निष्ठावान् र निडर युवा नेतृत्वको खोजी

भुवन पोख्रेल

नेपालको वर्तमान राजनीतिक नेतृत्वको प्रवृतिदेखि युवा पुस्ता अलमलमा मात्र परेको छैन बरु एउटा सक्षम युग नायकको खोजीमा छ । विद्यमान मुलुकको अवस्थाले पनि एउटा कुशल र इमानदार नेतृत्वको खोजी गरिरहेको छ । नयाँ पुस्थाले दुरदर्शी राजनीतिक नेतृत्वको अपेक्षा गरेका छन् । एउटा कुशल राजनीतिज्ञले शासकीय नेतृत्व गर्ने अवसर पायो भने मुहानदेखि शुद्दिकरणको सुरुवात गर्ने पर्यत्न गर्दछ ।

कुशल र सक्षम नेतृत्वले मात्र बदलिँदो समाजको नयाँ पुस्तालाई हाँक्न सक्छ । अबको नेतृत्व बेथिति कुशासनका पुलिन्दा बोकेर सिंहदरबार छिर्ने होइन, बरु सुशासन र पारदर्शीताको विगुल फुकेर सिंहदरबारको गेट प्रवेश गर्नुपर्दछ । कानुनको छिद्रबाट स्वार्थप्रेरित शासन गर्न चाहने होइन कि कानुनको यथार्थ अभ्यास गर्न सक्ने नेतृत्वको खोजी छ । समयानुकुल सक्षम नेतृत्व नहुँदा नवपुस्तालाई राजनीतिप्रति वितृष्णा बढेको छ । पछिल्लो समय प्रमुख ठुला पार्टीका शीर्ष नेतृत्व शेरबहादुर देउवा, केपी ओली, पुष्पकमल दहाल लगायतका नेतृत्वप्रति आम जनताको वितृष्णा चुलिँदो छ ।

विगत ३० वर्षदेखि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा यिनै नेतृत्वले शासकीय सत्ता सम्हालिरहेका छन् । मुलुक र जनतालाई विकास र समृद्धिका सपना देखाएर पूरा नहुँदा व्यवस्थाप्रति नै वितृष्णा सहितका जनगुनासा बढेका छन् । यस्ता विकृति विसंगतिलाई चिर्न र संघीयतालाई सबल बनाउन एउटा शाहसी र निडर नेतृत्वको खोजी युवा पुस्ताले गरेको छ ।

मुलुकको राजनीतिलाई गति, उर्जाका साथ अघि बढाइ आशाको सञ्चार गर्न सक्ने सक्षम नेतृत्वको खोजी जनताले गरेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको गणनायक उत्कृष्ट नहुँदा बेलाबेलामा व्यवस्था विरोधी सदन र सडक दुवैतिर सलबलाएको देखिन्छ । नेतृत्वको उद्देश्य सिंहदरबारको कुर्सीसम्म मात्र सीमित नभई त्यो भन्दा माथि उठेर देश जनताको जनजीवनमा आमुल रुपान्तरण गर्न सक्ने हुनुपर्छ । व्यक्तिगत स्वार्थ र परिवारभन्दा माथि उठी राष्ट्र र समाजलाई योगदान दिन सक्ने निष्ठावान् नेतृत्वको खोजी छ । देशलाई प्रगतिको बाटोमा डो¥याउन सक्ने अठोट बोकेको नेतृत्व नै सफल नेतृत्व हो ।

व्यवस्था बदलियो, जनताको अवस्था बदलिएन । नेतृत्वको प्रवृति फेएिन, अनुहार फेरियो । नेतृत्वको शैली पूरानै रह्यो । कुर्सी बदलियो तर कुर्सीमा बस्ने शासकको सोच बदलिएन । मुलुकमा गरिएको क्रान्ति र आन्दोलनले केवल व्यक्ति र तीनका परिवारलाई आर्थिक हिसाबले बदल्न सक्यो तर समाजको अवस्था रुपान्तरण गर्न सकने । अहिलेको नेतृत्व आफूले राजनीतिमा लागेर जेलनेल, त्यागको क्षतिपूर्ति लिन नै पार्टी र सत्ता कब्जा गरिरहेका छन् ।

