दाङमा ६२.२५ प्रतिशत नागरिक खानेपानीको पहुँचमा

अमरराज आचार्य
दाङ, ३० जेठ । जिल्लामा ६२ दशमलव २५ प्रतिशत नागरिक पाइप प्रणालीका माध्यमबाट खानेपानीको पहुँचमा पुगेका छन् । जिल्लामा रहेका एक लाख ६२ हजार दुई सय ६६ घरधुरीमध्ये एक लाख एक हजार आठ घरधुरीमा पाइप प्रणालीबाट खानेपानीको पहुँच पुगेको खानेपानी तथा सरसफाइ कार्यालय दाङका प्रमुख तिलक न्यौपानेले जानकारी दिएका छन् ।

उनका अनुसार बंगलाचुली गाउँपालिकामा पाँच हजार एक सय ३९ घरधुरी रहेकोमा एक हजार आठ सय १९ घरधुरीमा पाइपबाट खानेपानीको पहुँच पुगेको छ । जुन ३५ दशमलव ४० प्रतिशत हो । घोराही उपमहानगरपालिकामा ४९ हजार सात सय ६१ घरधुरीमध्ये ३० हजार नौ सय ३४ घरधुरीमा खानेपानीको पहुँच पुगेको छ । जुन ६२ दशमलव १७ प्रतिशत हो ।

यसैगरी तुलसीपुर उपमहानगरपालिकामा ४६ हजार १८ घरधुरी रहेकोमा २९ हजार एक सय ५३ घरधुरीमा खानेपानीको पहुँच पुगेको छ । जुन ६३ दशमलव ३५ प्रतिशत हो । दंगीशरण गाउँपालिकामा पाँच हजार आठ सय २५ घरधुरी रहेकोमा चार हजार तीन सय ३७ घरधुरीमा खानेपानीको पहुँच पुगेको छ । जुन ७४ दशमलव ४५ प्रतिशत हो । यसैगरी शान्तिनगर गाउँपालिकामा छ हजार नौ सय १९ घरधुरी रहेकोमा छ हजार दुई सय १८ घरधुरीमा खानेपानीको पहँुच पुगेको छ । जुन ८९ दशमलव ८७ प्रतिशत हो ।

यसैगरी बबइ गाउँपालिकामा सात हजार पाँच सय २७ घरधुरी रहेकोमा पाँच हजार १२ घरघुरीमा खानेपानीको पहुँच पुगेको छ । जुन ६६ दशमलव ५९ प्रतिशत हो । राप्ती गाउँपालिकामा ११ हजार आठ सय २६ घरधुरी रहेकोमा सात हजार एक सय ४८ घरधुरीमा खानेपानीको पहुँच पुगेको छ । जुन ६० दशमलव ४४ प्रतिशत हो ।

यसैगरी गढवा गाउँपालिकामा नौ हजार नौ सय ६४ घरधुरी रहेकोमा छ हजार सात सय ८३ घरधुरीमा खोपानीको पहुँच पुगेको छ । जुन ६८ दशमलव ०८ प्रतिशत हो । लमही नगरपालिकामा १३ हजार चार सय ५८ घरधुरी रहेकोमा आठ हजार दुई सय २६ घरधुरीमा खोपानीको पहुँच पुगेको छ । जुन ६१ दशमलव १२ प्रतिशत हो ।

यसैगरी राजपुर गाउपालिकामा पाँच हजार आठ सय २९ घरधुरी रहेकोमा एक हजार तीन सय ७८ घरधुरीमा खानेपानीको पहुँच पुगेको छ । जुन २३ दशमलव ६४ प्रतिशत हो ।

पुँजीगत खर्च ७२ दशमलव २८ प्रतिशत

खानेपानी तथा सरसफाइ कार्यालय दाङको हालसम्म ७२ दशमलव २८ प्रतिशत पुँजीगत खर्च भएको छ । कार्यालय प्रमुख न्यौपानेका अनुसार २८ करोड ५७ लाख ७९ हजार रुपैयाँ रहेको बजेटमध्ये २० करोड ५६ लाख ७२ हजार रुपैयाँ खर्च भएको छ । जुन खर्च ७२ दशमलव २८ प्रतिशत हो ।

