पौडेल नेतृत्वको प्रजातान्त्रिक उद्यमी संघ आधिकारिक : कांग्रेस दाङ

दाङ, ११ असार । प्रजातान्त्रिक उद्यमी संघ दाङको अध्यक्ष तेजबहादुर पौडेल विश्व रहेको नेपाली कांग्रेस दाङले जनाएको छ ।
नेपाली कांग्रेस दाङको शुभेच्छुक संस्थाका रुपमा रहेको प्रजातान्त्रिक उद्यमी संघको २०८२ असार ७ गते जिल्ला अधिवेशन सन्दर्भमा विवाद भएको घट्नाप्रति नेपाली कांग्रेस दाङको आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।

नेपाली कांग्रेस दाङका उपसभापति एवं भातृ संघ तथा शुभेच्छुक सस्था निर्वाचन सहजीकरण प्रतिनिधि गिरीराज सुबेदीद्वारा मगंलबार जारी गरेको प्रेस विज्ञप्तिमा तेजबहादुर पौडेल नेतृत्वमा निर्वाचित समितिनै आधिकारिक रहेको उल्लेख गरिएको छ । अधिवेशनको विधि र प्रक्रिया पूरा गरी निर्वाचित पौडेल नेतृत्वको टिम आधिकारिक भएको भन्दै कसैलाई पनि भ्रममा नपर्न नेपाली कांग्रेस दाङले आग्रह गरेको छ ।

पौडेल नेतृत्वको प्रजातान्त्रिक उद्यमी संघको उद्योग उपाध्यक्षमा पदम नेपाली, बाणिज्य उपाध्यक्षमा लीलाराम खड्का, महासचिवमा युवराज पोख्रेल, सचिवमा स्थानेश्वर बुढा, कोषाध्यक्षमा विष्णु रिजाल निर्वाचित भएका छन् ।सदस्यहरु मुक्तिराम खनाल, सुनिल गुप्ता, रामवीर चौधरी, शिवबहादुर डाँगी, केशव डीसी, निराजन श्रेष्ठ, निमबहादुर भण्डारी र बिन्दु पाण्डे रहेका छन् ।