निसान मगर
दाङ,१५ भदौ । लायन्स क्लब अफ घोराही अम्बिकेश्वरीको दोस्रो स्थापना तथा पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
लायन्स क्लब अफ घोराही अम्बिकेश्वरीका अध्यक्ष चन्द्रप्रकाश खनालको अध्यक्षता तथा लायन्स क्लब अफ नेपालका डिस्ट्रिक गभर्नर ज्ञानेन्द्रकुमार श्रेष्ठको प्रमुख आतिथ्यता एवम् घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा सन् ०२५÷०२६ का लागि नवनिर्वाचित अध्यक्ष डा प्रकाश सुवेदी र सचिव सागर बस्नेतलगायतका कार्यसमितिलाई पदहस्तान्तरण गरिएको थियो ।
स्थापना तथा पदहस्तान्तरण कार्यक्रममा बोल्ने वक्ताले मानव सेवालगायत समग्र परोपकारी काममा लायन्स क्लबको महत्वपूर्ण भूमिका रहेको भन्दै प्रशंसा गरेका थिए । क्लबमा लागेका व्यक्तिले आफ्नो पेसा तथा व्यवसायबाट सङ्कलित थोरै रकमलाई प्राकृतिक विपद्मा परेका नागरिकसँगै आर्थिक रूपमा विपन्न समुदायलाई सहयोगसँगै शिक्षा, स्वास्थ्यलगायतका सामाजिक सेवाका कार्यमा पु¥याएको योगदन महत्वपूर्ण रहेको बताएका थिए ।
पछिल्लो समय सामाजिक अपराध, कुरिति, कुसंस्कार अन्त्यसँगै युवावर्गलाई सही बाटोमा लगाउन सबैसँग सहकार्य गरेर अघि बढ्नुपर्ने बताएका थिए ।
कार्यक्रममा लायन्स क्लब अफ नेपालका डिस्ट्रिक्ट गभर्नर ज्ञानेन्द्रकुमार श्रेष्ठ, घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, लायन्स लभ अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए । लायन्स क्लब अफ घोराही अम्विकेश्वरीका प्रथम उपाध्याय गेहेन्द्रबहादुर बस्नेतको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण वसन्तप्रताप रिजालले गरेका थिए । कार्यक्रममा लियो क्लबका नवनिर्वाचित पदाधिकारीलाई समेत पदहस्तान्तरणसँगै शपथ ग्रहण गराइएको थियो ।