उर्जा मन्त्री बर्षमान पुनबाट आचारसंहिता उल्लंघन
दाङ,२२ कार्तिक । उर्जा तथा जलश्रोत मन्त्री वर्षमान पुन ‘अनन्त’ले आचारसंहिताको उल्लंघन गरेका छन् । मन्त्री पुनले आचारसंहिता लागु भैसकेको अवस्थामा घोराही उपमहानगरपालिका वडा नं. ३ मा रहेको झिंग्नीमा रहेको १३२ केभी प्रसारण लाइनको शुक्रवार उद्घाटन गरेका छन । दाङमा निर्वाचन आचारसंहिता लागुभैसकेको छ ।
निर्वाचन आचारसंहिता लागुभैसकेको अवस्थामा कुनैपनि संरचनाको उद्घाटन, शिलान्यास र अनावरण गर्नु निर्वाचनको आचारसंहिता विपरित भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताएका छन् । उनले यो विषयमा संम्वन्धित पक्षलाई कार्यालयमा बोलाउने समेत बताएका छन् ।
सवस्टेशनको उद्घाटन गर्दै मन्त्री पुनले अबको दुई वर्षमा नेपाल पुर्णरूपमा अन्धकार मुक्त हुने बताएका थिए । त्यही अनुरुप सरकारले उर्जा उत्पादनमा ध्यान केन्द्रित गरेको जानकारी दिएका थिए । त्यसका लागि सरकारले नेपालमा रहेको २३ हजार बढी नदीनालामध्य प्रयोगमा ल्याउन सकिने १२ हजार बढी नदीनालाको संरक्षणसँगै उपभोगमा सरकारको ध्यान केन्द्रीत गरेको बताएका थिए ।
त्यी नदीनालाहरूबाट विद्युत उत्पादनसँगै ¥याफ्टिङ,स्वीमिङलगायत मनोरञ्जनका माध्यमबाट आर्थिक आम्दानी बढाउन सकिने बताए । मन्त्री पुनले नेपालको आर्थिक विकासका उर्जा क्षेत्रको महत्वपुर्ण भुमिका रहेको बताएका थिए । अहिले नेपालमा भईरहेको औद्योगिकरण र शहरीकरणको तीव्र विकासमा सहज विद्युत आपूर्ति हुन नसक्दा उत्पन्न हुने समस्या समाधानमा सरकाक गम्भीर भएको समेत बताए ।
सवस्टेशन सञ्चालनसँगै यस क्षेत्रमा पर्ने विद्युत समस्याको समाधान हुने बताए । ‘दाङमा लो–भोल्टेज, पटक पटक विद्युत अवरुद्ध हुँदा उद्योगहरुसँगै सर्वसाधरणलाई समस्याहरु हुने गरेको थियो’,मन्त्री पुनले भने,‘सवस्टेशनको सञ्चालनसँगै अव यो समस्या हट्ने छ ।’ गतबर्ष पनि पश्चिम दाङको हापुरेमा १३२ केभीको विद्युत सवस्टेशन उद्घाटन गरिएको थियो ।
वि.सं. २०६८ माघ २६ गते थालनी गरिएको सो प्रशारण लाइनको काम गतबर्ष सम्पन्न भएको थियो । ४२ करोड ३७ लाखको लागतमा निर्माण सम्पन्न भएको हो ।