बालाराम खड्का
तुलसीपुर, ६ साउन । सञ्चार उद्यमी देविप्रसाद धिताल (हेमराज) को हत्या भएको १५ वर्षसम्म पनि हत्यारा पत्ता लाग्न सकेको छैन । तत्कालीन रेडियो तुलसीपुरका अध्यक्ष धितालको २०६७ साल साउन ६ गते तुलसीपुर–अमिलिया सडकखण्डको हेमनगरमा एक हतियारधारी समूहले गोली प्रहार गरी हत्या गरेको थियो । हत्या भएको १५ वर्ष पुग्दासम्म पनि हत्यामा संलग्नका पहिचान हुन सकेको छैन ।
त्या भएको डेढ दशक पुग्दासम्म पनि हत्याराको पहिचान हुन नसकेको भन्दै परिवारका तथा आम नागरिकले चासो र चिन्ता व्यक्त गरेका छन् । हत्याराको पहिचान हुन नसक्नु ‘उनको हत्या किन गरियो’ भन्ने कुरा रहस्यमय बन्दै गएको छ । हत्याराको पहिचान हुनुपर्ने माग भने विभिन्न समयमा उठ्ने गरेको छ । प्रहरी प्रशासनदेखि राज्यका उच्च तहका व्यक्तित्व समक्ष हत्याराको पहिचानसहित कारबाहीको माग गदै ज्ञापनपत्र बुझाउनुका साथै विभिन्न दबाबमूलक कार्यक्रम बर्सेनि हुने गरेका छन् ।
हेमराजको १५औँ स्मृति दिवसका सन्दर्भमा सोमवार तुलसीपुरमा विविध कार्यक्रम गरिएको छ । साउनको महिना अपराह्न पौने ६ बजेतिर उज्यालो, व्यस्त सडकमा गोली प्रहार गर्दै हत्या हुनु तथा खुलेआम हत्यारा सुरक्षित फरार हुनु आम नागरिकको चासोको विषय भएको नागरिक अगुवाहरूले बताएउने गरेका छन् । धितालको हत्या किन र कसले गरेको भन्ने थाह पाउन आम नागरिक पखाइमा रहेक ेविप्रसाद धिताल हेमराज प्रतिष्ठानका अध्यक्ष हरिप्रसाद रजौरियाले बताए ।
प्रतिष्ठानले सोमवार त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिको प्राङ्गणमा स्मृति सभाको आयोजना गरेको थियो । स्मृति सभामा बोल्दै अध्यक्ष रजौरियाले १५ वर्षसम्म घटनाको रहस्य नखुल्नु आश्चर्यजनक भएको उनले बताए । मानव अधिकारकर्मी एवम् पत्रकार सुशील बस्नेतले अनुसन्धानको जिम्मेवारी पाएका अधिकारीले ‘अपराधीको नजिकै पुगेका छौँ’ भन्ने आश्वासन पूर्ण शब्द पनि सुन्न छोडेको धेरै वर्ष बितिसकेको बताए । कार्यक्रममा राप्ती त्रिशिद्धेश्वरी यातायात प्रालिका अध्यक्ष सुरेश हमालले स्व धितालले नेतृत्व गरेका अधिकांश संघसंस्थाले संस्थागत तथा संरचनागत सफलता हासिल गरेको भन्दै उनको प्रशंसा गरेका थिए ।
त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिको प्राङ्गणमा स्थापना गरिएको स्वर्गीय धितालको अर्धकद शालिकमा माल्यार्पण गरिएको थियो । स्वर्गीय धितालकी आमा, श्रीमती, भाइलगायतले माल्यार्पण गरेका थिए । त्यसपछि तुलसीपुरस्थित मानव सेवा आश्रममा आश्रितलाई बिहानको भोजन गराइएको स्वर्गीय धितालका भाइ पुष्कर धितालले जानकारी दिए । यसअघि साउन २ गते रेडियो तुलसीपुरका स्टेसन म्यानेजर
अर्जुन गिरी र पत्रकार गणेश आचार्यले परिवारको तर्फबाट गृहमन्त्री रमेश लेखकलाई भेट गरी स्वर्गीय धिताल हत्याकाण्डको छानबिनलाई तीव्रता दिन आग्रह गर्दै ध्यानाकर्षणपत्र बुझाएका थिए ।