गोरक्ष समाचारदाता
घोराही, २३ वैशाख । नेपाल महिला सामुदायीक सेवा केन्द्र दाङ तथा जिवनकोलागि एक डलर लाइफ कार्यक्रमको सहकार्यमा दाङ जिल्लाका कोभिड १९ बाट प्रभावित सिमान्तकृत तथा अति विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।
संस्थाका अध्यक्ष कल्पना न्यौपानेको उपस्थीतिमा घोराही उपमहानगरपालिका–१४ का ३० विपन्न परिवारलाई प्रति परिवार २५ किलो चामलका दरले चामल, दाल, नुन, तेल र साबुन लगायतका सामाग्रीहरु सहयोग गरिएको हो ।
सहयोग सामाग्री संस्थाका वरिष्ठ प्रबन्धक लोकमणी रेग्मी, शाखा प्रबन्धक माधवा रेग्मी र कार्यक्रम प्रमुख लक्ष्मी गुप्ताले वडा नंं. १४ का अध्यक्ष शक्तिराम डाँगीलाई हस्तान्तरण गरेका थिए ।
नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङ तथा जिवनकोलागि एक डलर लाइफ (one doller for life) कार्यक्रमको सहकार्यमा संचालित महिला स्वरोजगार तालिम केन्द्रबाट उत्पादन भएको २० हजार पिस मास्क अस्पताल, सुरुक्षा क्षेत्र, स्थानीय तह, पत्रकार तथा अन्य जोखिममा रहेका समुदायमा वितरण गरिएको थियो ।