ । नेपाली कांग्रेस घोराही नगर समितिले घोराही उपमहानगरपालिका–१५ स्थित तुलसीपुरचोक (भानुचोक) र दामोदर चोकमा मेटिएका जेब्राक्रसिङ निर्माण गरेको छ ।
नेपाली कांग्रेस घोराही नगर समितिको पहलमा शनिवार चोकमा जेब्राक्रसिङ मार्किङ गरिएको हो । नेपाली कांग्रेस घोराही नगरसभापति तिलक रावतको सभापतित्वमा भएको कार्यक्रममा बोल्दे नेपाली कांग्रेस दाङका पूर्व सभापति विरकेश्वरी गौतमले नागरिक सुरक्षाका लागि कांग्रेसले राम्रो काम गरेको बताए ।
बजारको मुख्य चोकमै चेब्राक्रस नहुँदा दुर्घटनाको जोखिम हुने भएकाले कांग्रेसले थालेको कामको प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताए । नगर सभापति रावतले सडक यातायात सहज बनाउन तथा पैदलयात्रीको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले तुलसीपुर चोकमा मेटिएका जेब्राक्रस निर्माण गरिएको बताए । नगरसभापति रावतका अनुसार जेब्राक्रस निर्माणको काममा लुम्बिनीका उद्यो,पर्यटन तथा यातायात मन्त्री प्रचण्डबिक्रम न्यौपाने समेत सहभागी भएका थिए ।
बजारको मुख्यचोकहरु सडक सुरक्षाका दृष्टिले जोखिम रहेको र उक्त ठाउँमा जेब्राक्रस नहुँदा हुन सक्ने दुर्घटनालाई मध्यनजर गर्दै कांग्रेस गरेको जेब्राक्रम निर्माणको कामको प्रशंसा गरेका थिए । उक्त कार्यक्रममा नेपाली कांग्रेस दाङका उपभासपति कमानसिंह भारती, महासमिति सदस्य भुपबहादुर डाँगी, सावित्रा राना, बद्री खड्का, नेपाली कांग्रेस दाङका जिल्ला सदस्य भोला अधिकारीलगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण सचिव पुष्पराज आचार्यले गरेका थिए ।