तुलसीपुर, ३ असार । तुलसीपुर उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाले स्थानिय पाठ्यक्रम हाम्रो तुलसीपुरलाई अद्यावधिक गर्नका लागि सुझाव संकलन गरेको छ ।
पाठ्यक्रममा समावेश गर्न छुटेका विषयवस्तु थप्न तथा अहिलेको पाठ्यक्रममा भएका त्रुटिलाई सच्याउनका लागि विभिन्न चरणमा सरोकारवालासँग बसेर सुझाव संकलन गर्दै आएकोमा शाखाले सोमवार पत्रकारहरुसँग सुझाव संकलन गरिएको हो । सुझाव संकलनमा पत्रकारहरुले पाठ्यक्रममा विभिन्न इतिहासीक तथा अन्य महत्वपूर्ण कुराहरु छुटेको भन्दै त्यसलाई थप गर्नुपर्ने सुझाव दिएका थिए ।
पत्रकारहरुले स्थानीय पाठ्यक्रम हाम्रो तुलसीपुरमा तुलसीपुरको इतिहासदेखि व्याकरणमा समेत केहि त्रुटि देखिएकाले त्यसलाई सच्यायर अगाडि बढनु पर्ने सुझाव दिएका थिए । पुस्तक प्रकासश हुन भन्दा पहिलेनै सुझाव संकलन कार्यक्रम गरेका भए राम्रो हुने पत्रकारहरुको धारणा थियो । सुझाव संकलन कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष ओपेन्द्र बस्नेतले पछिल्लो समय नैतिक शिक्षालाई केन्द्रिय पाठ्यक्रमले हटाएको भन्दै स्थानीय पाठ्यक्रम समावेश गर्न आवश्यक रहेको बताए ।
स्थानीय पाठ्यक्रम निर्माण गरेर लागु गर्नु सकारात्मक पक्ष रहेको बताउँदै उनले नेपालमा पनि समावेश गरेर नैतिक मर्यादा, अनुसाशन जस्ता विषयबस्तुलाई समेट्न सके अझै राम्रो हुने धारणा रोका थिए । सो अवसरमा पत्रकार नारायण खड्काले तुलसीपुरको विकासक्रम कसरी, कहिलेदेखि भयो भन्ने कुराहरुको इतिहासबारे यथार्थ कुरा समेटिनु पर्ने सुझाव दिए । उनले चन्द्रमान थकालीले तुलसीपुरको विकासक्रम सुरु गरेकाले उनको नाम छुटाएको भन्दै सत्य कुरा लेख्नमा नआत्तिएर बालबालिकालाई एतिहासबारे सही ज्ञान प्रदान गर्न आग्रह गरे ।
पत्रकार बालाराम खड्का, दिपक बोहोराले तुलसीपुरमा रहेका महत्वपूर्ण स्वास्थ्य संस्थाका साथै इतिहासीक क्षेत्रहरु पनि समेट सके राम्रो हुने सुझाव दिएका थिए । कार्यक्रमा पत्रकारहरु बंशिकुमार शर्मा, गोकर्ण पौडेल, जयन्ती चौधरी, उमा भण्डारी, यज्ञ बहादुर बुढा, जित सागर जिएम लगायतले विभिन्न सुझावहरु दिएका थिए । शिक्षा महाशाखाका प्रमुख चक्र भण्डारीले पत्रकारहरुबाट आएका सुझावलाई ग्रहण गर्दै आगामी दिनमा सुधार गर्न प्रतिवद्धता जनाएका थिए ।
उनले स्थानिय पाठ्यक्रम र पाठ्यपुस्तकमा भएका त्रुटिहरुलाई सच्याउने समेत बताए । भण्डारीले यस अघिपनि सुझाव संकलन गरेको भन्दै केहि दिनमानै जनप्रतिनिधि, कर्मचारी, अभाभाविकहरु संग सुझाव लिने बताए । कार्यक्रममा उपप्रध्यापक महेन्द्र भण्डारीले पाठ्यक्रमको विषयमा जानकारी गराएका थिए । कार्यक्रमको सकजीकरण शिक्षा महाशाखाका अधिकृत मन बहादुर खडेकाले गरेका थिए ।