calander

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031

Goraksha

National Daily

सामाजिक सेवा रोटरी क्लबको उद्देश्य : अध्यक्ष सुवेदी[अन्तर्वार्ता]

रोटरी क्लब एक विशुद्ध सेवामूलक अन्तर्राष्ट्रिय सामाजिक संस्था हो । क्लबले सामाजिक र मानवीय उत्थानका लागि आफ्नो स्वार्थभन्दा माथि उठेर विविध सामाजिक गतिविधि गर्दै आएको छ । क्लबले विगतदेखि नै आफूहरुलाई निस्वार्थ सेवाभावमा समर्पित गर्दै आएको छ । क्लबले विभिन्न संघसंस्थाको समन्वयमा असहाय नागरिकसँगै विपद्मा परेका नागरिक, आर्थिक रुपमा विपन्न परिवारलाई सहयोग र राहत प्रदान गर्नुको साथै विद्यार्थीलाई शैक्षिक सामग्री, स्वास्थ्य शिविर सञ्चालन गरेर नागरिकमा सेवासँगै वातावरण संरक्षण, सरसफाई, वृक्षारोपणलगायतका कार्यहरु गर्दै आएको छ । यी सबै कार्यहरुमा क्लबका सदस्यहरुले खर्च व्यवस्थापन गर्ने गरेका छन् भने कतिपय अवस्थामा विभिन्न निकायसँग समन्वय गरेर सहयोग जुटाउने गर्दै आएको छ । यसै सन्दर्भमा रोटरी क्लब भनेको के हो, क्लबले के–कस्ता कामहरु गरिरहेको छ र आगामी योजनाका बारेमा रोटरी क्लब अफ दाङका अध्यक्ष प्रदीप सुवेदीसँग गोरक्षकर्मी लीलाधर वलीले गरेको कुराकानीको सारसंक्षेप ।

रोटरी क्लब अफ दाङ भनेको कस्तो संस्था हो, तपाई क्लबमा कसरी जोडिनुभयो ?

रोटरी क्लब अफ दाङ सामाजिक संस्था हो । समाजमा विपद्मा परेका, आर्थिक रूपमा कमजोर नागरिकलाई सहयोग गर्दै आएको छ । त्यससँगै शिक्षा, स्वास्थ्यसँगै उद्यमशीलताका क्षेत्रमा समेत सहयोग गर्दै आएको छ । रोटरी क्लबमा लाग्ने सदस्यहरू मिलेर आफुले कमाएको केही प्रतिशत रकम सामाजिक काममा खर्च गर्ने गर्दै आएका छन् । त्यसका साथै समन्वय गरेर केही पैसा समेत जम्मा गर्ने र उक्त पैसा समाजकै हितका लागि खर्च गर्ने सस्थाको उद्देश्य हो ।

साथीभाइका बिचमा भेटघाटसँगै समुदायसँग जोडिएर सामाजिक कार्य गर्नका लागि पल हेरिस भन्ने व्यक्तिले अमेरिकामा संस्था स्थापना गरेका थिए । त्यही संस्था अहिले विश्वभर छरिएर रहेको छ । हामी पनि त्यहीकै एउटा अंग हौँ । यो संस्थाले विश्वमा पोलियो उन्मुलनका लागि अहम भूमिका खेलेको छ ।

त्यससँगै स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको छ । जस्तै मुटु अस्पताल, डाइलासिस सेन्टर, आँखा अस्पताल स्थापना गरेर आर्थिक रूपमा विपन्न नागरिकलाई सहुलियतमा सेवा प्रदान गर्दै आएको छ । यसको उदाहरणका रूपमा लमहीमा रहेको डाइलासिस सेन्टर, बुटवलमा रहेको मुटु अस्पताललाई लिन सकिन्छ ।
दाङमा करिव डेढ दशकअघि रोटरी क्लब अब दाङ स्थापना भएको थियो । स्थापना कालदेखि नै विभिन्न सामाजिक सेवाका कार्यहरू गर्दै आएको छ । मलाई व्यक्ति रूपमा सामाजिक कार्य गर्न मन पर्ने भएको र क्लबको उद्देश्य पनि राम्रो भएकाले आठ वर्षअघि क्लबसँग जोडिएर काम गर्दै आएको छु ।

दाङमा रोटरी क्लब कहिले स्थापना भयो र क्लबको उद्देश्य के रहेको छ ?

