किताब किन पढ्ने अभियानको तेस्रो शृङ्खला

दाङ, ९ असार । अध्ययन मञ्च दाङले सञ्चालन गरिरहेको किताब किन पढ्ने अभियानको तेस्रो शृङ्खला विहिबार घोराहीमा सम्पन्न भएको छ ।

मदन भण्डारी मेमोरियल स्कुलका कक्षा नौ र दशका विद्यार्थी माझ कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि एवं स्वतन्त्रता प्रेस सेनानी सुशील गौतमले विद्यार्थी माझ सम्बोधन गर्दै भने,‘सानै देखि पढ्ने बानीको विकास गर्न जरुरी छ । पुस्तक पढ्ने कामलाई बानीका रुपमा विकास गर्न जरुरी छ । दाङकै सबैभन्दा पुुरानो सर्बाेदय पुस्तकालयमा पनि तपाईंहरु आउनुस् । थुप्रै किताबहरु छन् । यसको उपयोग गर्नुस् ।’

समाजमा पुस्तक पढ्ने अभियान संचालन गर्न र सभ्य समाजको निर्माणमा योगदान गर्न यस्तो कार्यक्रम आयोजना गरिएको अध्ययन मञ्च दाङका संयोजक सूर्य बिसीले बताए । पुस्तक किन पढ्ने अभियानको तेस्रो शृङ्खलामा संयोजक बिसीको विशेष प्रस्तुति रहेको थियो । कार्यक्रम करिव सत्तरी विद्यार्थी, शिक्षकको उपस्थिति थियो । कार्यक्रमको सहजीकरण मदन भण्डारी मेमोरियल स्कुलका प्रधानाध्यापक बिमल भण्डारीले गरेका थिए ।