प्रमोद आचार्य
दंगीशरण,३१ साउन । दंगीशरण गाउँपालिका–३ पदमपुर एकलीमा निर्माण गरिएको योगहलको उद्घाटन गरिएको छ ।
शनिवार कृष्ण जन्मअसटमीको अवसरमा दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी। उपाध्यक्ष पिमा वली खड्का र वडा न ३ का वडा अध्यक्ष शुकलाल चौधरीले बहुउदेश्य योगहलको औपचारिक उद्घाटन गरेका हुन ।
योगहल उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले योग शारीरिक, मानसिक र आत्मिक स्वास्थ्यका लागि उपयोगी अभ्यास रहेको बताए । स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्न मानसिक शान्तिका लागि योग र ध्यान आजको आवश्यकता रहेको उनको भनाई थियो । अध्यक्ष गिरीले सस्कार र सभ्यताको विकासका लागिपनि योग,प्रणायाम,र ध्यानमा जोडिन आवस्यक रहेको भन्दै अहिलेको समय बिषादियुक्त खानपानले मानव शरीरमा गम्भीर असर पुर्याइरहेकाले हरेक व्यक्तिका लागि योग आवश्यक रहेको बताएका थिए ।
सोही अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष पिमा वली खड्काले रोग लाग्नुभन्दा रोग लाग्ननै नदिन उपयुक्त हुने भन्दै शारिरीक तथा मानसिक स्वास्थ्यका लागि योगमा जोडिन नागरिकलाई आग्रह गरेका थिए । उपाध्यक्ष खड्काले योगहललाई अस्पतालको रुपमा बुझ्न र प्राणघातक जस्ता रोगहरुबाट बच्न उपयुक्त उपाय योगनै रहेको उपाध्यक्ष खड्काको भनाइ थियो । दंगीशरण गाउँपालिका वडा न ३ का वडा अध्यक्ष शुकलाल चौधरीले वडामा हुने हरेक कार्यक्रमहरुको साझा थलोको रुपमा बहुउद्देश्यीय सभाहलको उपयोगगर्न सकिने बताएका थिए ।
योगहल उद्घाटन समारोहमा जिल्ला विकास समिती दाङका पुर्व सभापती भरत के.सी.पतन्जली योग समिति दाङका महिला उपाध्यक्ष समिक्षा रिजाल,पतन्जली योग समिती दाङका उपाध्यक्ष बिनोद चौधरी,पतन्जली योग समिति दाङका स्वागत प्रभारी प्रल्हाद शाह लगायतले मन्तव्य राखेका थिए । पतन्जली योग समिती दाङका जिल्ला सदस्य लक्ष्मण केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण गाउँपालिकाका प्रेस सयोजक प्रमोद आचार्यले गरेका थिए ।