भुपेन्द्र सुवेदी
विश्वमै विगतको राजनीतिक अन्यौलता र उतारचढाव अस्थिरताले जताततै एक आपसमा देखलास् पख्लास त भन्ने जस्ता एक आपसमा विरोधा भासको पोको छरफष्ट भएको अवस्थामा छ ।
यो विषयमा नेपालको राजनीति संस्कार किन पो अछुतो रहला र यहाँ पनिको भन्दाको कमको बाढीले तानिरहेको छ, तर कहिले कता बगाउँछ त्यो आज भन्न कसैले सक्ने अवस्था छैन, बाढी वर्षादमा मात्र आउँछ भने राजनीतिकको बाढी नेताहरुको मर्जिमा मच्चिदै छ यो कहाँ पुगेर थच्चिने हो यो कसलाई थाहा होला र ?
संसारका मोटामोटी रुपमा दुईथरी राजनीतिक विचार धारा देखिएका छन् भन्ने राजनीतिकज्ञ हरुको भनाई हो । (क) पुर्वीय राजनीतिक विचार धारा (ख) पाश्च्यात्य राजनीतिक विचार धारा । पूर्वीय राजनीतिक विचार धारा भन्नाले वेद, उपनिषद, धर्मशुत्र, स्मृति शास्त्र, रामायण, महाभारत आदी ग्रन्थमा प्रतिवादित राजनीतिक अवधारणालाई राजनीतिक विश्लेषकले लिएका छन् ।
पूर्वीय ग्रन्थमा प्रायः सबैजसो विचारले राजतन्त्रात्म शासन पद्धतिको प्रतिपादन एवम् समर्थन गरेको पाइन्छ । राज्यका सात तत्वमध्ये राजालाई विशेष स्थान दिएको मात्र नभएर एक अभिभावकको रुपमा पनि स्वीकारिएको पाइन्छ ।
मनुले राजामा चन्द्र, सूर्य, यम, अग्नी, वायु आदि देउताको अैस रहने भएकाले उनलाई तिरस्कार गर्न नमिल्ने कुरा जनाएका छन् भनिएको होला । राजा नहुँदा समाजमा मत्स्य न्याय प्रचलित हुने अर्थात धनीले गरिबलाई ठुलाले सानोलाई पठितले अपठितलाई हेप्ने, चेप्ने गर्दछन् भनेका छन् । यसको मतलब राजालाई निरंङ्कुस बनाउन खोजेको होइन ।
प्रजाको दुःख नै राजाको दुःखको । प्रजासुखे सुखम राजः प्रजानाञ्चहितेहितम् । नात्म पृयहित राजाप्रजान् तु पृयहितम भनेर राजालाई प्रजामूलक बन्न निकै प्रेरणा दिएको पाइन्छ । जसरी एउटा वृक्षले घाम र पानी जति आफ्नो शरीरमा लिएर तल बसेकाहरुलाई ओत दिन्छ, छाहारी दिन्छ यसरी नै राजाले पनि सम्पूर्ण दुःखकष्ट जति आफ्नो शिरमा बहन गरेर जनतालाई सुख सुसुविधा दिनुपर्दछ भनेको हुँदा पौरस्त्य राजतन्त्रात्मक शासन पद्धति प्रजामूलक थिएन भन्ने मिल्दैन ।
जहाँसम्म पश्चात्य राजनीतिक दर्शनको कुरा छ त्यो शुक्ररात, प्लेटो, अरस्तु, पोलिवियमहव्स, लक्, रुसो, मिल् माक्र्स आदि विचार र तिनका राजनीतिक अवधारणलाई लिने गरिन्छ भन्ने विश्लेषकको भनाइ हो । शाशक निस्वार्थी र निस्पृह नभएसम्म राज्य सञ्चालनमा राम्रो हुन सक्दैन भन्ने विचार धारामा आवद्ध भएका प्लेटोले आदर्श राज्य निर्माणको सन्दर्भमा तीन कुरा साम्यवाद, न्याय र शिक्षालाई विशेष जोड दिएका छन् ।
