बंगलाचुलीको सामुदायिक विद्यालयको एसईई नतिजामा सुधार, महेन्द्र मावि उत्कृष्ट

कमिरेचौर १४ असार । बंगलाचुली गाउँपालिकाका सामुदायिक विद्यालयहरूले एसईईको नतिजामा उत्साहजनक प्रदर्शन गरेका छन्। राष्ट्रिय परीक्षा बोर्डले हिजो सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा एसईई २०८१ को प्रकाशित नतिजाले गाउँपालिकाको समग्र शैक्षिक अवस्था सुधारोन्मुख रहेको संकेत गरेको छ।

गाउँपालिकाभित्रका ६ वटा सामुदायिक विद्यालयबाट परीक्षामा सहभागी भएका कुल २७० जना विद्यार्थीमध्ये ८४ जना उतिर्ण भएका छन्। महेन्द्र माध्यमिक विद्यालय, श्रीवारीले सबैभन्दा उत्कृष्ट नतिजा ल्याएको छ। उक्त विद्यालयबाट सहभागी ४१ जना विद्यार्थीमध्ये २८ जना उतिर्ण भई ६८ प्रतिशतको सफलता हासिल गरेको छ । सुधा मा।वि। झेलनेटाबाट ७३ विद्यार्थीमध्ये ३२ जना अर्थात ४३।८८५ विद्यार्थी उत्तिर्ण हुन सफल भएका छन् ।

त्यस्तै सरस्वती मावि जवरकोटबाट ३५ विद्यार्थीमध्ये ९ जना, खड्ग मन्दिर मावि हाँसीपुरबाट २७ विद्यार्थीमध्ये ६ जना,मावि भेडावारी, मुलावारीबाट ४० विद्यार्थीमध्ये ४ जना र महेन्द्र मावि स्युजामा ५० विद्यार्थीमध्ये ५ जना विद्यार्थी उत्तिर्ण भएका छन् ।

यस वर्षको एइइ परीक्षामा बंगलाचुली गाउँपालिकाबाट माध्यमिक विद्यालय, भेडावारी, मुलावारीका छात्र विरेन्द्र गाहाले ३।६१ जिपिए ल्याएर उत्कृष्ट नतिजा हासिल गर्नुभएको बंगलाचुली गाउँपालिका शिक्षा शाखा प्रमुख ओम प्रकाश केसीले जानकारी दिएका छन् । यसैविच गाउँपालिकाको एसइइ शैक्षिक नतिजाबारे बोल्दै बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुल्सीराम पुनमगरले यो नतिजाले आफूलाई उत्साहित बनाएको बताइका छन् ।

अध्यक्ष पुनमगरले यस वर्षको नतिजाले बंगलाचुली गाउँपालिकाको सामुदायिक विद्यालयका शिक्षामा नयाँ आशा र विश्वास जगाएको समेत बताउनुभयो । स्थानीय सरकार, विद्यालय प्रशासन, शिक्षक र अभिभावकहरूको संयुक्त प्रयासले भविष्यमा अझै राम्रो परिणाम ल्याउन सकिने समेत बताए ।