काठमाडौं, २४ वैशाख । सरकारले थप दश दिन लकडाउन लम्व्याउने निर्णय गरेको छ । भेली २५ गतेसम्मका लागि घोषित लकडाउन अब जेठ ५ गतेसम्म निरन्तर चल्ने मन्त्रीपरिषद्को बुधबारको बैठकले निर्णय गरेको हो ।
मंगलबार बसेको कोभिड(१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकमा जोखिमका आधारमा ७७ जिल्लालाई रातो, पहेँलो र हरियो क्षेत्रमा विभाजन गर्ने र त्यसअनुसार लकडाउन कडा वा खुकुलो बनाउने प्रस्ताव पेश गरेको थियो ।
तर प्रधानमन्त्री केपी शर्मा त्यसमा सहमत भएनन् । भारतमा संक्रमणको अवस्था जोखिमपूर्ण देखिएको छ । त्यसको असर नेपालमा पनि पर्ने र नेपालमा टेस्ट पनि कम भएको उनको भनाइ थियो ।