तुलसीपुर,२५ साउन । तुलसीपुर मेट्रो कलेजले पहिलो पटक एआई सेमिनार गर्न लागेको छ ।
व्यवस्थापन र सूचना प्रविधिका विद्यार्थीहरुलाई लक्षित गरेर यस्तो सेमिनारको आयोजना गर्न लागिएको कलेज प्रमुख वसन्त आचार्यले जानकारी दिए । एआईको बढ्दो प्रभाव भएपनि यसको प्रयोग र उपयोगिताका बारेमा जानकारी नहुँदा यसको खास फाईदा लिन नसकेको भन्दै यस्तो कार्यक्रम गर्न लागिएको पनि उनले बताए ।
तुलसीपुर उपमहानगरपालिकाको सभाहलमा सोमबार विहान ७ बजे कार्यक्रम गर्न लागिएको हो । कार्यक्रमको सहजिकरण काठमाण्डौ विश्वविद्यालयका सह प्राध्यापक एवम् डिजिटल ल्याबका संयोजक डा सुशिल श्रेष्ठले गर्ने भएका छन् । कार्यक्रममा सहभागिताका लागि कुनै पनि शुल्क नरहेको र सबैले सहभागिता जनाउन सक्नेछन् ।