नेपालको राजनीतिमा खाँचो अब पुस्ता अन्तरणको छ । शीर्ष दलका पाका अनुहारले नेपालको भविष्य र जनआकांक्षालाई सम्बोधन गर्नका लागि नयाँ पुस्तालाई राजनीतिमा अघि सार्नुपर्छ । युवा नेतृत्वलाई अघि सार्नुको साटो आफ्नो भाग खोसिने डरले युवा नेतालाई अनर्गल आक्षेप लगाएका छन् । यदि नेतृत्वको अकर्मव्यता बढ्दै गयो भने जनआक्रोश जुनसुकै बेला पनि विष्फोट हुनसक्छ । जनताले बुढा अनुहार होइन, योजना, अध्ययन र क्षमता भएका दक्ष युवा नेतृत्व जसले पूर्व तयारीका साथ देशमा समृद्धि ल्याएर नै छाड्छु भन्ने संकल्प बोकेका छन् त्यही अनुहार खोजेका छन् ।

कहिलेसम्म मुलुक सत्ताको लुछाचुडी गर्ने थिच्ने, मिच्ने प्रवृति भएका नेतृत्वको, चंगुलमा फसिरहने हो ? हृदयमा इमानदारी र काँधमा जिम्मेवारी भएको दुरदर्शी राजनेता आजको आवश्यकता हो । पुरानो पुस्ता यथास्थितिमा रमाउने भयो, प्रचण्ड, ओली, देउवा यी तीनैजना जतिपटक प्रधानमन्त्री भए त्यति नै पटक मुलुकमा विकास समृद्ध, रोजगारीका सपना बाड्ने र प्रतिबद्धता देखाउने गरे तर कहिले पनि त्यही जनतासँग गरेका बाँचा कहिल्यै पूरा गरेनन् । जनतालाई झुक्याइ नै रहे । आफ्नो हरेक पदावधि यथास्थितमै गजारे । त्यसर्थ जनता अब कति पटक मूर्ख बन्ने ? यी नेतृत्वबाट जनताले कसरी थप अपेक्षा राख्ने ? नेपाली जनताले वास्तिवकतालाई नजिकैबाट नियालिरहेकाले अब पुरानो पुस्ताले युवा पुस्तालाई देशको नेतृत्वको जिम्मा दिनुपर्छ ।

नेता जति कुशल र सक्षम हुन्छ, नीति जति स्पष्ट र दुरदर्शी हुन्छ त्यति नै नेतृत्व सशक्त र सफल हुन्छ । नयाँ नेपालको सपना देखाएर युवाहरुलाई आकर्षित गरेकाहरुले सुन्दर, शान्त र समृद्ध नेपालको परिकल्पना गरेका हुन् भने युवालाई पछि लगाउने होइन बरु युवा पुस्तालाई देश नेतृत्वको जिम्मा दिनुपर्छ । युवाको वेगलाई कुनै पहाडले, आँधीले पनि रोक्न सक्दैन यदि कसैले रोक्ने दुरुसाहस गर्छ भने मुलुकलाई बरवादीतर्फ धकेल्नु सिवाय केही उपलब्धी हात लाग्दैन ।

यदि लोकतान्त्रिक गणतान्त्रिक नेपाल प्रति माया छ भने शीर्ष नेताहरु व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिई राष्ट्रिय स्वार्थप्रति समर्पित हुन अब ढिला गर्नु हुँदैन । इतिहासले धिकार्ने छ यदि सत्तालिप्सामा समलिई रहेर मुलुकलाई भुकुण्डो बनाइरहने हो भने । पद, पैसा र सताको मोहभन्दा माथि उठेर राष्ट्रहितमा सर्मपित हुन अबेर भइसकेको छ । नेतृत्व गतिहिनन र अक्षम भयो भने मुलुकलाई सही मार्गतर्फ डो¥याउन पनि सक्दैन ।

