गोरक्ष समाचारदाता
दाङ,३१ साउन । घोराही उपमहानगरपालिका–७ स्थीत श्री माध्यमिक बिद्यालय सौडियारले सरोकारवाला निकायसँग छलफल कार्यक्रम गरेको छ । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईको अध्यक्षता तथा विद्यालयका पूर्व ब्यवस्थापन समितिका अध्यक्ष भीमप्रकाश खड्काको प्रमुख आतिथ्यता एव घोराही ७ का वडा सदस्य लौटन चौधरीको बिशिष्ट आतिथ्यतामा भेला भएको हो ।
कार्यक्रममा भेलामा बिषयबस्तुमाथि बिद्यालयका प्रधानाध्यापक नन्दबहादुर वलीले प्रकाश पारेका थिए । बिद्यालयमा भएको महायज्ञबाट संकलित रकमको सदुपयोगका बारेमा छलफल गरिएको थियो । शिलालेख निर्माणका लागि बिद्यालयका सहायक प्रधानाध्यापक दामोदर पाण्डेको संयोजकत्वमा शिक्षकहरु नारद भण्डारी, बामदेब पोखरेल, शेरबहादुर चौधरी, सुमित्रा योगी, सौडियार सिकाई केन्द्रका अध्यक्ष चन्द्रप्रसाद घिमिरेलगायतको समिति बनाएको छ ।
त्यसैगरेर विद्यालय हाताभित्र रहने गरि स्यालोट्युबेल निर्माण कार्य अघि बढाउने निर्णय गरेको छ । साथै भेलाले पदिय आचरण बिपरित काम गर्ने शिक्षकमाथि छानबिन गर्न बनेको समितिले सार्बजनिक गरेको छानबिन प्रतिबेदनलाई सरोकारवालाले दिएको सल्लाह सुझाब अनुसार समेटेर कार्यान्वयन गर्ने निर्णय गरेको छ । त्यसअवसरमा नेपालि कांग्रेस घोराही–७ सौडियारका इकाइ सभापति कर्णबहादुर बुढाथोकी, विद्यालयका सल्लाहकार माधब न्यौपाने, चन्द्रभानु भट्टराई, पूर्व बिब्यस अध्यक्ष नन्दराम भण्डारी, शरद केसी, बेलहरी टोल बिकास संस्थाका अध्यक्ष गीरबहादुर वली, मङ्गलराम डाँगी, चन्द्रप्रसाद घिमिरेलगायतकाले सल्लाह सुझाब दिएका थिए । छानबिन समितिको प्रतिबेदन सहायक प्रधानाध्यापक दामोदर पाण्डेले बाचन गरेर कार्यक्रम सहभागीलाई सुनाएका थिए ।
छानबिन समितिसँंग माबिका अग्रेजी पढाउने शिक्षक यामलाल रिजालले बिद्यार्थी र अभिभाबकलाई भड्काउने काम गरेको र स्वयम रिजालले पनि आफुले प्रशासनलाई नसोधी अभिभाबक र बिद्यार्थीको पूर्ण बिबरण दिएको र त्यो आफ्नो कमजोरी भएको स्विकारेको सदस्य सचिब पाण्डेले बताए । बिद्यालयमा कार्यरत रहि पदिय आचरण बिपरित काम गर्ने शिक्षकमाथि कारबाही गर्न अभिभाबक र बिद्यार्थी गुनासोपछि निर्माण भएको छानबिन समितिले बिद्यालयका सम्पूर्ण सरोकारवालालाई राखेर प्रतिबेदन सार्बजनिक गर्नुका साथै बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईलाई प्रतिबेदन बुझाएको छ ।
छानबिन समितिले सर्बसम्मतरुपमा प्रतिबेदन ल्याई कक्षा ११ को भर्ना अभियानमा शिक्षकले आफ्नो तर्फबाट कमजोरी गरेको निष्कर्ष निकालेको छ । छानबिन समितिको संयोजकमा शिक्षक अभिभाबक संघका कार्यबाहक अध्यक्ष खिमा घर्ति, बिद्यालय ब्यबस्थापन समिति सदस्य तथा घोराही–७ का वडा सदस्य यमकला पुन, माबि इन्चार्ज हिरालाल न्यौपाने, सौडियार सामुदायिक सिकाई केन्द्रका अध्यक्ष चन्द्रप्रसाद घिमिरे र सदस्य सचिबमा सहायक प्रधानाध्यापल दामोदर पाण्डे रहेका थिए ।
छानबिन समितिले आफ्नो पदिय आचरण बिपरित काम गर्ने शिक्षकलाई सार्बजनिक रुपमा कमजोरि स्वीकारी आत्मालोचना गर्न र त्यसो नगरे शिक्षा ऐन २०२८ र नियमावली अनुसार कारबाही गर्न सुझाबसहित प्रतिबेदन दिएको छ । प्रतिबेदन बुझ्दै बिब्यस अध्यक्ष भट्टराईले छानबिन समितिको प्रतिबेदन अनुसार अघि बढ्ने बताए । बिद्यालयका प्रधानाध्यापक नन्दबहादुर वलीले आफुले पढाउने स्कुलको शिक्षक नै आफ्नो पदिय आचरण बिपरित काम गर्नु गलत भएको र छानबिन समितिको प्रतिबेदन यथार्थपरक रहेको बताए । कार्यक्रमको सन्चालन शिक्षक बिष्णुराज चौधरीले गरेका थिए ।