Goraksha

National Daily

सहिद पार्कमा बृक्षारोपण तथा झाडी सफाई

प्रकाश चौधरी

घोराही, १९ असार । सहिद स्मृति पर्यटकिय पार्क घोराही–१७ बर्गदीमा विहिवार बृक्षारोपण तथा झाडी सफाई गरिएको छ ।

द्वन्दपीडित सन्जाल दाङका अध्यक्ष प्रकाश चौधरीको अध्यक्षता एवं नेपाल वार एसोशियसन जिल्ला वार इकाई अध्यक्ष अधिवक्ता गोमा महराको प्रमुख आतिथ्यमा उक्त बृक्षारोपण कार्यक्रम भएको थियो ।

अम्विकेश्वरी सब डिभिजन कार्यालय घोराहीले गुल्मोहर, मसला, टिक, अमला, किरिस लगायतका बिरुवा उपलब्ध गराएको थियोे । कार्यक्रममा सहिद परिवार तथा माओवादी केन्द्र घोराहीका सहसचिव रेमन्ता पुन चौधरीले आपका विरुवा आफैले लिएर रोप्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि अधिवक्ता गोमा महराले सहिदहरु राष्ट्रका साझा व्यक्ति भएको भन्दै सहिदको सम्झानामा पार्क निर्माण गरेर सम्झिने काम भएको बताइन । अहिले पार्कको संरक्षण र विकासको अभाव रहेको भन्दै साझा सम्पतीको संरक्षणमा सवै लाग्नुपर्ने बताइन ।

सहिद सोङरा चौधरीको श्रीमति पुन्या चौधरीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा सहिद प्रसादुका छोरा छल्लु चौधरीले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए । २०५८ साल मङ्सिर १३ गते तत्कालीन राज्यको शाही सेनाले हत्या गरेका निर्दोष ११ जना किसानहरुको सम्झनामा बृक्षारोपण गरिएको थियोे ।।।