Goraksha

National Daily

एबीसी एकेडेमीमा बालगीत सार्वजनिक

गोरक्ष समाचारदाता
घोराही–१५ भरतपुरमा रहेको एबीसी एकेडेमीले गौतम बुद्धको मुल्य गित तयार पारेर भिडियो सार्वजनिक गरेको छ । एकेडेमीका अध्यक्ष गोविन्दप्रसाद न्यौपानेको अध्यक्षतामा विहीवार विद्यालयमा एक कार्यक्रम गरी बुद्धको सन्देशलाई फैलाउँदै बालबालिकामा असल संस्कारको विकास गर्न सघाउने उद्देश्यसहित तयार पारिएको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

उक्त म्युजिक भिडियोमा एबीसी एकेडेमीमा अध्ययनरत बालबालिकाहरुले गीत गाउनेदेखि अभिनय गरेका छन् । बाल गितका रुपमा तयार पारिएको म्युजिक भिडियो ओएसआर डिजिटलमार्फत युट्युब प्लेटफर्ममा सार्वजनिक भएको छ । गुड भोईस रेकर्डिङ स्टुडियो लमहीमा रेकर्डिङ गरिएको गितको संगित संयोजन प्रज्ञा रेकर्डिङ स्टुडियो काठमाडौमा गरिएको गितका सर्जक तथा संगितकार सुशील कुमाार गुप्ताले जानकारी दिएका छन् । उक्त गितमा विद्यालयमा कक्षा २ मा अध्ययनरत छात्राहरु भवानी बिष्ट, असिस्मा गौतमले स्वर भरेका छन् भने कोरसमा शिक्षा पोख्रेल, रोेजलिन्स दाहाल, एलिना बुढाथोकीले साथ दिएका छन् ।

गितमार्फत बालबालिकाहरुको क्षमता उजार गर्दै पहिचान जगाउने प्रयास स्वरुप घोराहीमा पहिलो पटक यस प्रकारको कामको थालनी गरिएको विद्यालयकी प्रिन्सिपल ममता वली केसीले बताए । पूर्ण शिक्षाका लागि सैद्धान्तिकसँगै व्यवहारिक अभ्यासमा केन्द्रित रहेको एबीसी एकेडेमीले बालबालिकाको प्रतिभा प्रस्फुटन गर्न रुचि अनुसारको शिक्षा दिँदै आएको बताए । बालबालिकाहरुलाई सैद्धान्तिक कक्षासँगै अभिनय, कला, संगीत, वाद्यवादन, खेलकुदका क्षेत्रमा पनि लाग्न प्रेरित गर्ने काम भएको उनले बताए । कक्षा पाँचसम्म पठनपाठन हुने एबीसी एकेडेमीले बालबालिकाहरुमा चरित्र, व्यवहार, संस्कारसँगै असल नागरिक निर्माण गर्ने गरी शिक्षा दिने काम हुँदै आएको एकेडेमीका अध्यक्ष न्यौपानेले बताएका छन् ।