स्थापना दिवसमा तिज मिलन कार्यक्रम

गोरक्ष समाचारदाता
दाङ, ८ भदौ । दाङ चेम्वर अफ कर्मशको आयोजनामा स्थापना दिवस एवम् चेम्वरको हिरक जयन्तीको ७५औँ वर्षको उपलक्ष्यमा तिज मिलन कार्यक्रम सम्पन्न भएको छ । दाङ चेम्वर अफ कर्मशको स्थापना २०७५ सालमा भएको हो ।
कार्यक्रम दाङ चेम्वर अफ कर्मशका अध्यक्ष विकास अग्रवालको अध्ययक्षता तथा घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यतामा एवम् घोराही उपमहानगरपालिका वडा नं. १४ का वडाअध्यक्ष भानसिंह बुढामगरको विशिष्ट आतिथ्यतामा भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपप्रमुख डिसीले चेम्वर अफ कर्मशले व्यवसायीहरूको हक हितका साथै सामाजिक कार्यमा काम गर्दै आएको बताइन् ।
‘चेम्वरले उद्योगी व्यवसायीहरूको छाता सङ्गठनको रूपमा काम गर्दै आएको छ’, उनले भनिन् । तिज पर्वलाई विकृति रहित बनाउनु पर्ने उनले बनाइन् । ‘हाम्रा संस्कार संस्कृतिको जोगाउनु पर्दछ यी हाम्रा पहिचान हुन्’ उनले भनिन् । पछिल्लो समय केही विकृति देखा पर्न थालेको भन्दै यसतर्फ सचेत हुनु पर्ने उनको भनाइ छ । सबै मिलेर विकृतिलाई रोक्नु पर्ने समेत उनले बताइन् ।
वडा नं १४ का वडाध्यक्ष बुढाले चार्डपर्वलाई सकारात्मक रुपमा लिएर मनाउनु पर्ने बताए । देखावटी गर्ने प्रवृतिलाई हटाउनु पर्ने उनको भनाइ छ । ‘हाम्रो पहिचान जोगाउन सक्नु पर्दछ’ उनले भने । देखा सिकी गर्न प्रवृति बढेको भन्दै यसलाई रोक्नु पर्ने उनले बताए ।
कार्यक्रममा बोल्ने वक्ताहरूले चेम्वर अफ कर्मशलाई उद्योगी, व्यवसायको हक अधिकारसँगै सामाजिक कार्यलाई निरन्तरता दिन आग्रह गरेका थिए । त्यस अवसरमा अध्यक्ष अग्रवालले चेम्वर अफ कर्मशले व्यवासयी क्षेत्र तथा सामाजिक क्षेत्रमा गर्दै आएका काम तथा आगामी दिनका योजनाका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य प्रमिता चौधरी, मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका अध्यक्ष कमल गौतम, पतञ्जलीका रामकुमारी मरासीनी, राप्ती योगाका मिना विष्ट, बयलडाँडा चौतारी कलबका सचिव मधुसुदन रावत, अपांग मानव अधिकार सरोकार मञ्चका देवका खनाललगायतकाले भनाइ राखेका थिए । चेम्वर अफ कर्मशका सदस्य सुष्मा रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण उपाध्यक्ष रेशमराज गिरीले गरेका थिए ।