राज्य व्यवस्था मानिसका लागि अपरिहार्य सम्झने अरस्तुले राज्यलाई पिन्जडा नभएर गुणको संज्ञा दिएका छन् । जसरी पिन्जडाले चराको स्वतन्त्रता विचारण गर्ने लैंगिक अधिकारलाई कुन्ठित गरेको हुन्छ भने गुंडले संरक्षण र बचावट गर्दछ । त्यस्तै राज्यले पनि पंक्तिका अधिकतम आवश्यकता पुगिने सहयोग गर्ने भएको हुनेले यसलाई गुडको संज्ञा दिएका हुन् ।
रोमन राजनीतिक विचारकले कानुनलाई सर्वपरस ठाने तापनि राज्य व्यवस्थाको मुल भूत गन्तव्य भनेको जनताको सर्वाेपरी कल्याण गर्नुलाई नै मानेका छन् । सम्झौदा बाजी विचार हब्स, लक्, ररुसोले राज्य उत्पत्तिका सम्बन्धमा पृथक अवधारणा व्यक्त गरे तापनि लोककल्याणकारितातर्फ नृनिष्ट नभएको शासन पद्धतिको औचित्य शिद्ध गर्ने नसकिने सार्वजनिन सिद्धान्त प्रस्तुत गरेका छन् ।
जहाँसम्म नेपालको राजनीतिक पद्धति र त्यसको एतिहासिकताको प्रश्न छ लिक्षिवीकाललाई नै प्रमाणिक थालनीका रुपमा सेलाएको छ । तत्कालीन शिलालेख ताम्रापत्र आदिको आधारमा लिच्छवीकाललाई नेपालको सुवर्ण युग मानिएको छ र त्यसबेला लिच्छवी राजतन्त्रका थियो भन्ने विज्ञहरुको भनाइ छ । मान देव शिवदेव, जस्ता राजाले नेपाल र नेपालीको हितलाई नै सर्वाैपरी ठाने र शासन गरेका थिए ।
राजा शासक होइनन् सेवक हुन् भन्ने अवधारणलाई व्यवहारमा चरिताथ्र्थ गरेका थिए । आपसी कलहले गर्दा केही हदसम्मति तरवितर भएको भए तापनि मल्लकालीक राजतन्त्र पनि प्रजा मुलक नभएको होइन । धारा, पाटी, पौवा नहर खेतीपातीको समुचित व्यवस्थामा निकै सचेक्ष्ट भएको तत्कालीन राजतन्त्रमा राजाले जनतालाई अविभावकत्व प्रदान गरेकै थिए ।
जहाँसम्म शासककालको कुरा छ, उत्तरमा बिशाल चीन र दक्षिणमा विशाल भारतको बिचमा अवस्थित सानो राष्रु« नेपालको सार्वभौमसत्ता अक्षुण राख्नका लागि एकीकरण अनिवार्य ठान्ने वडामहाराज धिराज पृथ्वीनारायण शाहको भूमिका नेपालको इतिहासमा सुवर्ण अक्षर लेखेकै छ ।
समयको अन्तराल एवम् विश्वको कहालिँदो परिस्थिति र नेपाली जनताको चाहाना अनुसार २०४६ सालमा नेपालमा जनआन्दोलन भएको र त्यसको पश्चात आन्दोलनले दलीयपद्यतिलाई वैधताप्रदानगरेको सन्दर्भमा धेरै राजनीतिक दलको जन्म भएको हो तर आजको अवस्था यस्तो रहेन ।
हाम्रो नेपाल यस्तो देश होकि जहाँ दुई विशाल आणविक शक्ति सम्पन्न मुलुकहरु भारत र चीनका बिचमा अवस्थित सानो राष्ट्र नेपालको स्वतन्त्रता स्वाधिन्ताका सम्बन्धमा प्रत्येक नेपालीले सचेत रही नेपालको अस्मितालाई अनवरत रुपमा जोगाई राख्नु पर्ने अपरिहार्य आवश्यकता रहेको छ र आफ्ना विर पूर्वजहरुले बल र विवेकवाट जोगाइएको सूर्यचन्द्र ईङ्कित ध्वजा दोवारा विभुषित नेपाल आमाको गरिमालाई सदासर्वदा प्रोज्जवल राख्नु आफ्नो हामी नेपालीको कर्तव्य हो । यसैलाई सिरोपरी स्वीकार्दै लोकतान्त्रिक प्रजातन्त्रलाई शासन पद्धतिको मेरुदण्डको