calander

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Goraksha

National Daily

गढवामा किसानलाई कृषि औजार हस्तान्तरण

आलोक भावुक
गढवा, १९ असार । गढवामा किसानलाई कृषि औजार हस्तान्तरण गरिएको छ । गढवा गाउँपालिका–६ स्थित कन्दरादेवी पशुपंक्षी कृषक समूह र लालीगुराँस पशुपंक्षी पालन कृषक समूह मनिकापुरका किसानलाई उन्नत जातका विउ बोका तथा मेसिनरी औजार वितरण गरिएको हो ।

गढवा गाउँपालिका पशु विकास शाखाको आर्थिक वर्ष २०८१÷०८२ को स्वीकृत बाख्रा प्रवद्र्धन कार्यक्रमअन्तर्गत ७५ प्रतिशत अनुदानमा नश्ल सुधारका लागि ११ जना किसानलाई उन्नत जातका बोका वितरण गरिएको हो । कृषि विकास शाखाको सोही कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदान सहयोगमा बाख्रापालन प्रवद्र्धन सहज हुने उद्देश्यले समूहका सदस्यहरूलाई दाना पिस्ने मेसिन दुई थान र च्याप कटर तीन थान वितरण गरिएको छ ।

लुम्बिनी प्रदेश सरकारबाट हस्तान्तरण भई सशर्त अनुदानमा सञ्चालनमा आएको कार्यक्रमअन्तर्गत गढवा वडा नं. ६, मनिकापुरमा रहेको लालीगुराँस पशुपंक्षी पालन कृषक समूहका किसानहरूलाई च्याप कटर एक थान, उन्नत जातको बोका आठवटा (ढुवानी सहित), दाना पिस्ने मेसिन चार थान र घाँस खेतीका लागि मिनी टिलर दुई थान वितरण गरिएको छ । वितरण कार्यक्रममा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले लालीगुराँस समूहकी अध्यक्ष रूपा गिरीलाई उन्नत जातका बीउ बोका र कृषि सामग्रीहरू हस्तान्तरण गरेका थिए । उनले ाख्रापालन व्यवसायलाई आधुनिक बनाउँदै कृषकहरूलाई आत्मनिर्भर बनाउन औजारसहित उन्नत जातका बोका वितरण गरिएको हो ।

कार्यक्रममा गढवा गाउँपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखाका प्रमुख अनन्तराज रेग्मीले कृषकहरूले आफैंले छनोट गरेका सामग्री तथा बीउ बोका खरिद गरी वितरण गरिएको बताए । उनका अनुसार बीउ बोका ७५ प्रतिशत अनुदानमा र मेसिनरी औजारहरू ५० प्रतिशत अनुदानमा कृषकहरूलाई उपलब्ध गराइएको हो । कार्यक्रममा गढवा वडा नं. ६ का अध्यक्ष वीरबहादुर आले मगर, पशुपंक्षी शाखाका अधिकृत खेमबहादुर चौधरी, वडा सदस्य गोविन्द रोकामगर, वडा नं. ६ का इन्जिनियर यसोबर्धन मिश्र, हेफर प्रोजेक्ट नेपालका कार्यकारी अधिकृत महेशकुमार आचार्य, आइएल भिसीका संयोजक हिमाल खड्कालगायतको उपस्थिति रहेको थियो।