प्रतिष्ठानमा न्यूरो सर्जरी सेवा बन्दै प्रभावकारी

दाङ,१४ भदौ । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा न्यूरो सर्जरी सेवा प्रभाबकारी बन्दै गएको छ । प्रतिष्ठानमा न्यूरो सर्जरी सेवा नहुँदा बिरामीहरु उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यताको थियो ।

कोहलपुर र नेपालगञ्ज मेडिकल कलेजमा न्यूरो सर्जरी सेवामा लामो समय काम गर्नुभएकी चिकित्सक न्युरो सर्जन डा. उपमा शर्माले प्रतिष्ठानबाट सेवा सुरु गरेसँगै सेवा थप प्रभाबकारी बनेको हो । डा. शर्माले पाँच महिनामा करिव दुई हजार पाँच सय बिरामीलाई न्युरो सम्बन्धि ओपीडिबाट सेवा दिएको बताइन । उनका अनुसार प्रतिष्ठानमा स्पाइन र ब्रेनको अपरेसन सुरु भइसकेकाले अव बिरामीलाई उपचारका लागि बाहिर जानुपर्ने बाध्यता नपर्ने बताइन ।

डा.शर्माका अनुसार प्रतिष्ठानमा स्पाइन सम्बन्धि करिव छ वटा र पाँच वटा ब्रेन सम्बन्धि अप्रेसन गरिएका छन् । प्रतिष्ठानमा न्युरो सर्जरी सेवामा टाउको, गर्दन, ढाड, हातखुट्टा दुखेको, दुर्घटना वा लडेर टाउको वा ढाडमा चोट लागेको, ढाड, हातखुट्टाको नसा च्यापिएको, पक्षघात (लक्चा, प्यारालाइसीस) वा बेहोस भएको, रगत जमेको (ब्रेम हेमोरेज), छारेरोग(मृगी, इपिलेप्सि) ब्रेन वा ढाडको ट्युमर भएको, कम्मर दुख्ने, हातखुट्टा झम्झमाउने, पोल्ने, निदाउने र कमजोर भएकोलगायतका बिरामीको उपचार हुने जानकारी दिएकी छिन ।

प्रतिष्ठानका रजिष्ट्रार प्रा. श्याम लम्सालले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ब्रेन ट्युमरको अपरेसन सुरु भएसंँगै न्युरो सर्जरी सेवा अब जिल्लामै उपलव्ध भएको बताए । उनले यसैवर्ष न्युरोसर्जरी सम्बन्धी सबै उपकरण व्यवस्थापनको अन्तिम तयारी रहेको र न्युरो सर्जरी सम्बन्धी उपकरण खरिद गर्न सरकारले १४ करोड रुपियाँ विनियोजन गरेको र प्रतिष्ठानले टेण्डरको गरिसकेको जानकारी दिए । रजिस्ट्रार लम्सालले मुटु उपचारको लागि १० करोडको क्याथ ल्याब मेसिन खरिद गरेको भन्दै भदौ महिनाभित्र जडान हुने बताए ।