घोराहीमा बसाइँ सरी आउने १७ हजार, जाने करिब ७ हजार

अमरराज आचार्य
दाङ, २७ साउन । घोराही उपमहानगरपालिकामा चार वर्षको अवधिमा साढे १७ हजार बढी नागरिक बसाइँ सरी आएका छन् । आर्थिक वर्ष २०७८÷०७९ देखि ०८१÷०८२ सम्म १७ हजार आठ सय ६६ जना बसाइँ सरी आएको घोराही उपमहानगरपालिका सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका प्रमुख दिवाकर योगीले जानकारी दिएका छन् । यो सङ्ख्या कानुनी रूपमा बसाइँ सरी आउनेको मात्र हो ।

शाखा प्रमुख योगीका अनुसार बसाइँ सराइ गरी आउनेको सङ्ख्या धेरै भए पनि यो अवधिमा छ हजार नौ सय ७९ जना बसाइँ सराई गरी गएका छन् । उनका अनुसार आर्थिक वर्ष ०७८÷०७९–०८१÷०८२ सम्म घोराही–१ मा दुई सय ३२ जना बसाइँ सराई गरी आउँदा तीन सय १४ जना बसाइँ सरी गएका छन् । वडा नं २ मा पाँच सय नौ जना बसाइँ सराई गरी आउँदा दुइ सय ५८ जना बसाइँ सरी गएका छन् । वडा नं ३ मा छ सय ५० जना बसाइँ सराई गरी आउँदा तीन सय ३४ जना बसाइँ सरी गएका छन् । यसैगरी वडा नं ४ मा नौ सय ५१ जना बसाइँ सराई गरी आउँदा दुई सय ३५ जना बसाइँ सरी गएका छन् । वडा नं ५ मा चार सय ४१ जना बसाइँ सराइ गरी आउँदा तीन सय २४ जना बसाइँ सरी गएका छन् ।

यसैगरी वडा नं ६ मा चार सय ७४ जना बसाइँ सराई गरी आउँदा एक सय ५० जना बसाइँ सरी गएका छन् । वडा नं ७ मा चार सय ३५ जना बसाइँ सराई गरी आउँदा दुई सय २२ जना बसाइँ सरी गएका छन् । यसैगरी वडा नं ८ मा तीन सय ५१ जना बसाइँ सराई गरी आउँदा तीन सय ८३ जना बसाइँ सरी गएका छन् । वडा नं ९ मा चार सय १६ जना बसाइँ सराई गरी आउँदा चार सय ८६ जना बसाइँ सरी गएका छन् । वडा नं १० मा एक हजार आठ सय २८ जना बसाइँ सराई गरी आउँदा दुई सय १४ जना बसाइँ सरी गएका छन् । यसैगरी वडा नं ११ मा पाँच सय २२ जना बसाइँ सराई गरी आउँदा तीन सय ५८ जना बसाइँ सरी गएका छन् । वडा नं १२ मा सात सय ३० जना बसाइँ सराई गरी आउँदा छ सय दुई जना बसाइँ सरी गएका छन् ।

यसैगरी वडा नं १३ मा दुई हजार एक सय १८ जना बसाइँ सराई गरी आउँदा तीन सय ५९ जना बसाइँ सरी गएका छन् । वडा नं १४ मा नौ सय आठ जना बसाइँ सराई गरी आउँदा सात सय ४१ जना बसाइँ सरी गएका छन् । यसैगरी वडा नं १५ मा दुई हजार छ सय ७९ जना बसाइँ सराइ गरी आउँदा छ सय ४१ जना बसाइँ सरी गएका छन् ।

वडा नं १६ मा एक हजार एक सय ५८ जना बसाइँ सराई गरी आउँदा दुई सय ७८ जना बसाइँ सरी गएका छन् । यसैगरी वडा नं १७ मा एक हजार सात सय ९६ जना बसाइँ सराई गरी आउँदा दुई सय ५२ जना बसाइँ सरी गएका छन् । वडा नं १८ मा एक हजार पाँच सय ८८ जना बसाइँ सराई गरी आउँदा चार सय ७३ जना बसाइँ सरस् गएका छन् भने वडा नं १९ मा ८० जना बसाइँ सराई गरी आउँदा तीन सय ५५ जना बसाइँ सरी गएका छन् ।

बर्सेनि घोराहीमा बसाइँ सरी आउनेको सङ्ख्या वृद्धि भएको देखिएको छ । घोराहीका ग्रामीण वडाबाट सहरी क्षेत्रका वडामा बसाइँ सरेको देखिएको वञ्जीकरण शाखा प्रमुख योगीले बताए । उनका अनुसार घोराहीमा आर्थिक वर्ष ०७८÷०७९ मा तीन हजार नौ सय ७३ जना बसाइँ सरी आएका थिए भने एक हजार पाँच सय १९ जना बसाइँ सरी गएका थिए । यसैगरी आर्थिक वर्ष ०७९÷०८० मा पाँच हजार सात सय ८५ जना बसाइँ सरी आएका थिए भने दुई हजार तीन सय ६७ जना बसाइँ सरी गएका थिए ।

आर्थिक वर्ष ०८०÷०८१ मा तीन हजार छ सय ६२ जना बसाइँ सरी आउँदा एक हजार तीन सय जना बसाइँ सरी गएका थिए । आर्थिक बर्ष २०८१÷०८२ मा तीन हजार चार सय आठ जना बसाइँ सरी आएका थिए भने एक हजार तीन सय ३९ जना बसाइँ सरी गएका थिए । रोजगार शिक्षा, स्वास्थ्य, सञ्चार, यातायातलगायतका सुविधाका लागि बसाइँ सराई हुने गरेको प्रमुख योगीले बताए । उनका अनुसार यो अवधिमा बसाइँ सराई गर्नेको सङ्ख्या जिल्लाका विभिन्न क्षेत्रका एक ठाउँबाट अर्को ठाउँ तथा बाहिरी जिल्लाबाट बसाइँ सराई गरी जिल्लामा भित्रिएका हुन् ।