नवराज खत्री
दाङ, ९ असार । प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष विरेन्द्र चन्दले विद्यार्थीले आफ्नो अन्तर्निहित क्षमता पहिचान गर्न सक्नुपर्ने बताएका थिए । एपेक्स कम्प्युटर घोराहीद्वारा व्रिज कोर्षका विद्यार्थीको विदाई कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका चन्दले विद्यार्थी हचुवा तवरले हुलहुज्जतका पछि लाग्न नहुने बताए । उनले भविष्यको जग वर्तमानमै बसाल्न विद्यार्थीलाई आग्रह गरे । एपेक्स कम्प्युटरका सञ्चालक धर्मबहादुर केसीको अध्यक्षतामा भएको विदाई कार्यक्रममा विद्यार्थीले गीत, नृत्य, कवितालगायतका सांस्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए ।
शिक्षक नवराज खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा मेचीकाली आवासीय माविका प्रिन्सिपल चक्र हादुर रावत, प्लस टु संयोजक विष्णुप्रसाद अधिकारीलगायतले विदाई मन्तव्य राखेका थिए । मेचीकाली आमावि रतनपुरको प्रांगणमा भएको विदाई कार्यक्रमको सहजीकरण विद्यार्थी मिरा महरा र मेलिना बुढा मगरले गरेका थिए ।
विगत बाइस वर्षदेखि लोकसेवा आयोग, शिक्षक सेवा आयोग, व्रिज कोर्ष, स्टाफ नर्स, कम्प्युटर तालिम लगायतका कक्षा सञ्चालन गर्दै आएको एपेक्स कम्प्युटरले राज्यका विभिन्न तह र निकायका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनसँगै शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको छ ।