नेपालका राजनीतिक दल गुटगत स्वार्थको नेतृत्वभन्दा माथि उठ्न सकेका छैनन् । नेपालमा आजसम्म मुलुकको सर्वांगिण विकासका लागि चाहिएको सही नेतृत्व वास्तवमा कस्तो हो बहस हुन जरुरी छ । कुशल नेतृत्व बिनाको राजनीति मियो बिनाको दाई सरह हुन्छ । नेतृत्वको विचार, चिन्तन। कार्यशैली र तौरतरिकाले जनतामा आकर्षण पैदा गर्न सक्नुपर्छ ।

पटक–पटक मुलुकको नेतृत्व गर्ने अवसर पाउँदा पनि परिणामुखी काम गर्न नसकेका नेताहरुकै अगुवाइमा समृद्धिको लक्ष्य हासिल हुन्छ भनेर विश्वास गर्ने आधार छैन । अहिले जुन कार्यशैलीमा राजनीति चलेको छ त्यसको दुरदृष्टि वा भिजन नै छैन । मुलुकमा विकास र समृद्धिको सपना त बाडियो तर त्यो, सपना साकार पार्ने कला क्षमता भएको व्यक्ति नयाँ नेतृत्वमा स्थापित हुन सकेको छैन । यो नै मुलुकका लागि विडम्बना हो । देशले विकास र समृद्धिमा समर्पित हुने नयाँ नेतृत्व पाउन नसकेको आभाष हुन्छ । अब युवाहरुले नेपालको राजनेतृत्वमा हस्तक्षेपकारी भूमिका खेल्नुपर्छ ।

नेतृत्व आफ्नो दलगत सीमित स्वार्थको घेराबाट माथि उठ्न सकेनन् र गुटगत स्वार्थ र भागबन्डाको राजनीतिमा अल्झिरहेर मुलुकमा अग्रगामी विचार बोक्ने दुरगामी राजनीतिक नेतृत्व जन्मन सकेनन् । ठुला दल मानिएका र जनमत पाएका राजन्नीतकि दलका नेतृत्वमा पनि सत्ताको उन्माद चढ्दै नेतृत्व स्खलित हुँदै गयो । राज्यका लागि आवश्यक पर्ने प्रमुख पाँच तत्व सरकार भू–भाग, जनसंख्या, सम्प्रमुता, मान्यता र पहिचान पर्दछन् । राज्य कुनै भौगोलिक सीमामा रहने जनसंख्या वा त्यहाँको ढुंगा माटो हुन सक्दैन । सबल, समुन्नत राष्ट्रका लागि निश्चित भौगोलिक सीमाभित्र बस्ने नागरिकको सद्भाज एवम् समन्वयपूर्ण जीवन र राष्ट्रको निर्धातिर लक्ष्यलाई प्राप्त गर्न आआफ्नो क्षेत्रबाट निष्ठा र भक्तिपूर्वक भागीदार हुने स्थि िअपरिहार्य छ ।

संघीय सरकारमा जनआवाज तथा छनोटसम्बन्धी अधिकार, स्थानीय स्वायत्तता कायम गर्न, निरकुंश शासनमा कमी ल्याउन, कानुनी शासनको स्थापना गर्न सबै जनजाति, धर्म संस्कृतिको समान रुपमा संरक्षण एवम् सम्वद्र्धन गर्न देश प्रेम र राष्ट्रियताको भावनामा अभिवृद्धि गर्न विकासको गतिलाई तीव्र बनाउन शासन व्यवस्थाको सञ्चालनमा कुशल नेतृत्वको आवश्यकता अपरिहार्य छ । जनताको हक, हितको सुरक्षा गर्न, नागरिकको सुरक्षाको प्रत्याभूति दिन, मुलुकमा शान्ति सुरक्षा कायम गर्न, सरल र निष्पक्ष न्याय व्यवस्थाको प्रत्याभूति दिन, मानव संशोनको विका गरी सहजकर्ताको भूमिका निर्वाह गर्न संविधानको व्यवस्था भएको हो ।