चालुतर्फ एक करोड १४ लाख १९ हजार रुपैयाँ रहेकोमा एक करोड दुई लाख ४४ हजार रुपैयाँ खर्च भएको छ । जुन ८९ दशमलव ७२ प्रतिशत । जिल्लामा यस वर्ष दुई सय ६६ वटा आयोजना रहेका थिए । संघन खानेपानी विकास कार्यक्रम अन्तर्गत एक सय ९५ वटा आयोजना रहेकोमा एक सय ११ वटा सम्पन्न भएका छन् भने ८३ वटा सम्पन्न हुन नसकेको कार्यालय प्रमुख न्यौपानेले बताए ।

खानेपानी आयोजना मर्मत सुधार तथा विस्तार कार्यक्रम अन्तर्गत नौ वटा आयोजना रहेकोमा सबै कार्यान्वन भएका छन् । सरसफाइ तथा ढल व्यवस्थापनतर्फ दुईवटा योजना रहेकोमा सबै कार्यान्वयन भएका छन् । तराई–मधेस खानेपानी सुधार कार्यक्रम अन्तर्गत ५० वटा योजना रहेकोमा ४४ वटा कार्यान्वन भएका छन् भने छ वटा कार्यान्वन हुन बाँकी छन् ।

जलवायुु अनुकूलित आयोजना बृहत अन्तर्गत आठवटा योजना रहेकोमा सबै कार्यान्वन भएका छन् । खानेपानी गुणस्तर अभिवृद्धि कार्यक्रम अन्तर्गत दुईवटा योजना रहेकोमा दुईवटै कार्यान्वन भएको प्रमुख न्यौपानेको भनाइ छ । विभिन्न समयस्याका बाबजुद आयोजनाको काम गरिएको कार्यलय प्रमुख न्यौपानेले बताएका छन् ।

सञ्चारकर्मी तथा खानेपानी महासंघसँग अन्तरक्रिया

खानेपानी तथा सरसफाइ कार्यालय दाङको आयोजनामा जिल्लाका सञ्चारकर्मी तथा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका पदाधिकारीसँग छलफल गरिएको छ । कार्यक्रम खानेपानी तथा सरसफाइ कार्यालय दाङका प्रमुख तिलक न्यौपानेको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले नागरिकलाई स्वच्छ खानेपानी पु¥याउन सहयोग गरेको बताए । नागरिकलाई खानेपानीको उपलब्धता गराएर राज्यलाई सहयोग पु¥याएको उनको भनाइ थियो । खानेपानी संस्थाहरूलाई विद्युत महसुलमा छुट दिनुपर्ने बताए । यसका लागि आफूले आप्mनो स्थानबाट पहल गर्ने बताए । पानीको मुहान सुक्दै गएको भन्दै पानीको संरक्षणमा सरोकारवाला सबै लाग्नुपर्ने उनले बताए ।

कार्यक्रममा खानेपानी उपभोक्ता महासंघका राष्ट्रिय अध्यक्ष खेमराज वलीले राज्यले गर्नुपर्ने काम संस्थाले गरे पनि राज्यले आफूहरूलाई सहयोग नगरेको बताए । विभिन्न वहानामा राज्यले दुःख दिने गरेको बताए । विद्युत महसुलमा सहुलियत, सहुलियतमा ऋण दिनु पर्ने भए पनि राज्यले त्यस्तो व्यवस्थापन गर्न नसकेको बताए । खानेपानी संस्थाको विगठन तथा खारेज गर्नसक्ने जस्ता कानुन निर्माण भएको भन्दै यसविरुद्ध एकताबद्ध भएर सरोकारवाला सजग रहनुपर्ने उनले बताए ।

कार्यक्रममा बोल्ने अन्य वक्ताले उपभोक्ताले सहज रूपमा स्वच्छ, सुलभ रूपमा खानेपानी पाउनुपर्ने बताएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लीला शाह, जिल्ला अध्यक्ष सन्तोष सुवेदी, खानेपानी उपभोक्ता महासंघका जिल्ला अध्यक्ष धु्रव ठकुरीलगायतले भनाइ राखेका थिए । स्थानीय महासंघका प्रमुख तथा प्रतिनिधिले पालिका स्तरमा भएका समस्या र गतिविधिबारेमा जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण कार्यालयका प्राविधिक गजेन्द्र बहकरीले गरेका थिए ।