दाङ, ६ भदौ । हिन्दू विद्यापीठ नेपाल घोराही दाङले तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयका प्रिन्सिपल पिताम्बर रिजालको अध्यक्षता तथा विद्यालय सञ्चालक समितिका अध्यक्ष डा नारायण प्रसाद योगीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन भएको थियो ।
कार्यक्रम बोल्दै प्रमुख अतिथि योगीले विद्यालयले विद्यार्थी र अभिभावकहरू बिच यस्ता कार्यक्रमले सफल्ता प्राप्त गर्ने बताए । उनले भड्किलो हुँदै गएको यो चाडमा यस्ता कार्यक्रमले अरूलाई पनि नयाँ शन्देस दिने बताए । कार्यक्रममा विद्यालय सञ्चालक समितिका सदस्यहरू चन्द्रराज पन्त र रामदयाल गुप्ता, विद्यालय सन्चालक समिति का संस्थापक अध्यक्ष खगराज लोहनीका छोरा एबम् समाजसेवी अशोक लोहनी, स्कुल कोर्डिनेटर मधुसूदन पन्त ,लेखापाल खड्ग शर्मा,विद्यालय अभिभावक सघंका अध्यक्ष गिरिराज लम्साल, मन्टेश्वरी प्रमुख पुष्पा रावत परीक्षा कोर्डिनेटर बामदेव पोख्रेल लगाएतकाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा बिद्यार्थीहरूको प्रतियोगिता ,शिक्षिकाहरूको प्रतियोगिता र अभिभावकहरूको छुट्टाछुट्टै तिज नृत्य प्रतियोगिता भएको थियो । विद्यार्थीहरूको प्रतियोगितामा आरध्या न्यौपाने प्रथम, सुनिता परियार द्वितीय, र अनुजा चौधरी तृतिय भएका थिए । शिक्षिकाहरूको प्रतियोगितामा आयुषा डाँगी प्रथम भएकी थिइन् । भने अभिभावकको प्रतियोगितामा आशा पौडेल प्रथम भएकी थिइन् । सबै बिजेताहरूलाई तिजमा लगाउनको लागि साडि, सल कस्मेटिक सामान उपहारले पुरस्कृत गरिएको थियो ।
प्रतियोगीताको निर्णयकहरूमा लोकदोहोरी गायक तथा कलाकारहरू शान्ता वली, कालिका राणा र दीपा बुढा रहेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयमा अध्ययनरत कक्षा ११ का विद्यार्थीहरु किरण पुन र खिमा बस्नेतले गरेका थिए ।