संसदीय सर्वोच्चता र स्वतन्त्रता कायम गर्न, शासन व्यवस्था लचिलो बनाउन , सरकार गठन प्रक्रिया र सार्वभौमिकताको रक्षा गर्न संवैधानिक व्यवस्थाको ठुलो महत्व रहेको छ । त्यसैको आधारमा लोककल्याणकारी शासन व्यवस्थाको स्थापना हुने हुँदा देश विकासमा योग्य कुशल नेतृत्व चयनको ठुलो भूमिका रहन्छ । नेतृत्व तह राष्ट्रदेखि विश्व परिस्थितिसम्मको भावना बुझेर मार्गदर्शन गर्न सक्ने बिग्रेको अवस्थालाई सुधार्न सक्ने क्षमता, योग्यता भएको हुनुपर्छ । जस्तोसुकै कठिन परिस्थितिलाई पनि अनुकुल बनउान सक्ने सामथ्र्य असल नेतृत्वमा हुनु आवश्यक छ ।

कुशल नेतृत्वमा तार्किकता, दक्षता, पारदर्शीता, दुरदर्शी, विशेषज्ञता, धर्यता, सहिष्णुता जस्ता गुणहरु हुनु आवश्यक छ । सञ्चार क्षमतार सुन्ने धैर्य उच्चकोटीकै हुनुपर्छ । इमानदार, सचरित्रता, योग्य, सक्षम, मिलनसार जस्ता गुण त नेतृत्वमा नभई नहुने गुण हुन् । राजन्ीतिक नेतृत्वलाई नै देशको मेरुदण्ड मानिन्छ । प्रशासनिक, राजनीतिक, शैक्षिक, धार्मिक, आर्थिक नेतृत्वलाई मार्गदर्शन गर्ने नेतृत्व पनि राजनीतिक नेतृत्वले लिने हुँदा राजनीतिक नेतृत्व चयन गर्दा योग्य सक्षम, बुद्धिजीवि, इमानदार र समाजमा योगदान गर्न सक्ने आदर्श व्यक्तित्वलाई चयन गर्नुपर्दछ । कुशल नेतृत्वको चयन नभएसम्म सरकारलाई आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्न मुस्किल पर्छ ।

मुलुकको शासन सञ्चालन गर्ने जनप्रतिनिधि इमानदार, सक्षम, निष्ठावान, सेवाको भावना, दुरदृष्टि, न्याय दिन सक्ने, विवेक भएका स्वार्थरहित भावना भएका र प्रतिबद्ध हुनुपर्छ । यस्ता गुण भएका व्यक्तिलाई राजनीतिक दलले उम्मेदवार बनाउन सक्नुपर्छ । त्यस्ता व्यक्तिलाई जनताले पनि विवेक प्रयोग गरी छनोट गर्न सक्नुपर्छ । प्रजातन्त्रको अवयव राजनीतिक दल भएकाले गुणवान र उपयुक्त व्यक्तिलाई उम्मेदवार छनोट गर्नुपर्छ । मतदातालाई निर्वाचनमा उम्म्ेदवार मात्र थुपार्ने प्रवृतिलाई निरुत्साहित गर्नुपर्दछ ।

राम्रो व्यक्ति उम्मेदवार छनोट भई निर्वाचित भएको खण्डमा त्यही व्यक्तिले समाज र राष्ट्रको भलो हुने काम गर्दछन्, व्यक्तिगत स्वार्थ पूरा गर्नतर्फ लाग्दैनन् । अहिले हाम्रो मुलुकमा नेतृत्व वर्गमा इमानदारीताको खडेरी छ । नेतृत्व स्वार्थ समूहको चंगुलमा फसेको छ । सुशासन र पारदर्शीता कुन चराको नाम भइसकेको छ । यसलाई विडम्बना मान्नुपर्दछ । चुनावमा टिकट पाउन र चुनाव जित्न डनवाद र धनवाद हाबी भइरहेको अवस्थामा नैतिकता, निष्ठा, इमानदारिताको खडेरी पर्नु यहाँ नौलो कुरा होइन ।