रोटरी क्लब अफ दाङ सन २०११ स्थापना भएको हो । स्थापना कालदेखि समाजसँग जोडिएर विभिन्न सामाजिक सहयोगका कार्यसँगै सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । क्लबले विभिन्न संघसंस्थाको समन्वयमा असहायसँगै विपद्मा परेका नागरिक, आर्थिक रूपमा विपन्न परिवारलाई सहयोग र राहत प्रदान गर्नुको साथै विद्यार्थीलाई शैक्षिक सामग्री, स्वास्थ्य शिविर सञ्चालन गरेर नागरिकमा सेवासँगै वातावरण संरक्षण, सरसफाई, वृक्षारोपणलगायतका कार्यहरू गर्दै आएको छ । यसका साथै धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गरेर पर्यटन प्रवद्र्धनको कामसमेत गर्दै आएका छौँ । जिल्लामा रोटरी कलबले एम्बुलेन्स सञ्चालन गरेर आर्थिक रूपमा विपन्न नागरिकलाई सेवा दिने कामसमेत विगतदेखि गर्दै आएका छौँ ।

तपाईको कार्यकालमा रोटरी क्लबले मुख्य गरी के–के काम ग¥यो ?

रोटरी क्लब अब दाङले विगतका वर्षहरू जस्तै यो वर्ष पनि धेरै काम गर्न सफल भएको छ । क्लबको नेतृत्व मैले गरेपछि हाम्रो अगुवाईमा धेरै महत्वपूर्ण सामाजिक कामहरू भएका छन । हाम्रै कार्यकालबाट क्लबको घुम्ती बैठक गरेर पर्यटकीय स्थललाई प्रचारप्रसार गर्ने काम गरेका छौँ ।खासगरी पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्य राखेर पहिलो घुम्ती बैठक बर्दियाको ठाकुरद्वारामा सम्पन्न ग¥यौँ । त्यस्तै विभिन्न सामुदायिक विद्यालयका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छौँ । घोराही उपमहानगरपालिका–१३ मङ्लेरीस्थित विद्यालयका जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छाँै ।

घोराही–७ शुक्रवारस्थित उत्तर बाहिनीमा संस्कृत गुरुकुलमा क्लबको तर्फबाट शौचालय निर्माण गरेर हस्तान्तरण गरेका छौँ । पोलियो उन्मुलनका लागि सरोकारवालाको सहभागीतामा घोराहीमा सचेतनामूलक ¥यालीलगायतका विभिन्न कार्यक्रमहरू यो एक वर्षको अवधिमा आयोजना गरेका छौँ । घोराही–१८ शंखेपिपल शबदाह स्थलमा विश्राम स्थल निर्माण, घोराही–३ मा बालबालिकाहरूका लागि न्यानो कपडा वितरण, सिजन ५ जोनका राउण्ड रोटा क्विज प्रतियोगिता, क्लबद्वारा घोराहीमा मावि स्तरीय हाजिरजवाफ प्रतियोगिता, सामुदायिक बिद्यालयका प्राथमिक तहका शिक्षकहरूका निमित्त आईसिटी तालिम, अम्बे सामुदायिक वन घोराही–१८ मा वृक्षारोपण लगायतका थुप्रै कामहरू हाम्रो अगुवाइमा भएका छन ।

रोटरी क्लब दाङलाई चलायमान बनाउन हामी सफल भएका छौँ । रोटरीले खुला व्यामशाला बनाउने योजना अघि सारेको छ । त्यसमा लागि घोराही उपमहानगरपालिकाबाट जग्गासमेत प्राप्त भयो तर उक्त जग्गा व्यवस्थापन हुन नसक्दा खुल्ला व्यामशाला बनाउन सकेका छैनौँ ।

