चरित्र हत्या गर्ने काम गरियो : सभापति बुढाथोकी

दाङ,२७ साउन । नेपाली कांग्रेस घोराही उपमहानगरपालिका–३ का सभापति शरद बुढाथोकीले राजनीतिक प्रतिसोध साधेर आफ्नो चरित्र हत्या गर्ने काम भएको बताएका छन् । आफ्नो संलग्नता नै नभएको घट्नामा अनावश्यक रुपमा नाम जोड्ने र बदनाम गराउने काम भएको बताएका छन् ।

मंगलवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर सभापति बुढाथोकीले आफ्नो नातेदार र मुक्त कमलरी गीता चौधरीविच भएको जग्गा विवादमा मिलाउनका लागि गाउँले भएका नाताले आफु संलग्न भएको तर कुवा, सौचालयलगायतका तोडफोड र हातपातको घट्नामा आफ्नो कुनै पनि संलग्न नभएको बताएका हुन ।

गीता चौधरीले हातपात र कुवा, सौचालयलगायतका तोडफोडमा संलग्न भएको र अपरिचित्र मानिस ल्याएर घर छोड्न धम्की दिएको घट्ना निराधार र झुटो भएको उनले बताए । पत्रकार सम्मेलनमा बुढाथोकीले भने,‘गीता चौधरीले साउनको १६ गते आफुमाथि हातपात भएको र १८ गते तोडफोड भएको भनेको तर साउनको १६ गते राजपुरमा मानो मिसाउन र १८ गते घोराहीस्थीत सिटी प्लाजा होटेलमा भएको कार्यक्रममा सहभागी भएको थिए । उक्त घट्नामा म संलगन नै छैन ।’

सभापति बुढाथोकीले आफ्ना नातेदारले गीता चौधरीसँगै उनकी अन्टिलाई पनि जग्गा दिएर सोही ठाउँमा राखेको अन्टिले जति जग्गा पाएकी छिन, उक्त जग्गा उपभोग गरेर बसेकाले केही समस्या नभएको तर गीताले आफुले पाएको भन्दा बढी जग्गा पाउनुपर्ने माग राखेपछि समस्या भएको बताए ।

जग्गासम्वन्धी विवाद देखिएपछि वडा नं. ३ का वडा अध्यक्षसहितको उपस्थीतिमा गएको चैतको २८ गतेदेखि बैशाखको ४ गतेसम्म भएको छलफलले मौखिम रुपमा आफ्नो जग्गा अनुसारको ऐलानी जग्गा उपभोग गर्ने सहमति भएपछि गीताले नै घोराही उपमहानगरपालिका न्यायिक समितिमा निवेदन दिएको र छलफल चलिरहेको समयमा जग्गाधनीले लगाएको तारवार समेत उखिलेर फालेको बुढाथोकीले बताए । सभापति बुढाथोकीका अनुसार गीता चौधरीले आरोप लगाएको जग्गा आफ्नो नभएको र उक्त जग्गा फुपुको छोराको भएको समेत बताए ।