देवी भण्डारी
बबई,२३ बैशाख । बबई गाउपालिकामा–५ जनाको आरडिटी र एक जनाको पिसिआर परिक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको छ ।
बबई गाउपालिकाद्धारा सञ्चालन गरिएको क्वारेन्टाइनमा रहेका ५ जनाको आरडिटी परिक्षण भएको थियो । उनीहरु मध्य सबैको रिर्पोट नेगेटिभ आएको बबई गाउपालिकाका हेल्थ असिष्टेन्ट शरदराज गिरीले जानकारी दिएका छन । माध्यामिक विद्यालय पदमपुरमा बनाईएको क्वारेनटाईनमा रहेका ५ जनालाई जाच पछि मंगलवार घर पठाइएको छ ।
साथै बबई गाउपालिमा वडा नं ४ गैरीगाउका अर्का एक व्यक्तिको पिसिआर मेसिनबाट परिक्षण गरिएकोमा उनको पनि रिपोर्ट नेगेटिभ आएको गिरीले बताए । ती व्यक्तिको पिसिआर परिक्षण भरतपुर अस्पताल चितवनमा गरिएको थियो । अव बबई गाउँपालिकाको क्वारेनटाईनमा ५ जना रहेको छन् ।