गोरक्ष समाचारदाता
दाङ, २९ साउन । नेपाली कांग्रेस क्षेत्र नम्बर २ को आयोजनामा नेपाली कांग्रेसका पूर्वसभापति, नेपाल सरकारका पूर्वप्रधानमन्त्री तथा संविधानका पिता स्वर्गीय सुशील कोइरालाको ८६ औँ जन्मजयन्ती मनाइएको छ । कोइरालाको जन्मजयन्तीको अवसरमा घोराही–७ मा रहेको माता पवित्रादेवी साङवेद विद्यालय उत्तरबाहिनीलाई सहयोग गरेर दिवस मनाइएको हो ।
विद्यालयका लागि आवश्यक खाद्यान्न एवम् शैक्षिक सामग्री विद्यालयलाई प्रदान गरिएको थियो । क्षेत्रीय सभापति भीमप्रकाश खड्काको अध्यक्षता एवम् नेपाली कांग्रेस दाङका पूर्वसभापति विरकेशरी गौतमको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहभागीले स्व.कोइरालाले देखाएको मार्गमा नेपाली कांग्रेस हिड्न सके उनीप्रति सच्चा सम्मान हुने बताएका थिए । कोइरालाले देशलाई संविधान दिएर ऐतिहासिक कार्य गरेको स्मरण गर्दै सहभागीले देशलाई अग्रगामी मार्गमा पु¥याउने उनको योगदान अतुलनीय रहेको बताएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस दाङका उपसभापति कमानसिंह भारती, नेपाली कांग्रेस दाङका सचिव बालिका लम्साल, महासमिति सदस्य भुपबहादुर डाँगी, महाधिवेशन प्रतिनिधि बद्रीकुमार खड्का, नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नं २ (१) का सभापति प्रकाश श्रेष्ठ, नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नं २ (२) का सभापति अभियान बस्नेत, नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नं २ (१) का सदस्य पुरुषोत्तम शर्मा, नेपाली कांग्रेस घोराही उपमहानगर सभापति तिलक रावत, विद्यालयका सञ्चालक प्रकाश भट्टराई, नेपाल महिला संघ दाङका सचिव लक्ष्मी लम्सालले मन्तव्य राखेका थिए ।
त्यसैगरी दलित संघ दाङका सभापति बाबुराम विश्वकर्मा, किसान संघ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरी, प्रजातान्त्रिक सेनानी संघ जिल्ला सचिव नन्दुकुमार धिताल, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशी, प्रजातान्त्रिक उद्यमी संघ घोराहीका अध्यक्ष मानु खत्री, घोराही चेम्बर अफ कमर्स घोराही नगर अध्यक्ष दुर्लभ केसी, घोराही खानेपानी उपभोक्ता तथा सररसफाइ संस्थाका कोषाध्यक्ष ध्रुव केसीलगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण सचिव हिमबहादुर डाँगीले गरेका थिए ।