रोटरी क्लब अफ दाङको अध्यक्ष प्रदीप मजगैया हुँदा व्यामशाला निर्माणका लागि घोराहीमा गाइजात्रा कार्यक्रम गरेर करिब दुई लाख ५० हजार रूपैयाँ समेत बचत गरेका छौँ । रोटरी क्लबको हेड अफिसबाट र क्लबमा आवद्ध अन्य सदस्यहरूबाट समेत सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो तर जग्गाको व्यवस्थापन हुन नसक्दा घोराहीमा खुल्ला व्यामशाला बनाउन सकेका छैनौँ ।

त्यसैसँगै घोराहीमा आँखासम्बन्धी बिरामीलाई सेवा दिने गरी आँखा अस्पताल र घोराहीको शंखेपिपल घाटमा आधुनिक सवदाहगृह समेत स्थापना गर्ने तयारीमा छौँ । आँखा अस्पतालका लागि जग्गाको खोजी गरिरहेका छौँ भने शवदाह गृहका लागि प्रपोचल लेखेर रोटरी क्लबको केन्द्रीय कार्यालयमा पठाएका छौँ । त्यहाँबाट पास हुने अवस्था आयो भने आधुनिक सवदाहगृह निर्माणको कामलाई अघि बढाउने छौँ ।

रोटरी क्लबमा कसरी आबद्ध हुन सकिन्छ ?

रोटरी क्लब अब दाङ सामाजिक संस्था हो । सामाजिक क्षेत्रमा काम गर्ने रुचि भएका नागरिक यस क्लबमा जोडिन सक्नुहुन्छ । त्यसका लागि समाजमा केही गर्छु भन्ने भावना हुन आवश्यक छ । सामाजिक सेवाको भावना भएका इच्छुक नागरिकलाई संस्थाको नियम अनुसार सदस्यता दिन सकिन्छ ।

तपाई आफ्नो कार्यकालको अन्तिममा हुनुहुन्छ, आफ्नो कार्यकाललाई कसरी लिनुहुन्छ ?

हो, म अहिले आफ्नो कार्यकालको अन्तिम चरणमा छँु । म आर्थिक वर्ष २ं०२४÷०२५ का लागि रोटरी क्लब दाङको अध्यक्ष बनेको थिए, आफ्नो उद्देश्य अनुसार सकेजति विभिन्न क्षेत्रसँग समन्वय गरेर काम पनि गरे । क्लबका सम्पूर्ण पदाधिकारी, सदस्यको साथ सहयोगले काम गरेका छौँ ।

आगामी आर्थिक वर्ष २०२५÷०२६ का लागि नयाँ अध्यक्ष रोशन दाहाल अध्यक्ष चयन भइसक्नुभएको छ । अब पद हस्तान्तरण गर्न बाँकी छ । रोटरी क्लब अफ दाङको अध्यक्षको जिम्मेवारी सम्हालेपछि सामाजिक कामलाई प्राथमिकताका साथ अघि बढाएर हामीले काम ग¥याँै । हाम्रो क्लब आफैमा सामाजिक संस्थाको नेतृत्वदायी सस्था हो ।

अन्तिममा केही भन्न मन छ ?

फेरि पनि भन्न चाहान्छु । रोटरी क्लब अफ दाङ सामाजिक काम गर्ने संस्था हो । संस्थाले स्थापना कालदेखि सहयोगी भूमिका खेल्दै आएको छ । खासगरी रोटरीले कोरोना सङ्क्रमणको समयमा पनि विपद्मा परेका नागरिकलाई विभिन्न सहयोग गरेको थियो । अहिले सामाजिक सेवासँगै नागरिकलाई सचेत बनाउनका लागि लागूऔषध, ट्राफिक सचेतनालगायतका कार्यक्रम गर्दै आएका छौँ ।

जुन हामीले गर्ने कार्यक्रम मिडियाबाट पनि सार्वजनिक भइरहेका हुन्छन् । हाम्रो कार्यकाललाई सफल बनाउनका लागि सहयोग गर्ने सम्पूर्ण कार्यसमिति परिवार, कलबका पूर्व अध्यक्षहरू, नागरिक समाज, बुद्धिजीवी, सञ्चारकर्मीलगायत सम्पूर्ण शुभेच्छुक, साथीभाइलगायत सहयोगीलाई व्यक्तिगत र संस्थागत तर्फबाट धेरै–धेरै धन्यवाद दिन चाहान्छु ।