युवराज शर्मा
गाउँघरमा विदेशीने रहर युवाह्रुमा बढिरहेको छ । घरको एकमात्र छोरालाई पनि विदेश जाने रहर बढ्ने गाउँघरमा रोजगारीको अभाव छ भने खेतीपाती पनि खाई खेती भएको छ । युवाहरुलाई आवश्यकता बढ्दो छ । त्यसमा पनि विवाहपछि देखिने समस्या बढ्दो छ । त्यसलाई पूरा गर्ने आर्थिक जोहो गर्नैपर्छ ।
युवाहरुले भन्छन्– यो देशमा भविष्य छैन मायालु । गाउँघर रित्तो पाखा पधेरो रित्तो भयो मायालु । देउरालिमा फूल चढाए झोला बोकी घर छोडे मायलु । यो दशमा त भविष्य छैन, पूर्वको घाम छोडे मायलु । यस्ता शब्दहरुले भरिएको बेनदा पोख्दै गाउँघरका युवाहरुले आँसु पसच्ै विदेश्ीएका छन् । उनीहरुले खेती गर्न छोडे । परदेशी जीनमा समय बिताउने भएका छन् । नेपालका जमिन बाँझो भएका छन् । खेती गर्ने वातावरण वर्तमा सरकारले बनाएन भन्छन्– गउाँघरका युवाहरु ।
अहिले नेपालमा खेती गरेर अन्न उब्जनी गर्नेहरुभन्दा ठगेर रमउानेहरुको संख्या बढेका ेछ । त्यस्ता व्यक्तिहरुलाई कृषिमा के गर्नुपर्छ ? भन्ने ज्ञान पनि छैन । खेती गर्ने प्रविधिको पनि ज्ञान छैन । जीवनमा खेती गर्दा के गर्नुपर्छ ? त्यस सम्बन्धी ज्ञान पनि छैन र काम गर्ने जागर पनि आएन । त्यसैले होला अहिले नेपाली युवाहरु परदेशीएका छन् ।
खेती गर्ने जमिन बेचेर धनपैसा दलाललाई बुझाएर परदेशी बनेका छन् तर छिमेकी मुलुक भारतीयहरु नेपाल पसेर नागरिका बनिरहेका छन् । उनीहरुसँग भएको जग्गामा खेती गरेका छन् । राम्रोसँग उब्जनी बढाएका थिए । घरपरिवारले खाएर पनि नेपालमा बेच्छन् । मोटो रकम हात पार्छन् । त्यहाँका किसानलाई सरकारले सहुलियत दरमा रासायनिक मल, किटनाशक, ओखती, उन्नत बिउविजन जग्गाको अनुपातमा दिन्छ ।
पैसा तिरेर ल्याउँदा पनि पर्याप्त सामग्री दिन्छ र खेतीपातीमा उत्साह र प्रेरणा दिँदै आएको छ तर नेपालमा पैसा तिर्दा पनि मल, बिउ र ओखती पाइन्न । पहुँचका आधारमा राजनीतिक दलको शक्तिको आडमा पाइने हुँदा किसान खेतीपाती गर्न छोड्दै छन् । किसानको भलो सोच्ने कुनै तहको सरकार भएन ।
खेतीपाती गरेर आफ्नो दैनिक गुजारा चलाउने किसानलाई समस्या परिवर्तन, कृषि प्राकृतिक प्रकोप, जलवायु परिवर्तन, कृषि व्यवसायप्रति सरकारको उदासीनता बढ्दै गएको छ । यसले राष्ट्रमा खाद्य संकट, समस्याको रुपमा हुनेछ भने खाद्य सामग्री उत्पादन गर्ने जनशक्ति घट्दै छ । यो पेसा गर्ने र व्यवसाय चलाउनेहरुलाई जीवन्त राख्न सकिएन भने समस्या चर्कने छ ।
सत्तामा बसेर ऋणमा देशलाई डुबाउनु राष्ट्रघात हुनेछ । यस्ता विषयहरुमा सचेत हुनु राष्ट्र प्रमुखको काम कर्तव्य पनि हो । सत्ता चलाउनेहरुले आफ्नो इतिहास राम्रो बनाउने हो नकि बदनामी कमाउनु हो । पहिले राष्ट्रको शीर उच्च पार्न सोच्नुपर्छ ।
त्यसपछि आफ्नो भविष्य हेर्नु पर्ने हो तर नेपालमा पहिले आफ्नो र आफ्नाहरुको भविष्य हेर्ने, त्यसपछि बचेको समयमा सडक बनाएर विकास ग¥यौँ भन्ने चलन राम्रो भएन । यस्ता कार्यलाई स्वार्थपूर्ण कार्य भन्छन्– जनताले । यसको असर जनतामा राम्रो सन्देश जादैन, खराब सन्देश जान्छ । सत्तामा बसेर गाली गलौज गर्ने होइन, सम्झाउने बुझाउने र मार्ग दर्शन गराउने हो ।
नेपाल यस्तो मुलुक भए पनि छिमेकी देशको सहारामा चल्नु परेको छ । एउटा असल छिमेकी बन्न सजिलो छैन । त्यसमा पनि दक्षिण र उत्तरको छिमेकी देश नेपाल भने दक्षिण र उत्तरको छिमेकी देश धेरैपछि स्वतन्त्र भएका राष्ट्र हुन् । दुवै देशहरु कृषि व्यवसायमा अगाडि छन् ।
अहिले विश्वमा धान उत्पादन गर्न चीन देश प्रमुख छ भने दोस्रोमा भारत पर्छ । तर, आयात गर्ने देश नेपाल भएको छ । जलस्रोतको रुपमा हेर्दा विश्वमा दोस्रो स्थानमा छ । तैपनि सरकारी तवरबाट कृषि व्यवसायमा नीति नहुँदा सरकार चुकेको छ । युवाशक्तिलाई स्वरोजगार कृषि व्यवसायमा लगाउन कृषि व्यवसाय कार्य नीति ल्याउनुपर्छ । जबसम्म सरकारी संयन्त्रहरु क्रियाशील हुँदैनन् तबसम्म कृषि व्यवसायमा विकास हुँदैन ।
गरिब र विपन्न वर्ग मात्र कृषि व्यवसाय छन् । त्यो पनि जग्गाधनी र व्यवसायका मालिकहरु सम्पन्न भाग्यशाली छन् । काम गर्ने वर्गलाई वातावरण बनाइदिनुपर्छ तब मात्र कृषि व्यवसाय बढ्छ । अन्यथा ठग्ने नीति मात्र वृद्धि हुनेछ । सरकारी नीति कृषि व्यवसायमा सार्थक छैन ।