‘विकास र सुशासन सञ्चारको प्राथमिकता’

गोरक्ष समाचारदाता
तुलसीपुर, ८ भदौ । एचआर मिडिया हाउस प्रालि तुलसीपुरको दोस्रो वार्षिकोत्सव तुलसीपुरमा सम्पन्न भएको छ । एच.आर मिडिया प्रालिका अध्यक्ष निमा रानाको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभाका सदस्य तथा लुम्बिनी प्रदेश सरकारका पूर्व अर्थमन्त्री धनबहादुर मास्कीको प्रमुख आतिथ्यता एवम् शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत, कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीको विशिष्ट आतिथ्यमा भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख आतिथि मास्कीले विकास समृद्धि र सकारात्मक कुरालाई सञ्चारकर्मीले बढी महत्व दिनु पर्ने बताए । उनले कुनै व्यक्ति विशेष र प्रतिशोधका लागि सामाचार लेख्नु भन्दा पनि जनजिविका जनचासोलाई प्राथमिकता दिनु पर्ने बताए ।
मास्कीले मिडियाले सूचना समाचारका साथै अन्य सामाजिक काम समेत गरेको बताए । मास्कीले जिल्लाको विकास निर्माणदेखि यहाँको बस्तु स्थिति दर्शाउन सबै दलका ठुला नेतालाई दाङमा ल्याए पनि त्यसले सार्थकता भने पाउन नसकेको बताए । त्यस्तै कार्यक्रममा शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत, कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारी, तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का वडाध्यक्ष विरेन्द्र शाह, पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, उपाध्यक्ष नारायणी रजौरे, फिनिज दाङका अध्यक्ष दिप्ती शिखा चौधरी, प्रेस सेन्टरका सचिव दिपक बोहरा, जनपत्रकार सङ्गठनमा अध्यक्ष हेमन्त प्रकाश वलीलगायतले एच.आर मिडिया प्रालिले सामाजिक कामदेखि समाजमा विभिन्न सकारात्मक कुरा गरेको भन्दै शुभकामना दिएका थिए ।
त्यस्तै पर्यावरणीय दिगो विकास तथा अनुसन्धान केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावत, युथ क्लब तुलसीपुरका अध्यक्ष अरुण लहरे, मानव सेवा आश्रमका प्रमुख हिम जोसी, सल्यान उद्योग वाणिज्य संघका उपाध्यक्ष पवन कार्की, ट्राफिक प्रहरी कार्यालय तुलसीपुरमा प्रमुख नरेन्द्र शाहीलगायतले शुभकामना व्यक्त गरेका थिए ।
उक्त अवसरमा पत्रकार एकराज भण्डारी, सरीता चौधरी, हेमराज परिवर्तन भुवन थापा, विरेन्द्र घर्ती मगर तिलक केसीलाई सम्मान गरिएको थियो । एच.आर मिडिया हाउस प्रालिका प्रवन्धक एचआर मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार निरला अर्यालले गरेकी थिइन् । उक्त अवसरमा मिडिया प्रालिले गरेका सामाजिक कार्यको वृतचित्र प्रस्तुत गरिएको थियो ।