हाम्रो देशमा राजन्ीतिक दलले उम्मेदवार छनोट गर्ने प्रणाली र अभ्यास अपारदर्शी एवम् स्वेच्छाचारी छ । प्रत्यक्ष निर्वाचन प्रणाली र समाुनपातिक दुवैमा नातावाद, कृपावाद झागिने गरेको छ । विभिन्न अपराधिक गतिविधिमा संलग्न, व्यावसायिक स्वार्थ जोडिएका, ठेक्का पट्टामा संलग्न भएका चुनावमा पैसा खर्च गर्न सक्ने, दललाई चन्दा दिन सक्ने चनवान, नेतृत्वका आसेपासे तर जनताले विलकुल नरुचाएका व्यक्तिलाई उम्मेदवार छनोट गरेको देखिन्छ । दलमा योगदान गरी उच्च छवि बनाएका इमानदार योग्य व्यक्तिलाई निरुत्साहित गर्ने प्रवृति पछिल्लो चरणमा मौलाएको छ । एउटै व्यक्तिलाई पटक–पटक उम्मेदवार मनोयन गर्ने प्रवृति छ । यस्तो प्रवृतिलाई अन्त्य गरीराजनीतिक दलले हाम्रो होइन राम्रो उम्मेदवार छनोट गर्ने परिपाटी बसाल्न नसक्ने हो भने राजनीतिमा देखिने विकृति, विसंगतिलाई रोक्न सकिँदैन । अराजकता मौलाएर जान्छ ।

राजनीति भनेको मुहान हो । मुहान फोहर र दुर्गन्धित भयो भने नदी नै फोहोर हुन्छ । तल जति सफा गरे पनि पानी शुद्ध हुँदैन तसर्थ केन्द्रबाटै शुद्दिकरण सम्भव छ । राजनीतिक दलले योग्य, कुशल, इमानदार नेतृत्व छनोट गर्ने वातावरण बनाउन पनि निर्वाचनमा मतदातालाई उम्मेदवार अस्विकार गर्ने विकल्प अर्थात् नो भोटको अधिकार दिनुपर्दछ । लोकतान्त्रिक व्यवस्थामा यो व्यवस्थाले महत्वपूर्ण अर्थ राख्दछ किनभने नेपाल जस्तो देशमा यसको सान्दर्भिकता अझ बढिरहेको छ । राजनीतिक दलले राम्रो, योग्य क्षम नेतृत्व दिन नसकेको अवस्थामा मतदाताले सबै उम्मेदवारलाई अस्विकार गर्न सक्ने हुँदा दलले स्वच्छ, योग्य र लोकप्रिय उम्मेदवार चयन गर्न बाध्य हुन्छन्, यस्तो व्यवस्थाले लोकतन्त्रलाई अझ बलियो र मजबुत बनाउन मद्दत गर्ने देखिन्छ ।

नोट अर्थात् ‘राइट टुरिजेक्ट’ को व्यवस्था भनेको कसैलाई पनि मत नदिने वा कुनै उम्मेदवारलाई पनि समर्थन छैन ‘नन अफ द एभोव’ भनी मत जाहेर गर्ने कुरालाई स्थान दिई निर्वाचन प्रक्रियामा व्यवस्था गरी उक्त अनुरुप मतपत्रको ढाँचामा समेत समावेश गरी कानुनी एवम् उपयुक्त कुराको व्यवस्था गर्न सर्वोच्च अदालतले निर्देशनात्म आदेश दिएको थियो तर यससम्बन्धी नेपालमा कानुनी व्यवस्था अझै हुन सकेको छैन ।

कुनै पनि उम्मेदवारलाई मत दिन्न भन्ने प्रावधान मतपत्रमा राखेर मतदान गर्ने व्यवस्था गरिनुपर्छ भन्ने आम जनताको माग छ तर यसमा राजनीतिक दल सहमत छैनन् । राम्रो उम्मेदवार चयन भई निर्वाचित भएका जनताको हितमा धेरैभन्दा धेरै काम गर्ने भई समस्त मतदाता एवम् समाज र देश समेत लाभान्वित भई विकास समृद्धिको सपना साकार हुन्छ । अहिले मतदाता चुनावमा भोट हाल्न ज्ञान अनिच्छुव रहेको अवस्था छ । यसो हुनु भनेको जनताले रुचाएको मनोयन नहुनु हो । त्यसर्थ जनआकांक्षालाई सम्बोधन गर्न सक्ने निष्ठावान युवा नेतृत्वको खोजी आजको आवश्यकता हो ।