अमरराज आचार्य
दाङ, ५ असार । मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रले ३४औँ स्थापना दिवस मनाएको छ । केन्द्रले स्थापना दिवसको अवसरमा प्लास्टिक प्रदुषण न्यूनीकरणमा हाम्रो भूमिका विषय अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा बोल्ने वक्ताले प्लास्टिक प्रदुषण न्यूनीकरण गर्नका लागि नागरिक सचेताना आवश्यक रहेको बताए । सचेतना बिनाको अभियान सञ्चालन गर्दा दीर्घकालिन तथा प्रभावकारी हुन नसक्ने बताएका थिए । नागरिकको अपनत्व भएमा हरेक अभियान सफल हुने उनीहरूको भनाइ छ ।
कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका वडा नं १५ का वडाअध्यक्ष रमेशकुमार पाण्डेले पछिल्लो समय वातावरण प्रदुषणले समस्या बढ्दै गएको बताए । वातावरण बिग्रिँदै जाँदा स्वास्थ्यमा समस्या देखा पदै गएको उनको भनाइ छ । भोलिको पुस्तालाई स्वच्छ वातावरण निर्माण गर्नका लाग्नु पर्ने बताए । वातावरण प्रदुषण न्यूनीकरणका लागि सहकार्य गरेर अगाडि बढ्नु पर्ने बताए ।
‘नागरिकसँग सहकार्य गरेर अगाडि बढेमा प्लास्टिक न्यूनीकरणमा सहयोग पुग्ने छ’ उनले भने ‘हामी हाम्रो तर्फबाट सहकार्य गर्न तयार छौँ ।’ नागरिकलाई सोच परिवर्तन हुन नसकेको भन्दै यसलाइ परिवर्तन गरिनु पर्ने बताए । ‘सचेतना र सोच परिवर्तन गर्न सकियो भने हरेक अभियान सफल हुन्छ’, उनले भने,‘समाज विकासका लागि सकारात्मक सोच हुन जरुरीे छ ।’
घोराही उपमहानगरपालिकाका वातावरण तथा विपद् शाखाका प्रमुख मदनकुमार वलीले घोराही उपमहानगरपालिकाले साउन १ गतेदेखि ४० माक्रोनभन्दा कम प्लास्टिक निषेध गर्न थालेको बताए । साउन १ गते ४० माक्रोनभन्दा कम प्लास्टिक प्रयोग गरेमा जफत तथा कारबाही गरिने उनको भनाइ छ ।
प्लास्टिक नियन्त्रण गरेर वातावरण संरक्षण गर्न लाग्नु पर्ने शाखा प्रमुख वलीको भनाइ छ । हरियाली प्रवद्र्धन गरेर वातावरण प्रदुषण रोक्न लाग्नु पर्ने उनले बताए । संस्थाका निवर्तमान अध्यक्ष निर्मला गौतम रेग्मीले प्लास्टिक न्यूनीकरण अभियानलाई निरन्तरता दिनु पर्ने बताइन् । सकारात्मक काम गर्नेलाई प्रोत्साहन गर्नु पर्ने उनको भनाइ छ ।
स्थानीय सकारले नेतृत्व लिएर अभियान सञ्चालन गर्दा दीर्घकालिन हुने बताइन् । केन्द्रका पूर्व अध्यक्ष भरतराज देवकोटाले प्लास्टिकको झोलाको विकल्पको झोला प्रयोग गर्नु पर्ने बताए । टोल–टोलमार्फत् अभियान सञ्चालन प्रभावकारी हुने उनको भनाइ छ । जन परिचालनमार्फत् काम गर्दा सहजता हुने उनले बताए । नेपाल परिवार नियोजन संघका शाखा प्रवन्धक बसन्त खनालले प्रदुषण रोक्नका लागि आफैबाट सुरु गर्नुपर्ने बताए । नीतिको कार्यान्वन प्रभावकारी बनाउनु पर्ने उनको भनाइ छ ।
कार्यक्रममा केन्द्रका संस्थापक कोषाध्यक्ष किरणकुमार रेग्मी, केन्द्रका संस्थापक सदस्य लक्ष्मीमान चौधरी, केन्द्रका महेशकुमार शर्मा, महिला मानव अधिकार रक्षक सञ्जालका जिल्ला अध्यक्ष अनिता पोख्रेल, बयलडाडाँ चौतारी कलबका सचिव मधुसुदन रावत, केन्द्रका केपी घिमिरे, सरस्वती सुवेदीलगायतकाले भनाइ राखेका थिए ।
कार्यक्रममा केन्द्रले गरेका गतिविधिका बारेमा कार्यकारी निर्देशक प्रदीप मजगैयाले जानकारी गराएका थिए । केन्द्रका अध्यक्ष कमल गौतमको अध्यक्षतामा भएको थियो । केन्द्रका उपाध्यक्ष कुमारराज श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सहभागीलाई धन्यवाद ज्ञापन कोषाध्यक्ष रिमा शर्माले गरेकी थिइन् । कार्यक्रमको सहजीकरण सचिव माया पोख्रेलले गरेकी थिइन् ।