रक्तदान उत्प्रेरणा कार्यक्रम

तुलसीपुर, ९ साउन । ५९ औं रक्त सञ्चार सेवा स्थापना दिवसका अवसरमा तुलसीपुरमा रक्तदान उत्प्रेरणा कार्यक्रम भएको छ ।

नेपाल रेडक्रस सोसाईटी पवननगर उपशाखा दाङको आयोजना,तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रद्र्धन शाखासँगको सहकार्य र विरेन्द्र माध्यामिक विद्यालय तुलसीपुर–१, भ्युडहर सुनपुरको व्यवस्थापनमा’रक्तदान गरौं आशा दिउँ,हामीसँगै जीवन बचाउँछौँ’भन्ने मुल नाराका साथ ५९ औं रक्त सञ्चार सेवा स्थापना दिवसका अवसरमा रक्तदाता उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाईटी पवन नगर उपशाखाका सभापति देवा डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङका उपमन्त्री एवम् तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रबद्र्धन शाखाका जनस्वास्थ्य अधिकृत बिमल केसीले प्रशिक्षण दिएको थिए । केसीले नेपाल रेडक्रसको ईतिहास,रक्त सञ्चार सेवाको स्थापनाको महत्व,आवश्यकता तथा ईतिहास,रक्तदान गर्दाका फाईदा,रक्तदान गर्न मिल्ने र नमिल्ने अवस्था र रक्त समुहहरु लगायत अन्य विषयमा प्रक्षिण दिएको थिए ।

उक्त कार्यक्रममा बोल्दै विरेन्द्र माध्यामिक विद्यालयका प्रधानाध्यापक टोप बहादुरघर्तीले रक्तदाता उत्प्रेरणा कार्यक्रम पहिलो पटक विद्यालयमा भएको र यस्तो कार्यक्रम निरन्तरताका लागि सुझाव व्यक्त गरेका थिए । विद्यालयको जुनियर रेडक्रस सर्कलका अध्यक्ष कोपिला भुसालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जु।रे।स।शिक्षक नायक मानबहादुर बुढा,शिक्षक लेखनाथ शर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्र सहजीकरण उपशाखाका सदस्य केशरबहादुर ओलीले गरेका थिए । विद्यालयका शिक्षक तथा विद्यालयमा कक्षा १०, ११ र १२ मा अध्ययनरत विद्यार्थीहरु गरी ७५ जनको सहभागीता रहेको थियो । त्यस्तै माध्यामिक विद्यालय तुलसीपुर– ८ अश्वारमा पनि रक्तदाता उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रधानाध्यापक निमकान्त रेग्मी, उपशाखाका सदस्य गौरा न्यौपाने, शिक्षकहरु भिमबहादुर के।सी,खगेन्द्र काफ्ले,स्मृति योगीलगायतले मन्तव्य व्यक्त गरेका थिए । विद्यालयका शिक्षक तथा विद्यालयमा कक्षा १०,११ र १२ मा अध्ययनरत विद्यार्थीहरु गरी ६५ जनको सहभागीता रहेको थियो ।