कविता : सपनाको नेपाल

श्रीराम दहित

स्मार्ट नेपालको चर्चा गरिन्छ चारैतिर !
छिट्टै सपना पूरा भए हुन्थ्यो ठाडो शिर !

शोषण उत्पीडन चतु¥याइँ गर्ने हरुबाट हुने छैन !
भोकभोकै कष्टपूर्ण कुपोषित नागरिक हुनु पर्ने छैन !

बन्द हडताल गरी गराइ कसैलाई दुखी हुनु नपरोस् !
वातावरण दुषित अपराधजन्य कर्म भोग्न नपरोस् !

नेतृत्व चिकित्सक शिक्षक चालक नीतिविधिको कर्म गर्ने छन् !
हामी कसैलाई अप्रिय दुःखकष्ट दुर्घटना यहाँ व्यहोर्नु पर्ने छैन !

औषधी उपचार आधारभूत गर्जो टार्न !
किड्नी वा अन्य अंग बेच्न बाध्यता व्यहोर्न !

द्विविधा आशंका अविश्वास हुने छैन कसैगरी !
आक्रान्त हुनु पर्ने छैन चारैतिरको मारमा घरीघरी !

दाजुभाइ आफन्तजन सबैसँग सुमधुर सम्बन्ध हुनेछ !
दक्ष अर्धदक्ष जनशक्ति सदुपयोग गर्न सबै अग्रसर हुनेछ !

सम्पन्न स्वास्थ समृद्ध गाउँबस्ती सहर अनि देशभरी !
विपन्न अभाव बेरोजगार भइ नागरिकले देश छोड्ने छैनन् कसैगरी !

कसैलाई बिना कारण मर्नु मार्नु पर्ने छैन यहाँ !
कहाली लाग्दो दिन बितिसक्यो समृद्धि छाउने छ यहाँ !

युवा जुट्ने छन् दुव्र्यसन त्यागी देश निर्माणमा अब !
विकृतिजन्य रोग भोग सचेतनामा लाग्ने छन् सब !

बेचिनु पर्ने छैन युवा साझेदार कौडिको भाउमा !
विचौलियाहरु बहाना मेसोमा आउने छैनन् घरमा !