गोरक्ष समाचारदाता
दाङ, ४ साउन । घोराही उपमहानगरपालिका–१७ ढिकपुरमा वृक्षारोपण गरिएको छ । मानवकल्याण तथा वातावरण संरक्षण केन्द्रको आयोजना तथा मनकाडाँडी सामुदायिक वन समूहको सहाकार्यमा शनिवार वृक्षारोपण गरिएको हो ।
मानवकल्याण तथा वातावरण संरक्षण केन्द्रका अध्यक्ष कमल गौतमको अध्यक्षता तथा घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यतामा मनकाडाँडी समुदायिक वन समूहका विभिन्न प्रजातिका तीन सय फलफूलका बिरुवा रोपिएको हो ।
सामुदायिक वनलाई आयआर्जनसँग जोड्दै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले फलपूmलका बिरुवा रोपिएको हो । कार्यक्रममा सल्लाहकार लक्ष्मीमान चौधरी, मनकाडाँडी सामुदायिक वन समूहका अध्यक्ष बुझौना चौधरी, ड्यामका अध्यक्ष किरण चौधरी, टोलका अध्यक्ष भीम चौधरी, गाउँका महटावाँ जग्गुलाल चौधरी, मानवकल्याण तथा वातावरण संरक्षण केन्द्रका आजीवन सदस्य भोला अधिकारीलगायतको सहभागितामा वृक्षारोपण गरिएको थियो ।
केन्द्रका निवर्तमान अध्यक्ष निर्मला गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव माया पोख्रेलले गरेकी थिइन् ।