राप्ती आर्युवेद चिकित्सालय तुलसीपुरलाई युरोगार्ड प्रदान

गोरक्ष समाचारदाता
तुलसीपुर, २३ असार । राधा माधवा समिति तुलसीपुरले राप्ती आर्युवेद चिकित्सालय तुलसीपुरलाई युरोगार्ड प्रदान गरेको छ । एक कार्यक्रमको आयोजना गरी समितिले आइतवार अस्पतालका प्रमुख डा. मदनकुमार बिसीलाई पानी सुद्धीकरणका लागि आवश्यक पर्ने युरोगार्ड हस्तान्तरण गरेको हो ।

अस्पतालमा उपचारका लागि आउने बिरामीलाई सुद्ध पानीको सहज उपलब्धताका लागि युरोगार्ड उपलब्ध गराइएको समितिले जानकारी दिएको छ । समितिका अध्यक्ष दिनेश डाँगीको अध्यक्षतामा भएको हस्तारण कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी टीकाराम रेग्मीले आध्यात्मिक जागरणसँगै मानवीय सेवामासमेत राधा माधवा समितिको उल्लेखनीय योगदान रहेको बताउँदै प्रशंसा गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत, अस्पतालका बरिष्ठ कविराज निरीक्षक डा. कैलाश न्यौपाने, राधा शर्मालगायतले मन्तव्य व्यक्त गरेका थिए । तुलसीपुर– दोघरेमा रहेको आयुर्वेद अस्पतालमा दैनिक एक सय बढी विभिन्न समस्याका बिरामी उपचार सेवा लिन आउने गरेको अस्पतालले जानकारी दिएको छ ।