एसइईमा ४ जिपिए प्राप्त गर्ने विद्यार्थीलाई नेविसंघले ग¥यो सम्मान

दाङ, २७ असार । नेपाल विद्यार्थी संघ दाङले एसइई परीक्षामा उच्कृष्ठ ४ जिपिए प्राप्त गर्ने विद्यार्थीलाई सम्मान गरेको छ । शुक्रवार घोराहीमा कार्यक्रमको आयोजना गरेर नेपाल विद्यार्थी संघले दाङ जिल्लाबाट माध्यमिक शिक्षा परीक्षा २०८१ मा सहभागी भई उत्कृष्ट ४ जिपिए प्राप्त गर्ने विद्यार्थीलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा आदर्श माध्यमिक विद्यालय लालमटियाका सन्दिप गिरी र गुरुजजुर माध्यामिक विद्यालय रक्षाचौरका टोपबहादुर पुनले, पब्लिक ज्ञानज्योति तुलसीपुरका सविन भुषाल, समिर केसी, भविष्य थापा, पवन डाँगी, भावना पोख्रेल र अन्जली घर्ती, गोर्खा सेकेन्डरी स्कुल तुलसीपुरका भुमा खड्का, शिशिर सुनार र दिपक क्षेत्री, जनज्योति विद्यामन्दिर घोराहीका सक्षम अधिकारी, निरुता खनाल र लोमस वली, बाल साहारा इङ्लिस स्कुल तुलसीपुरका हरिकला घर्तीमगर, साधना अधिकारी र शिखा विक, माउन्टभ्यु इङ्लिस बोर्डिङ स्कुल घोराहीका सलिना पौडेल र सिद्धान्त अधिकारी, गोर्खा सेकेन्डरी स्कुल लमहीका मिलन खनाल रहेका छन् ।

त्यसैगरी सनलाइट मोर्डन सेकेन्डरी स्कुल लमहीका जेसिका शर्मा, सिद्धार्थ एकेडेमी घोराहीका हिमानी शर्मा, दीपशिखा सेकेन्डरी स्कुल घोराहीका श्रीगेश गिरी, आइडियल इङ्लिस बोर्डिङ स्कुल तुलसीपुरका महिम चौधरी, पब्लिक एजुकेसन एकेडेमी राप्तीका आशिका पौडेल, पिपुल्सल्यान्ड सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुल हापुरेका रितु पौडेल र अमृत एकेडेमी विजौरीका अञ्जली घर्ती मगरले रहेका छन् ।

नेविसंघ दाङका अध्यक्ष कुलराज पोख्रेलको अध्यक्षता तथा नेपाली काङ्ग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस दाङका उपसभापति गिरीराज सुबेदी, नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर २ का सभापति भीमप्रकाश खड्का, नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष बिपुल पोख्रेल, नेविसंघका केन्द्रीय सदस्य निरज गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सम्मानित विद्यार्थीहरुको तर्फबाट माउन्ट भ्यु इङ्लिस बोर्डिङ स्कुलका छात्रा सलिना पौडेलले मन्तव्य राखेकी थिइन् । नेविसंघ दाङका सदस्य गुरु गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नेविसंघ दाङका सदस्य अर्जुन भट्टराईले गरेका थिए ।