तुलसीपुरमा ब्रिज इन्टरनेश्नलको शाखा

तुलसीपुर, ११ साउन । दाङको तुलसीपुरमा ब्रिज इन्टरनेशनल दाङ शाखा सञ्चालनमा आएको छ । तुलसीपुरको घ लाइनमा रहेको ब्रिज इन्टरनेशनल दाङ शाखाको उद्घाटन एक कार्यक्रमका विच तुलसीपुर उद्योग वाणिज्य संघका कार्यवहाक अध्यक्ष देवबहादुर केसीले गरेका हुन् ।

विदेशमा उच्च शिक्षा अध्ययनका लागि सहजीकरण गरिरहेको ब्रिजले तुलसीपुरमा पनि सेवा सञ्चालनमा ल्याएको हो । उद्घाटन कार्यक्रममा बोल्दै केसीले विद्यार्थीलाई विदेशमा उच्च शिक्षा अध्ययनमा सहजताका लागि ब्रिजको भूमिका प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

उनले उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीले धेरै कुराको जानकारी नपाउँदा विदेशमा दुःख भोगिरहेको बताउँदै आगामी दिनमा ब्रिज इन्टरनेश्नलले प्रभावकारी भूमिका खेल्ने बताए । उद्घाटन कार्यक्रममा डाइरेक्टर ब्रिटीना गिरीले ब्रिज इन्टरनेश्नलबाट विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीलाई आइल्ट्स लगायत सबै प्रकारका कक्षा निशुल्क हुने बताइन् ।

यस्तै सिइओ रुपेश थापाले विदेशमा जाँदा विद्याथीले भोग्नुपर्ने समस्यालाई मध्यनजर गरी आवश्यक कक्षाहरु संचालन, प्रशिक्षण दिइने बताए । कार्यक्रमको सहजीकरण रिपोटर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीले गरेका थिए । ब्रिज इन्टरनेश्नलको नेपाल र विदेशमा गरी १८ वटा शाखा संचालनमा छन् ।

२०१५ मा स्थापित र नेपाल सरकारद्वारा आधिकारिक रूपमा इजाजतपत्र प्राप्त, ब्रिज इन्टरनेशनल विश्वव्यापी शिक्षा परामर्शदाताको रूपमा विकसित भएको छ, । ब्रिजले हजारौ विद्यार्थीहरूलाई सफलतापूर्वक मार्गदर्शन गरेको छ । क्यारियर परामर्श, परीक्षण तयारीहरू, भर्ना प्रकृया, ऋण र वित्तीय मार्गदर्शन देखि यात्रा डेस्क सहायतालगायतका सेवाहरु प्रवाह गर्ने बताएको छ ।