अमरराज आचार्य
दाङ, १७ असार । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्ष २०८१÷०८२ को नौ महिनामा ० किलोमिटर कालोपत्रे भएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ८० किलोमिटर कालोपत्रे भएको हो । लुम्बिनी प्रदेशको आर्थिक सर्वेक्षण २०१÷०८२ ले यस्तो अवस्था देखाएको हो । प्रदेश सरकार अन्तर्गत यो मात्रामा सडक कालोपत्रे भएको हो ।
सर्वेक्षणको प्रतिवेदन अनुसार यस अवधिमा ७२ किलोमिटर ग्राभेल भएको छ भने कच्ची सडक एक सय ७२ किलोमिटर निर्माण भएको छ । चैत मसान्तसम्म कालोपत्रे, ग्राभेल र कच्ची सडक गरेर तीन सय २४ किलोमिटर सडक निर्माण भएको छ । प्रदेशमा आर्थिक वर्ष २०७७÷०७८ मा एक सय ९४ किलोमिटर कालोपत्रे, दुई सय ७० किलोमिटर ग्राभेल र चार सय १५ किलोमिटर कच्ची सडक गरी आठ सय ९ किलोमिटर सडक निर्माण भएको छ ।
आर्थिक बर्ष २०७८÷०७९ मा दुई सय दुई किलोमिटर कालोपत्रे, दुई सय ६५ किलोमिटर ग्राभेल र तीन सय ९६ किलोमिटर कच्ची सडक निर्माण गरी जम्मा आठ सय ६६ किलोमिटर सडक निर्माण भएको छ । आर्थिक वर्ष २०७९÷०० मा दुई सय ३१ किलोमिटर कालोपत्रे, तीन सय ३४ किलोमिटर ग्राभेल र दुई सय ७६ किलोमिटर गरी आठ समय ४१ किलोमिटर सडक निर्माण भएको प्रदेश आर्थिक सर्वेक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ । आर्थिक वर्ष २०८०÷०८१ मा एक सय ५० किलोमिटर कालोपत्रे, दुई सय १० किलोमिटर ग्राभेल र दुई सय ४९ कच्ची सडक निर्माण गरी छ सय नौ किलोमिटर सडक निर्माण भएको थियो ।
२५ वटा मोटरेवल पुल निर्माण
लुम्बिनी प्रदेशमा आर्थिक वर्ष ०८१÷०८२ को चैत मसान्तसम्म २५ वटा मोटरेवल पुल र आठ वटा झोलुङग्रे पुल गरी जम्मा ३३ वटा पुल निर्माण भएका छन् । आर्थिक वर्ष ०७७÷०७८ मा १७ वटा मोटरेवल पुल र सात वटा झोलुङग्रे पुल गरी जम्मा २४ वटा पुल निर्माण भएका थिए ।
आर्थिक वर्ष ०७८÷०७९ मा ४० वटा मोटरेवल पुल र ११ वटा झोलुङगे्र पुल गरी जम्मा ५१ वटा पुल निर्माण गरिएको थियो । आर्थिक वर्षमा ०७९÷०८० मा २९ वटा मोटरेलव र १० वटा झोलुङग्रे पुल गरी ३९ वटा पुल निर्माण भएका थियो । यसैगरी आर्थिक वर्षमा ०८०÷०८१ मा ३९ वटा मोटरेवल र १७ वटा झोलुङ्ग्रे पुल गरी ५६ वटा पुल निर्माण भएका थिए ।
प्रदेश सरकारले चालु आर्थिक वर्ष ०८१÷०८२ मा भौतिक पूर्वाधार विनियोजित बजेटमध्ये २४ दशमलव ९ प्रतिशत सडक तथा पुल निर्माणका लागि गरिएको थियो । आर्थिक वर्ष ०७७÷०७८ मा १८ दशमलव ३९ प्रतिशत विनियोजन गरिएको थियो । आर्थिक वर्ष ०७८÷०७९ मा १८ दशमलव १५ प्रतिशत, आर्थिक वर्ष ०७९÷०८० मा १९ दशमलव ६७ प्रतिशत, आर्थिक वर्ष ०८०÷०८१ मा २० दशमलव ९५ प्रतिशत बजेट विनियोजन गरिएको थियो