मेरो खुशी : रुकुममा पहिलो पटक ल्याव सेवा हुँदा …

मिलनसार सधै खुसीका साथ कर्ममा विश्वास गर्ने तुलसीपुर–८ निवासी चिरञ्जीवी ढकालले भने आफ्नो पहिलो खुसी रुकुमको मग्मामा ल्याव सेवा प्रवाह गर्दा भएको सुनाए ।

मेडिकल ल्यावरोटरी एशोसियसन अफ नेपाल दाङका कोषाध्यक्ष समेत रहेका ढकालले आफूले ल्याव पढेर आएपछि रुकुमको बाँफिकोटको मग्माका पुगेर त्यहाँको जनतालाई ल्याव सेवा प्रवाह गर्दा आफू निकै खुसी भएको सुनाए ।

‘जीवन संघर्ष हो दुःख पछि सुख हुन्छ पहिले नै मानिसलाई सुख र खुसी कहाँ प्राप्त हुन्छ, मैले पनि धेरै संघर्ष गरे’ ढकालले भने । ढकालले पाल्पामा ल्याव पढ्नका लागि परीक्षा दिएको र त्यतिबेला आफ्नो नाम निकल्दा पनि निकै खुसी भएको सुनाए ।

‘मैले पाल्पाबाट ल्याव असिष्टेन्ट पढेर आएपछि पहिलो पटक त्यहाँ गएर व्यवसाय सञ्चालन गरे सहायत त्यो क्षेत्रमा मैले पहिलो पटक सेवा दिएको थिए’ ढकालले भने । उनले २०६७ सालमा पाल्पाबाट ल्याव असिष्टेष्ट पास गरेर त्यहाँ गएर सेवा दिएको बताए ।

एसएलसी पढिसकेपछि के विषय पढ्ने भनेर अलमलमा परेका ढकालले आफ्नो साइली दिदिले ल्याव पढ्ने भनेपछि स्वास्थ्य क्षेत्रमा लागेको बताउँदै आफू नेपालमै त्यो पनि आफू जन्मेको ठाउँमा जनतालाई सेवा गर्न पाएकोमा खुसी व्यक्त गरे ।

‘अरूले एसएलसी पास गरेपछि विदेश ताक्छन् तर मैले आफ्नै देशमा केही गर्नुपर्छ भनेर स्वास्थ्य क्षेत्र रोजे म यसैमा खुसी छु’ ढकालले भने । उनले रुकुममा सेवा प्रवाह गर्दा दाङदेखि रुकुम यात्रामा ठुलो दुर्घटनाबाट आफू बाच्न सफल भएकोमा पनि खुसी व्यक्त गरे ।

‘२०६८ सालमा हामीहरू दाङदेखि रुकुम जादै गर्दा रुकुमको डाँगी मोडमा बस दुर्घटनामा परेका थियो त्यसमा म बाच्न सफल भए त्यो पनि मेरो खुसीको कुरा हो’ ढकालले भने । उनले उक्त दुर्घटनामा ८ जनाको ज्यान गएको सम्झिए ।

उनले रुकुममा २ वर्ष ल्याव सेवा दिएपछि तुलसीपुरमा मासिक पाँच हजारमा जागिर गरेको पनि सम्झिए । ‘मैले रुकुमबाट दाङ आएर मासिक पाँच हजारबाट जागिर गरेको थिए त्यो मासिक पाँच हजारमा सेवा गर्न पाएकोमा पनि खुसी छु’ ढकालले भने ।

त्यस्तै ढकालले त्यस पछि दाङको तत्कालीन उपक्षेत्रीय अस्पतालमा ल्याव २०७० सालमा ल्याव असिष्टेन्टमा जागिर पाएको भन्दै खुसी व्यक्त गरे । ‘अहिलेका राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठमान जागिर पाएको दिन पनि म निकै खुसी भएको थिए’ ढकालले भने ।

उनले त्यससँगै कोभिडको माहामारिमा आफ्नो ज्यान जोखिमा राखेर सेवा गरेको बताए । ‘कोभिडको समयमा मैले आफूलाई कोभिड लागे पनि आफ्नो जिम्मेवारी र कर्तव्य निभाएन हजारौँलाई सेवा गरे त्यसमा पनि म खुसी छु’ ढकालले भने । उनले त्यतिबेला हजारौँको स्वाव सङ्कलन तथा सेवा गरेको बताए ।

त्यस्तै उनले विभिन्न क्षेत्रमा ल्याव सेवा प्रवाह गर्न पाएकोमा पनि खुसी व्यक्त गरे । उनले मध्यपश्चिमै पहिलो पटक ‘वी’ लेवलको ल्याव सेवा साथीहरू मिलेर तुलसीपुरमा सञ्चालन गरेको समेत बताए । ‘हामीहरू मिलेर तुलसीपुरमा पहिलो पटक तत्कालीन मध्यपश्चिम क्षेत्रमै पहिलो पटक सुविधा सम्पन्न ल्यावसेवा दिने संस्था खोलेका छौँ, त्यसमा पनि मलाई खुसी लाग्छ’ ढकालले भने ।

उनले आफूहरू मध्यमवर्गीय परिवारमा हुर्र्केको र बुवाआमा तथा दिदिहरूले आफूलाई पढाई लेखाई गरेर यहाँसम्म ल्याएकोमा पनि खुसी व्यक्त गरे ।

त्यस्तै उनले संस्थामार्फत् जाजरकोटको भूकम्पमा परेकाहरूलाई सर्जिकल सामग्रीहरू वितरण गर्न पाएकोमा पनि खुसी व्यक्त गरे । ‘म समाज सेवा गर्न पाउँदा निकै खुसी छु जागिरसँगै मैले धेरैलाई हाम्रो संस्थाबाट सेवा दिन पाएका छाँै वृद्धवृद्धा अशक्तहरूलाई निःशुल्क शिविर गरी उहाँहरूको चेकजाँच गर्न पाएकोमा पनि आफूलाई भाग्यमानि सम्झन्छु’ ढकालले भने ।

ढकालले आफूले काम गर्ने संस्था राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठानमा पछिल्लो समय भएको उत्तरोन्नतिमा पनि आफू खुसी भएको बताए । ‘त्यो संस्थामा मेरो पनि मेहनत छ, अहिले एमवीवीस पढाई दाङमा हुन्छ त्यसको प्रगति उन्नति भएको देख्दा झनै खुसी लाग्छ’ ढकालले भने । ढकालले अहिले हजाराँै नेपालीहरू विदेशिने गरेको भन्दै नेपालमै कर्म गरे सुख मिल्ने बताए ।

‘म नेपाल नेपालीलाई सेवा गर्न पाएको छु, यही संघर्ष गरे सफलता हासिल गर्न सकिन्छ म यही पेसा र व्यवसायमा खुसी छु’ ढकालले भने । उनले अन्य व्यक्तिलाई पनि नेपालमै सेवा गर्न आग्रह समेत गरे । ‘जे छ त्यसैमा रमाउन सिके खुसी मिल्छ धनदौलतले खुसी क्षणिक मिल्छ’ ढकालले भने ।

प्रस्तुती : बालाराम खड्का